Uncategorized

१२ वर्षपछि देखिन थाले दैलेखमा लोपोन्मुख गिद्ध

दुल्लू, १७ माघ । विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विसं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो । मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयवासीमा खुशी भएका छन् । मरेको सिनो खाएर वातावरणलाई स्वच्छ बनाई दिने गिद्ध मानिसका लागि सहयोगी हुन् । बिरामी पशुलाई दुखाइ र ज्वरो कम गर्नका लागि प्रयोग गरिने डाइक्लोफेनेक औषधिको अत्यधिक प्रयोग हुन थालेदेछि त्यस्ता मरेका पशु खाँदा… पुरा पढौ

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख भन्दा बढी

नयाँदिल्ली, १५ माघ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ११ हजार १९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १२३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ८४७ जना पुगेको छ ।मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक… पुरा पढौ

सर्वसाधारण निकटको भ्रष्टाचार समस्याको समाधान गरिरहनुपर्छ: सी चिनफिङ

पेचिङ, ११ माघ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको निरीक्षण तथा पर्यवेक्षण एकाइको सन् २०२१ को वार्षिक सम्पूर्ण बैठक पैचिङमा आयोजना भएको छ । सो अवसरमा सी चिनफिङले पार्टी र देशको पर्यवेक्षण प्रणालीको सुधार गरी पार्टीभित्रको पर्यवेक्षणको नेतृत्वमा शक्ति पर्येवक्षण नियम र अनुशासन प्रवर्तन प्रणालीको अरू सुधार गर्नुपर्ने दोहोर्याउनुभयो। आधारभूत तहको शासनमा पर्यवेक्षणको भूमिकाको सम्पूर्ण रूपमा निर्वाह गरी पर्यवेक्षणमा संलग्न सर्वसाधारणलाई दिनुपर्ने कुरामा सीले जोड दिए । सीले अनुशासन निरीक्षण तथा पर्यवेक्षण एकाइले सबभन्दा कडा पर्यवेक्षण लिनुपर्ने उल्लेख गरे । पुरा पढौ

वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई

वाग्मती, १० माघ । राष्ट्रिय समावेशी आयोगले विभिन्न सिफारिस समेटिएको वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई बुझाएको छ । आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले प्रतिवेदन शुक्रबार वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हस्तान्तरण गरेकी हुन । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख प्रसाईंले आयोगको बोर्ड पूर्ण नहुँदा पनि मेहनतका साथ प्रतिवेदन तयार पारेर बुझाएकोमा खुशी व्यक्त गरे । अन्य आयोगले पनि यसैगरी खोज तथा अनुसन्धानको कार्य गर्नुपर्ने तर यस्तो नपाइएको प्रदेश प्रमुख प्रसाईंले बताए । आर्थिक वर्ष २०७६÷०७७ र ०७७÷०७८ को प्रतिवेदन प्रदेश… पुरा पढौ

सम्पदा क्षेत्रमा उपभोक्ता समितिका कामको अध्ययन गर्न समिति

काठमाडौं, २७ पुस । उपभोक्ता समितिमार्फत सम्पदा क्षेत्रको सडक निर्माणका लागि पेश्की दिएको एक दशक पुग्न लाग्दा पनि काम नभएपछि वास्तविक अवस्था बुझ्न अध्ययन समिति गठन गरिएको छ । काठमाडौं महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले आर्थिक वर्ष २०६९÷०७० मा उपभोक्ता समितिमार्फत इँटा एवं ढुङ्गा छपाइ गर्नेगरी १९ नं वडामा स्वीकृत गरेका तीन वटा कार्यक्रम अझै अलपत्र छ । आठ वर्षदेखि उपभोक्ता समितिका काम अलपत्र भएपछि वास्तविकता पत्ता लगाउन महानगरपालिका सम्पदा विभागका प्रमुख अर्चना शाक्यको संयोजकत्वमा समिति गठन गरिएको कार्यक्रम प्रमुख… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा नारायण कोइराला निर्वाचित (मतपरिणामसहित)

पोखरा, २६ पुस । पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा  नारायण कोइराला निर्वाचित भएका छन् । संघको ३३ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानको अन्तिम मतगणना परिणाममा अध्यक्षका प्रत्यासी बिन्दु कोइराला सुवेदीलाई ४ सय १० मतअन्तरले पराजित गर्दै आफ्नो प्यानलको वर्चश्व कायम गरेका छन् । निर्वाचित नारायण कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गर्दा बिन्दुले ९ सय ६५ मत प्राप्त गरिन् ।    ३ हजार १ सय ५४ मतदातामध्ये मतदान प्रक्रियामा २ हजार ३ सय ६५ मत खसेको निर्वाचन समितिले जनाएको छ… पुरा पढौ

छाडा चौपाया हुम्ला पठाइँदै

कर्णाली, २५ पुस । प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा छाडा अवस्थामा रहेका पशु चौपायालाई हुम्ला पठाइएको छ । छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न उच्च अदालतले परमादेश जारी गरेपछि वीरेन्द्रनगर नगरपालिकाले पहिलो चरणमा हुम्लास्थित कृषि फर्मलाई पठाइएको हो । अदालतले वीरेन्द्रनगर नगरपालिकालाई छाडा अवस्थामा रहेका पशु चौपाया तत्काल व्यवस्थापन गर्न परमादेश जारी गरेको थियो । नगरपालिकाले बिहीबारसम्म सडकमा छाडिएका पशु चौपाया लैजान सार्वजनिक अपिल गरेको थियो । नगरपालिका वातावरण तथा अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले कोही सम्पर्कमा नआएपछि… पुरा पढौ

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गर्याे २६.३१ प्रतिशत लाभांश घाेषणा

काठमाडाैं, २४ मंसिर । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेको छ । संस्थाकाे मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूकाे लागि २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरिएकाे हाे । संस्थाले हाल कायम भएकाे चुक्ता पूँजीको बाेनस शेयर २५ प्रतिशत तथा १.३१५७८९४७४ प्रतिशत नगद सहित जम्मा २६.३१५७८९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंककाे अनुमति तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाकाे वार्षिक साधारण… पुरा पढौ

भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना

बैतडी, २० मङ्सिर । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ । कोरोनाका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । उनले भने, हामीले जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरेका छौँ । जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना भएपछि सञ्चालनमा भने समस्या हुने भएको छ । आइसियुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताए ।… पुरा पढौ

मुद्दती निक्षेप र अन्य बचतको व्याजदर सीमा पाँच प्रतिशत

काठमाडौँ, १९ मंसिर । नेपाल राष्ट्र बैंकले कर्जा मुद्दती निक्षेप र अन्य बचत खाताको व्यादरको अन्तर पाँच प्रतिशतभन्दा तलमाथि गर्न नदिने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो । मौद्रिक नीतिको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले कल डिपोजिटबाहेक अन्य निक्षेपको हकमा उक्त सीमा निर्धारण भएको जानकारी दि बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा मात्रै निक्षेप खोज्ने तथा व्याजदरको सम्बन्धमा पनि फरक पारेकाले उक्त सीमा तय गरिएको केन्द्रीय… पुरा पढौ