Uncategorized

सनराइज बैंकको आन्तरिक बिवाद सतहमा, सीईओलाई नहटाए अध्यक्ष नै हटाउने चेतावनी

काठमाडौं, १० साउन । सनराइज बैंकको आन्तरिक बिवाद सतहमा आएको छ । बैंकका अध्यक्ष मोतिलाल दुगड र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले कतिपय निर्णयहरु सञ्चालक समितिमा छलफल नै नगरी काम अघि बढाएको भन्दै शुरु भएको असन्तुष्टि सतहमा आएको हो । गत बिहीबार बसेको सञ्चालक समिति बैठकमा शैलेन्द्र गुरागाईं लगायतका केहि सञ्चालकहरुले सीईओले अध्यक्ष दुगडलाई मात्रै बैंकको बोर्ड ठानेको भन्दै असन्तुष्टि जनाएका थिए । सीईओ पौड्यालले त्यसको खुलेरै विरोध गरे । त्यसपछि झन बिवाद चर्किएको थियो । बिवाद बढ्दै गए… पुरा पढौ

दशैँ अगाडि त्रिविका सबै परीक्षा

त्रिभुवन विश्वविद्यालयले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ ।बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका ९पनिका० परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । “हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ”, उनले भने, “तर त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा पुगेका छौँ ।” यसअघि सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षा बारेमा निर्णय गर्न त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरेर परीक्षा नलिने… पुरा पढौ

बालविवाह अभियोगमा स्याङजामा युवक पक्राउ

बालविवाह गरेको अभियोगमा स्याङ्जामा २४ वर्षीय एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँधीखोला गाउँपालिका वडा १ बस्ने नारायणप्रसाद तिवारी हुन् । तिवारीले गत असार २१ मा आँधीखोलाकै १७ वर्षीया एक किशोरीलाई बालविवाह गरेको भन्दै स्थानीय ५१ वर्षीय केशवराज पौडेल लगायतले प्रहरी कार्यालयमा दिएको किटानी जाहेरी दिएका थिए । गत असार ३१ मा दिइएको सो जाहेरी आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले निज तिवारीलाई सोही दिन पक्राउ गरी विवाहसम्बन्धी कसूरअन्तर्गत (बालविवाह) मुद्दा दर्ता गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी राजेन्द्रप्रसाद… पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु

कास्कीको माछापुच्छे«मा शुक्रबार बिहान गएको पहिरोमा ३ जनाको ज्यान गएको छ । माछापुच्छे« गाउँपालिका वडा ८, खोराको पाखावस्तीका प्रेमराज बिकको घरको एउटा कोठा घरमाथिबाट खसेको पहिरोले पुरिँदा उनका ३ जना नातिनातिनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा १६ वर्षीया रोजिना बिक, १६ का कुशल विक र १४ का समीर बिक छन् । मूल घरमा ७० वर्षीय प्रेमराज र उनकी श्रीमती सुतेकोमा नातिनातिना भने घरसँगै जोडिएको कोठीमा सुतेका थिए । गएराति देखि परेको अविरल वर्षाका कारण… पुरा पढौ

सीमाका सुरक्षाकर्मी त्रिपालमुनि बसेर काममा

राससचीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएका प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । व्यास गाउँपलिका–१ छांगरु र सीमा प्रहरी चौकी तिंकरस्थित छायालेक प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् ।सीमा प्रहरी चौकी तिंकर छायालेकमा रहेको नेपाल प्रहरीले साप्ताहिक रुपमा नेपाल चीन सीमासम्म गस्ती गर्छन् । गत जेठ महिनामै छायालेक पुगेको प्रहरीले सीमा क्षेत्रसम्म साप्ताहिक गस्ती थालेको हो । नेपाल चीन सीमा स्तम्भ नम्बर १ सम्म नेपाल प्रहरीको साप्ताहिक रुपमा गस्ती भइरहेको सीमा प्रहरी चौकी छायालेक तिंकरका इञ्चार्ज हरकसिंह… पुरा पढौ