merger

हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुँदै, स्वाप रेसियो १००:८१

काठमाडौं, २९ असार । लामो छलफलपछि हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सहमति भएको छ । सहमति अनुसार हिमालयन र सिभिल बैंकले आज मर्जरका लागि हस्ताक्षर गर्नेछन् । मंगलबार बेलुका हिमालयन बैंकमा जान नसकिने निष्कर्षमा सिभिल बैंक पुगेको थियो । सभिलका सञ्चालकले हिमालयनका सञ्चालकलाई मर्जरमा जान नसकिने निष्कर्ष सुनाएका पनि थिए । तर मध्यरातमा भएको छलफलमा भने सिभिल हिमालयन बैंकमा गाभिन तयार भएको हो । सहमति अनुसार हिमालयन बैंकमा सिभिल बैंक गाभिने छ । जसमा स्वाप अनुपात १००: ८१… पुरा पढौ

सिद्धार्थ र प्रिमियर इस्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पुँजी साढे २ अर्ब पुग्ने

काठमाडौं, २८ असार । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इस्योरेन्सले मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सोमबार दुवै इन्स्योरेन्सका अध्यक्षले विशेष समारोहबीच मर्जरमा जान समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रतनलाल केडिया र प्रिमियरका तर्फबाट अध्यक्ष सुरेसलाल श्रेष्ठले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई कम्पनी एक बराबर एक (१:१) को अनुपातमा सेयर स्वाप हुने सहमतिका साथ मर्जरमा जान लागेको दुवै कम्पनीले जनाएका छन् । यस अनुपातमा गाभिँदा बन्ने एकिकृत कम्पनीको चुक्ता पुँजी २… पुरा पढौ

कहिले हुन्छ हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता ?

काठमाडौं, २३ असार । हिमालयन बैंक र सिभिल बैंकबीच एकापसमा मर्जरमा जाने अनौपचारिक सहमति भएको छ । हिमालयनसँग मर्जरमा जान सिभिल बैंक मर्जर कमिटीले लगभग तय गरेकोले एक–दुई दिनभित्रै सहमति हुने सिभिल बैंक स्रोतले जानकारी दिएको छ । बैंक स्रोतका अनुसार लामो बहस र छलफलपछि सिभिल बैैंक हिमालयनसँग प्रतिकित्ता ८१ रूपैयाँमा गाभिन तयार भएको हो । मर्जरपछिको नयाँ बैंक भने हिमालयन नै हुने भएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा र डेपुटी सीईओ सिभिल… पुरा पढौ

किन रोकियो नबिल र बंगलादेश बैंक मर्जरको स्वीकृति ?

काठमाडौं, १० असार । नबिल र बंगलादेश बैंकबीचको मर्जरको अन्तिम स्वीकृति रोकिएको छ । कर्मचारी समायोजनमा विवाद बल्झिएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको हो । ‘समान दुई बैंक बीचको कर्मचारीहरुको पदीय हैसियत सम्बन्धमा दुवै बैंकका कर्मचारीमा विवाद देखियो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यसलाई मिलाएर आउन भनेर केही दिनका लागि अन्तिम मर्जर अनुमति स्वीकृति रोकिएको छ ।’ मर्जरमा नेपाल बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई माथिल्लो हैसियतमा ल्याउन लागेको भन्दै नबिल बैंकका कर्मचारी असन्तुष्ट छन् । नबिल बैंकका सञ्चालकहरूले सुटुक्क बंगलादेश बैंकका कनिष्ट… पुरा पढौ

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरमा जाने सम्झौता, नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने

काठमाडौं, २८ जेठ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । शुक्रबार २ बैंकबीच मर्जरमा जाने (एक आपसमा गाँभिने) सम्झौता भएको हो । हिमालयन बैंकसँग १४ महिनाअगाडि नै गरेको मर्जर सम्झौता भाँडिएपछि इन्भेष्टमेन्टले मेगासँग नयाँ सम्झौता गरेर मर्जरमा जाने भएको छ । यी २ बैंकको मर्जर भएर औपचारिक रूपमा एकीकृत कारोबारपछि नेपालकै ठूलो वाणिज्य बैंक बन्ने भएको छ । यी दुवै बैंकको मर्जरले ३४ अर्ब चुक्ता पुँजीको वाणिज्य बैंक बन्ने भएको छ । अहिले चुक्ता… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाले कर छुट पाउन असारभित्रै मर्जरको सम्झौता गर्नुपर्ने

काठमाडौं, २५ जेठ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले कर छुट पाउनका लागि असार मसान्तभित्रै मर्जरको सम्झौता गर्नुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा हरेक वर्ष निरन्तरता दिने गरिएको मर्जरको सहुलियतलाई यसपटक हटाइएको छ । आठ वर्षदेखि मर्जरमा जाने बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका लागि कर सहुलियत उपलब्ध हुँदै आएको थियो । अघिल्लो वर्षदेखि बैंक तथा वित्तीय संस्थामा समान प्रकृतिको मर्जर तथा एक्विजेशनमा मात्र कर छुट दिने व्यवस्था सरकारले गरेको… पुरा पढौ

अघि बढ्यो नविल र बंगलादेश बैंक बीचको मर्जर, कहिले शुरू हाेला संयुक्त कारोबार ?

काठमाडौं, ८ जेठ । नविल बैंक र नेपाल बैंगलादेश बैंकबीचको मर्जरको प्रक्रिया अगाडि बढेको छ । दुईवटै बैंकको शनिबारको विशेष साधारण सभाले मर्ज गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेसँगै मर्जरको लागि प्रक्रिया अगाडि बढेको हो । दुवै बैंकले शनिबार मर्जरका विषयमा छलफल गर्ने प्रयोजनका लागि विशेष साधारण सभाको आयोजना गरेका थिए । दुवै विशेष साधारण सभाले सर्वसम्मत रुपमा मर्जको प्रस्ताब पारित गरेको जनाइएको छ । साधारण सभामा कसैले पनि मर्जमा जाने विषयको विपक्षमा आवाज नउठाएको नेपाल बंगलादेश बैंकका प्रमुख सूचना… पुरा पढौ