सन्दीप लामिछानेले पाए विदेश जाने अनुमति

-



     सफल आवाज    
     फागुन १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेको धरौटीमा रिहाको आदेश सदर भएको छ । आज सर्वोच्च अदालतले लामिछानेसँग सम्बन्धित दुवै निवेदनको सुनुवाई टुंग्याउँदै यसअघिको धरौटीमा रिहाको आदेशलाई सदर गरेको हो ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले क्रिकेटर लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गर्दै उनलाई क्रिकेट खेल्न विदेश जाने अनुमति पनि दिएको हो ।

नाबालिग बलात्कार आरोपमा धरौटीमा रिहा भएर राष्ट्रिय टोलीबाट क्रिकेट खेलिरहेका लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए । धरौटीमा रिहा हुने बेलामा नै उनलाई मुद्दाको अन्तिम किनारा नलागुञ्जेल जिल्ला र देश छाड्न नमिल्ने शर्त राखिएको थियो ।

केही दिनअघि कीर्तिपुरमा आयोजित नेपाल स्कटल्याण्ड तथा नामिबियाबीचको त्रिदेशीय आईसीसी विश्वकप लिग टू सिरिमा नेपालले क्लीन स्वीप गर्दा लामिछानेले ४ खेलमा महत्वपूर्ण १३ विकेटको शानदार प्रदार्शन गरेका थिए । सोही टोली यूएईमा भइरहेको खेलमा गएकोले टोलीको जितका लागि महत्वपूर्ण हुनसक्ने भन्दै उनले आफू पनि यूएई जान पाउनुपर्ने मागसहित निवेदन दिएका थिए ।

यता महान्यायाधिवक्ताको कार्यालयले भने सन्दीपलाई धरौटीमा रिहा भएकैमा असन्तुष्टि प्रकट गर्दै थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो । यी दुई निवेदन हिजो आइतबारसम्म नसकिएकाले हेर्दाहेर्दैमा राखेर आज न्यायधीशद्वय प्रधान र चुडालको बन्द इजलासले सुनुवाई टुंग्याएर आदेश दिएको हो ।

सम्बन्धित समाचार सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा रिट

सन्दीपविरुद्धको निवेदनको सुनुवाइ आज

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

फैसला आउँदै: सन्दीप लामिछाने क्रिकेट खेल्न यूएई जान पाउलान् त?

सन्दीप लामिछानेको निवेदनको सुनुवाई न्यायाधीशद्वय मल्ल र चुडालको इजलासमा हुँदै