विचार / वार्ता

ठूला दलले प्रतिपक्षलाई पनि विश्वासमा लिएर काम गर्नुपर्छः सांसद पाण्डे

काठमाडौं, २८ जेठ । चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे सार्वजनिक लेखा समिति सदस्य हुनुहुन्छ । सांसद पाण्डे यसअघि २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन–५ बाट विजयी हुनुभएको थियो । सांसद पाण्डेसँग राससका समाचारदाता सुशील दर्नालले संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, सङ्घीय संरचना, युवा पलायन, देशको आर्थिक विकास र सुशासनलगायत समसामयिक विषयमा लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः यहाँ प्रस्तुत गरिएकाे छ । प्रतिनिधिसभाको अहिलेसम्मको अनुभव कस्तो रह्यो ? प्रतिनिधिसभाको गतिविधि… पुरा पढौ

संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं, २८ जेठ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले संसद्लाई अल्झाउने कार्यले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्‍याइरहेको बताएका छन् । उनले संसद् जनताका मुद्दाभन्दा राजनीतिक दलका नेता र दलहरुको इगो साँध्ने थलो जस्तो बनेकामा दुःख लागेको प्रतिक्रिया दिए । अध्यक्ष भट्टराईले भने, “विधेयकहरु पारित गर्नुपर्नेछ, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मुद्दाहरु पनि छन्, अहिले बजेट अधिवेशन छ । आर्थिक विषयमा गम्भीर चर्चा गर्नुपर्छ । त्यतापछि ध्यान नदिइ अल्झाउन लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्‍याएको छ ।” मुलुकमा भइरहेको… पुरा पढौ

तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी-डा महत

काठमाडौं, २५ जेठ । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महत महतले संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । विसं २०१६ कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा जन्मनुभएका पूर्वपरराष्ट्रमन्त्री डा महत २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत सङ्ग्रहमा सक्रिय भूमिकामा हुनुहुन्थ्यो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँ २०५९ सालदेखि निरन्तर पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ । विसं २०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य, २०७० सालदेखि २०७४ सम्म संविधानसभा सदस्य रहनुभएका… पुरा पढौ

कार्यकारी फेरिएर झ्याप्प बत्ती गएको होइन-मन्त्री गर्बुजा

काठमाडौं, २३ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । रघुगङ्गा गाउँपालिका–४ दग्राम निवासी गर्बुजा बेलायती गोर्खा सैनिकका सेवानिवृत्तभएपछि २३ वर्षदेखि नेपाली राजनीतिमा सक्रिय हुनुहुन्छ । राज्यमन्त्री गर्बुजासँग राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः यहाँ प्रस्तुत गरिएकाे छ । आजकाल फ्याट फ्याप्प बिजुली बत्ती जान्छ नि, के कारणले होला ? –कतिपयले अब लोडसेडिङ हुन्छ भनेर प्रचार गरिरहेका छन् । तर, मलाई त्यस्तो लाग्दैन । बिजुली चौबिसै घण्टा छ… पुरा पढौ

ऊर्जामार्फत मुलुकको समृद्धि (विचार)

काठमाडौं, २२ जेठ । नेपाल प्राकृतिक स्रोत र साधनले अत्यन्त धनी मुलुक हो । यहाँ भएका प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरी मुलुकको आर्थिक विकास गर्न सकिन्छ । मानिसले प्रकृतिबाट प्राप्त गरी उपयोग गर्ने वस्तु नै प्राकृतिक स्रोत हुन् । माटो, पानी, हावा, दाउरा, तेल, सौर्य ऊर्जा, वायुऊर्जालगायत प्राकृतिक स्रोतमा पर्दछन् । प्राकृतिक स्रोतको समुचित प्रयोग गर्दै समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । अहिले हामीले प्रकृतिमा भएका पानीबाट जलविद्युत्, तेलबाट इन्धन, घामबाट सौर्य ऊर्जा, हावाबाट वायु ऊर्जा उत्पादन गर्दै आएका… पुरा पढौ

निराश नबनौँ, देशलाई समृद्ध बनाउन सकिन्छः डा महतो

काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टीका नेता डा वीरेन्द्रप्रसाद महतो विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा–४ बाट निर्वाचित हुनुभएको हो । जनता समावादी पार्टी नेपालका प्रमुख सचेतक महतो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा वन तथा वातारणमन्त्री हुनुहुन्थ्यो । बैंक तथा वित्तीय क्षेत्रका अनुभवी उहाँसँग राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः यहाँ प्रस्तुत गरिएकाे छ । माननीयज्यू हिजोआज के गर्दै हुनुहुन्छ ? राजनीतिक प्राणी भएपछि भेटघाट, विचार–विमर्श, पार्टीका बैठक… पुरा पढौ

कर्णालीको समृद्धिको आधार: जङ्गल र जडीबुटी (आलेख)

सुर्खेत, २१ जेठ । सुर्खेत गुर्भाकोट नगरपालिका–३ टिमुरेका अर्जुनकुमार ओली अहिले ३८ वर्ष पुग्नुभयो । अर्जुनलाई आफ्नो घरखर्च जुटाउनै मुस्किल थियो । रोजगारीका लागि भौतारिएका अर्जुनले कुनै रोजगारी नपाएपछि घरमा खेतीपाती गर्नुहुन्थ्यो, त्यो पनि निर्वाहमुखी । घरखर्च चलाउन समस्या भएपछि उहाँले गाउँमै जडीबुटीको सामान्य व्यापार गर्न सुरु गर्नुभयो । व्यापार गर्ने सिलसिलामा अर्जुनलाई एकजना वनविज्ञले अर्जुनको गाउँलाई टिमुरखेतीको सम्भावना देखाएपछि उहाँले टिमुरखेती व्यावसायिक रुपमै गर्ने योजना बनाउनुभयो । “हाम्रो यो टिमुरे गाउँमा पहिलेदेखि नै टिमुर हुन्थ्यो”, अर्जुन भन्नुहुन्छ, “यसलाई व्यावसायिक… पुरा पढौ

नेताले भ्रष्टाचार गर्दैनन् भन्ने आभास दिन सक्नुपर्छः सांसद थानी

काठमाडौं, १८ जेठ । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई तीसको दशकदेखि राजनीति सुरु गर्नुभएका नेपाली कांग्रेसका नेता हृदयराम थानीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ । कर्णाली प्रदेश, सुर्खेतको वीरेन्द्रनगर–१ बाङ्गेसिमलका थानी हाल सुर्खेत निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुहुन्छ । यसअघि विसं २०५६ मा प्रतिनिधिसभा सदस्य, विसं २०७० मा संविधानसभा सदस्य तथा राज्यव्यवस्था समिति सभापति भइसक्नुभएका उहाँ हाल पार्टीको केन्द्रीय कार्यसमिति सदस्य हुनुहुन्छ । मुलुकको राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रका पक्षमा भएका… पुरा पढौ

अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)

काठमाडौँ, १७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । मुलुकको समग्र आर्थिक अवस्थामा सुधार र अपेक्षित विकासको गति हासिल गर्न विभिन्न सुधारका योजनासहीत सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने अपेक्षा गरिएको थियो । प्रतिकूल अवस्थामा पनि औसत र यथास्थितिवादी बजेट आउँदा त्यसले अर्थतन्त्र सुधारमा कति भूमिका खेल्न सक्छ ? भन्नेबारे प्रश्न उब्जिएका छन् । यसै सन्दर्भमा योजना छनौट, विनियोजन, कार्यान्वयन र नतिजा प्राप्तिलगायतका बजेट चक्रमा सरकारले कसरी काम गरिरहेको छ भन्नेबारे… पुरा पढौ

पहिला देशलाई आर्थिक रुपले सम्पन्न बनाउनुपर्छ: सांसद भण्डारी

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले आफ्नै स्रोत÷साधनको उपयोग गर्दै देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने बाटो अंगिकार गर्नुपर्नेमा जोड दिका छन्। पूर्वमन्त्री भण्डारीले भने, “पर्यटन, जल, जमिन, भौगोलिक बनावट, जडीबुटी र कृषिलगायतका हिसाबले हिसावले धनी छ, तर यसको सदुपयोग हुन सकेको छैन ।” सांसदसँग रासस संवादका लागि नेता भण्डारीसँग संविधान कार्यान्वयन र संशोधन, सङ्घीयता कार्यान्वयनको अवस्था, देशको आर्थिक विकासमा राजनीतिक दलको भूमिका, तथा मुलुकको समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित… पुरा पढौ