विचार / वार्ता

गणतन्त्रको विकल्प छैन’ : सांसद भट्ट

काठमाडौं, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सल्लाहकार शारदादेवी भट्ट राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । ७६ वर्षीया सदस्य भट्ट सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुन्छ । सदस्य भट्टसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ। तीनै तहका सरकारहरुले भ्रष्टाचार अन्त्यका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्छ । यसका लागि समन्वयात्मक काम गर्नुपर्छ । एकले अर्कोलाई दोष दिएर उम्कन मिल्दैन । गरिबी छ, वैदेशिक ऋण पनि छ । यस्तो अवस्थामा भ्रष्टाचार हुन्छ भने समाज के… पुरा पढौ

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य(विचार)

काठमाडौँ, ९ जेठ । पुँजी बजारमा केही अदृश्य रहस्य रहेका हुन्छन् । यसलाई पहिचान गर्नसक्नु नै लगानी सफलताको हो । एकै समय एकथरी लगानीकर्ता बजारमा लाभका हिसाबले उच्च आशा र भरोसा राख्ने गर्दछन्, भने अर्काथरी डर र त्रासले भरिएका हुन्छन् । यसले गर्दा बजारको सूचाङ्क घटबढ भइरहन्छ । बजारको वास्तविक सुन्दरता नै यसको उतारचढाव हो । यही तलमाथि भइरहने बजारको चरित्ररुपी रसीले मान्छेलाई बजारबाट भाग्न दिँदैन, कसेर राखी राखेको हुन्छ । हरेक लगानीकर्तामा पैसाको भोक रहनु सामान्य हो तर त्यसको… पुरा पढौ

देश र जनता केन्द्रमा राखेर काम गरिरहेका छौं-सांसद गैरे

काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे राष्ट्रियसभा सदस्य हुनुहुन्छ । पाल्पामा जन्मिनुभएकी सांसद गैरेसँग राससका समाचारदाता सुशील दर्नालले गरेकाे अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ । राष्ट्रियसभाको आफ्नो अनुभव सुनाउनुहुन्छ कि ? –सुरुमा संसद्मा आउँदा सरकारले भर्खरै बजेट ल्याएको थियो । त्यही बजेट छलफलमै केन्द्रित भएँ । राष्ट्रियसभामा परिपक्वको प्रतिनिधित्व भएर होला अनुशासित छ । यो सभामा कसैलाई पनि आक्षेप लगाउने काम हुँदैन । हामी विभिन्न पार्टीबाट सहभागि भएपनि राष्ट्रिय मुद्दामा… पुरा पढौ

नेपालमा वेलनेस पर्यटनको सम्भावना

काठमाडौ, ८ जेठ । स्पा र वेलनेसको अवधारणा मानव सभ्यताको प्रारम्भदेखि नै विद्यमान रहेको पाइन्छ । प्राचीन समयदेखि नै मानिसहरू प्राकृतिक स्रोतहरू जस्तै तातोपानी, जडीबुटी, ध्यान, योग र जल चिकित्साको माध्यमबाट आफ्नो शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य सन्तुलनमा ध्यान दिने गर्दथे । आजको युगमा मानिसहरुको जीवन अन्त्यन्तै व्यस्त र तनावपूर्ण हुने गरेको छ । कामको तनाव, अनियमित खानपान र अपर्याप्त आरामले गर्दा मानिस विभिन्न शारीरिक र मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । यसको समाधानको उपायको रूपमा विश्वभर स्पा र वेलनेशलाई… पुरा पढौ

सङ्घीयता लोकतन्त्रको गहना हो : सांसद सिंह

काठमाडौं, ७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष शेखरकुमार सिंहले संविधान संशोधन गरी मधेसी समुदायको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् । मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित उनले राजनीतिक दलको अबको मुद्दा देशको आर्थिक विकास हुनुपर्नेमा जोड दिए । राष्ट्रियसभा सदस्य सिंहसँग राससका समाचारदाता सुशील दर्नालले गरेकाे कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ । देश निर्माणमा लाग्नुपर्ने युवा विदेश पलायन हुनु राम्रो होइन । तर वैदेशिक रोजगारीको धेरै पाटाहरू छन् । एकातिर देशका युवा विदेश जाँदा विप्रेषण… पुरा पढौ

महिलालाई प्रत्यक्ष निर्वाचनको निम्ति छुट्टै क्षेत्र तोक्नुपर्छ-सांसद पुडासैनी

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेस नेत्री विष्णुदेवी पुडासैनीले राजनीतिक सहमति र सहकार्यमा संविधान निर्माणमा भएजस्तै कार्यान्वयनमा पनि एकजुट हुन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । कांग्रेस महासमिति सदस्य तथा नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला अध्यक्षसमेत रहनुभएका राष्ट्रियसभा सदस्य पुडासैनीले महिला–महिलाबीच मात्र प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्र छुट्याइनुपर्ने व्यवस्थाका लागि माग पनि गर्नुभयो । सांसद पुडासैनीसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ । संविधान निर्माणमा जति उत्साह थियो, कार्यान्वयनमा भने त्यो नभएको हो कि भन्ने… पुरा पढौ

सरकारले जनताका मागलाई सम्बोधन गर्नुपर्छ-सांसद तिमिल्सिना

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेत्री गोमादेवी तिमिल्सिनाले सबै प्रकृतिका हिंसाको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। पछिल्लो समयमा महिला मात्रैभन्दा पनि पुरुषपनि बढी हिंसामा पर्ने गरेको उनको भनाइ छ । राष्ट्रियसभा सदस्य तिमिल्सिनाले भनिन्, “लिभिङ टुकेदर बस्ने तर, आफूले भनेको जस्तो भएन वा कुनै कुरामा कुरा नमिल्दा बलात्कार भयो भन्ने कुरालाई हामीले कसरी हेर्ने? ” ‘सार्वजनिक नीति तथा प्रत्यायोजित’ समिति सदस्य सांसद तिमिल्सिनासँग राष्ट्रियसभाको अनुभव, सङ्घीय संसद्का गतिविधि, संविधान कार्यान्वयन र संशोधन र युवा पलायनलगायत… पुरा पढौ

संविधान संशाेधन गर्न सबै पार्टीहरुकाे सहमति हुनुपर्छ-सांसद श्रेष्ठ

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले संविधान संशोधनमा सबै राजनीतिक दलको सहमति हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सबै जनताका सुझाव र आवश्यकताका आधारमा मात्र संविधानमा संशोधन गर्नुपर्ने उहाँको भनाइ छ । पूर्वमन्त्री श्रेष्ठले भन्नुभएको छ, “ संविधान संशोधन गर्न राष्ट्रिय सहमति नै चाहिन्छ, कुन विधिबाट राजनीतिमा स्थायित्व, स्थिरता र दिगोपन हुन्छ, त्यही विधिका लागि आवश्यकताअनुसार संशोधन गर्नुपर्छ । संवाद र सहमतिबाट मात्र संविधान संशोधन गर्नु अहिलेको आवश्यकता हो । ” प्रतिनिधिसभाका सदस्य श्रेष्ठसँग राससका समाचारदाता… पुरा पढौ

अग्रगामी संविधान संशोधन गर्न हामी तयार छौं : सांसद श्रेष्ठ

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले संविधानका सबै उपलब्धिको रक्षा गर्ने गरी अग्रगामी हिसाबले संविधान संशोधन गर्न आफूहरू तयार रहेको बताउनुभएको छ । उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानका लागि तथा महङ्गो र भ्रष्टीकृत निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्छ भनी पार्टीले भन्दै आएको स्पष्ट पार्नुभयो । गोरखाको जौबारीमा विसंं २०१६ मा जन्मिनुभएका उहाँले २०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । उहाँ विसं २०४७ मा एकता महाधिवेशनबाट नेकपा –एकता केन्द्र)… पुरा पढौ

युवा केन्द्रित नीति जरुरी छः सांसद श्रेष्ठ

काठमाडौं, २९ वैशाख । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवालाई स्वदेशमै रोक्नका लागि सोहीअनुसारको नीति ल्याउन आवश्यक भएको बताएकि छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपेक्षाकृत काम हुन नसक्दा युवामा नैराश्यता उत्पन्न भएको उल्लेख गर्दै उनले अब युवा केन्द्रित नीति जरुरी भएको भनाइ राखे। कैलाली निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री श्रेष्ठ राससका समाचारदाता सुशील दर्नालले गरेकाे कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले महिलाको विषयमा केही कुरा… पुरा पढौ