विचार / वार्ता

आर्थिक पुनरुत्थानका लागि एकीकृत राहत आवश्यक

काठमाडौं, ५ पुस । नेपालको आर्थिक र सामाजिक क्षेत्र यतिवेला जटिल अवस्थाबाट गुज्रिरहेको छ । विगत दुुई वर्षदेखि विश्वव्यापी महामारीको रूप लिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) प्रकोपका कारण नेपालसहित विश्वकै जनजीवन, विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा समग्र अर्थतन्त्र नै नराम्रोसँग प्रभावित भएको छ । नेपालको अर्थतन्त्र विश्वसँग एकाकार नभएकाले त्यति धेरै प्रभावित नहुने अनुमानलाई निस्तेज पार्दै यथेष्ट रूपमा प्रभावित भएको छ । बन्दाबन्दी (लकडाउन) का कारण यातायात, आवतजावत, उद्योग, कलकारखाना, आयात, निर्यात, उत्पादन तथा पर्यटनसहित अधिकांश क्षेत्र प्रभावित भएको पाइएको… पुरा पढौ

प्राथमिकतामा स्वास्थ्य र सूचना प्रविधिको पूर्वाधार

काठमाडौं, १ पुस । विश्वका गरिबदेखि धनी देश र हरेक वर्ग कोभिड-१९ को महामारीबाट प्रभावित छन् । दैनिक ज्याला-मजदुरी गर्नेदेखि उद्योगधन्दा सञ्चालन गर्ने हरेक क्षेत्रमा कोभिडको असर छ । नेपालले पनि तेस्रो लहरको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारीस्तरबाट सतर्कता अपनाइरहेको छ । खोपको विस्तार हुँदै जाँदा ढिलो-चाँडो कोभिड महामारीबाट मुक्ति पाउने अपेक्षा गर्न सकिन्छ । विगतको इतिहास हेर्ने हो भने २/३ वर्षपछि यस्ता महामारीबाट मुक्ति हुने आकलन गर्न सकिन्छ । सन् १९१८ को ‘स्प्यानिस फ्ल्यु’ बाट पनि संसारले २/३ वर्षमा… पुरा पढौ

नेपालमा भित्रियो ‘बाइ प्लेन क्याथल्याब’ : ‘न्यूरो इन्टरभेन्सन’ सेवा सुरु

तपाईलाई मस्तिष्काघात अथवा पक्षघात भयो ? नआत्तिहोस् तर जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्ने प्रयास गर्नुहोला । यसो भएमा पूर्ववत् अवस्थामा फर्किने संभावना । साथै ‘प्यारालाइसिल’ हुनबाट जोगिन पनिसकिन्छ । यसका लागि नेपालमा पहिलो पटक ‘बाइ प्लेन क्याथल्याब’ मार्फत‘न्यूरो इन्टरभेन्सन’ सेवाको सुरुआत भैसकेको छ । अत्याधुनिक तथा विश्वस्तरीय सो उपकरणलाई बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो हस्पिटलले विगत एकवर्षदेखि सञ्चालनमा ल्याएको हो । सोही अस्पतालमा विगत एकवर्षदेखि न्यूरो इन्टरभेन्सन सेवा प्रदान गर्दै आइरहनु भएका इन्टरभेन्सनल न्यूरो रेडियोलोजिष्ट डा.… पुरा पढौ

यातायात क्षेत्र बचाउन अधिकार सम्पन्न प्राधिकरण चाहिन्छ

काठमाडौं, २६ मंसिर । यातायात व्यवसायीको हालत कोभिड-१९ महामारी आउनु अगाडिदेखि नै खराब थियो । महामारीअघि पनि हामीले सरकारसँग सडकको अवस्था, यात्रुको चापलाई मध्यनजर गरेर रुट ट्र्याक तय गरौं भनेका थियौं । रुट ट्र्याक तय गरेपछि लामो दूरी, छोटो दूरी र मध्यम दूरीमा कस्ता गाडी चल्ने ? कुन दूरीमा चल्ने गाडीको सीसी क्षमता, सिट संख्या कति हुने भन्ने मापदण्ड बनाउन प्रस्ताव गरिएको थियो । तर, कुनै पनि रुटमा चल्ने गाडीको संख्या, प्रकार निश्चित गरेर प्रत्येक वर्ष पुनरावलोकन गर्न गरिएको मागमा… पुरा पढौ

बिमा विस्तारमा स्थानीय तहसँग समन्वय आवश्यक

काठमाडौं, २२ मंसिर । नेपालको समग्र बिमा क्षेत्रले सात दशक पार गरिसकेको छ । जीवन बिमाको अनुुभवसमेत ५ दशक लामो भइसकेको छ । वि.सं. २००४ मा नेपाल बैंकको सक्रियतामा नेपाल माल चलानी तथा बिमा कम्पनी (वि.सं. २०४८ मा परिवर्तन गरेर नेपाल इन्स्योरेन्स) को स्थापना भएदेखि औपचारिक रूपमा नेपालमा बिमाको सुुरुवात भएको हो । नेपाल इन्स्योरेन्सले निर्जीवन बिमा व्यवसाय गर्दै आएको छ । यद्यपि विदेशी कम्पनीहरूले त्यसअघि पनि बिमाको काम गर्दै आएको अनुमान छ । जीवन बिमा व्यवसाय भने २०२९ सालदेखि… पुरा पढौ

पार्टीको काम निष्ठापूर्वक गर्दै आएकोले यसपटक महामन्त्री उठ्छु : डा. महत

डा प्रकाशशरण महत नेपाली कांग्रेसका सहमहामन्त्री हुन। उनी नेपाल विद्यार्थी सङ्घको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल सहमहामन्त्री छन् । संविधानसभा सदस्य भएर उनले संविधान निर्माण मस्यौदा कार्यदलको सदस्यका रूपमा पनि काम गरे । उनीसँग परराष्ट्रमन्त्री र ऊर्जामन्त्रीका रूपमा काम गरेको अनुभव छ । आफ्नो पार्टी तथा सार्वजनिकरूपमा समसामयिक एवं राजनीतिक विचारहरू राख्नसक्ने स्पष्ट वक्ताका रूपमा डा महत परिचित छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने घोषणा गरेका डा महतसँग महाधिवेशनमा केन्द्रित रहेर गरिएको कुराकानीको केही… पुरा पढौ

सन्दर्भ : ३१औं नारायण गोपाल स्मृति दिवस

काठमाडौं, १९ मंसिर, २०७८ मखमली आवाजका भएका गायक स्वर सम्राट स्व.नारायण गोपाललाई वर्षेनि सम्झनै पर्ने एउटा महान श्रष्टाको स्मृतिको दिन आजै हो । जनस्तरबाट स्वर सम्राट भनेर कहलिएका नारायण गोपाललाई किङ अफ ट्रेजेडि भनेर पनि भन्ने गरिएको छ । आज उनको ३१औं स्मृति दिवस हो । उनको जन्म अक्टोबर ४, १९३९ मा काठमाडौको किलागलमा भएको हो । उनको वास्तविक नाम नारायण गोपाल गुरुवाचार्य हो । १९७१ मा पेमला लामासंग वैवाहिक सम्वन्धमा गाँसिएका नारायण गोपाललाई नेपालीले डिसेम्वर ५, १९९० मा ५१… पुरा पढौ

कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरणको प्रश्न

युवा नेतामा विचार छ, भिजन छ। नेतृत्व पाए दौडाउने आँट र साहस छ। तर एउटै कुराको डर छ कि अहिले गुटको बागडोर सम्हालेका नेताको विरुद्धमा गए पार्टी राजनीति सिद्धिन्छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अधिकांश जिल्लामा वडा र नगर अधिवेशनहरू सम्पन्न भएका छन्। कतिपय ठाउँहरूमा प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन्। नेपाली कांग्रेसका नेताहरूको देश दौडाहा चलिरहेको छ भने स्थानीय तहमा नेता कार्यकर्ताको सक्रियता बढिरहेको छ। नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको पर्वका रुपमा लिइने महाधिवेशनले केन्द्र देखि गाउँ… पुरा पढौ

राष्ट्र बैंकको एकिकृत निर्देशन सम्बन्धमा यस्तो छ लघुवित्तकर्मीको सुझाव

नेपाल राष्ट्र बैंक वित्तीय संस्थाहरुको नियमन निकाय हो । समग्र देशको वित्तीय अबस्था कस्तो मोडेलमा बिकास गर्ने र सुदृढ गर्ने भन्ने सम्बन्धमा नियमन निकायको निर्देशन तथा सोको पालना निकै महत्वपुर्ण हुन्छ । तर नियमन निकायको बुझाई तथा सो सम्बन्धमा गरिने निर्देशनले वित्तीय संस्थाको कार्य सन्चालनमा पार्नसक्ने सकरात्मक र नकरात्मक पक्षको पनि उत्तिकै महत्वपुर्ण भुमिका रहेको हुन्छ । नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थालाई जारी गरिएका केहि निर्देशन तथा व्यवस्था सम्बन्धमा समग्र सरोकारवालाहरुमा केही जिज्ञासाहरु पनि छन । यस विषयमा नियमनको… पुरा पढौ

सफल त्यो मानिस हुन्छ जो थप एक कोशिस गर्छ, डा. बुद्धि मल्लको विचार

पूर्व अमेरिकी गीतकार स्टिभ वण्डरले भनेका छन् - संघर्ष सहितको जीवनको मात्र अर्थ हुन्छ । विजय र पराजय त ईश्वरको हातमा मात्रै हुन्छ । त्यसैले हामीले संघर्षमा पनि उत्सव मनाउन सक्नुपर्छ । संघर्षबिनाको नतिजा मूल्यहीन हुन्छ । जसरी बिनापढाको प्रमाणपत्रले कुनै अर्थ हुँदैन, त्यसरी नै बिनासंघर्षको मानिसको जीवनको अर्थ हुँदैन । मानिसको धर्म संघर्ष गर्नु हो भने भगवानकाे धर्म मानिसलाई पास वा फेल गर्ने हो भनेर मानिसले निरन्तर संघर्ष गरिरहनुपर्छ । १९८१ मा ईजरायलका २२ वर्षिय युवक योस्सि घिन्स्बर्ग साथीहरुसंँग… पुरा पढौ