विचार / वार्ता

नेपाली लोक स्वादको समृद्ध ब्राण्ड: थकाली व्यञ्जन

वाह ! थकाली खाना सेट । कसलाई मन नपर्ला ? सबैको मन लोभ्याएको थकाली खाना थकाली समुदायमा मात्र होइन, अन्य समुदायमा पनि लोकप्रिय भइसकेको छ । हुँदाहुँदा नेपालको एक ब्राण्ड भएर विदेशसम्म छाउन थालेको छ । जहाँ–जहाँ नेपाली पुगे, त्यहाँ–त्यहाँ नेपालीहरुले आफ्नो कला संस्कृतिलाई पनि फिजाउँदै गए । र, खाना भनेको आफ्नो कला संस्कृतिको एक अभिन्न अंग हुने हुँदा सँगसँगै स्वतः फिजिदै गयो । थकाली जाति नेपालमा बसोबास गर्ने एक प्रमुख जाति हो । मुस्ताङको थाकखोला थकालीहरूको गढ मानिन्छ ।… पुरा पढौ

कोरोना कहर

मात्र ५/७ मिनेटको दूरीमा ४ जना निकट साथी छौँ । बसोबासका हिसाबले मात्र नभई हरेक दृष्टिले वर्षौंदेखि हाम्रो निकटता छ । अमेरिकाको बोस्टनमा हामी चारै परिवारबीच आत्मीय र मित्रवत् सम्बन्ध स्थापित छ ।  दिनै वा हप्तैपिच्छे व्यक्तिगत भेटघाट र पारिवारिक जमघट हाम्रा सामान्य नियमितता हुन् । सँगै कफी पिउन वा मःम खानको लागि जमघट गर्नुपरे हामीले क्यालेन्डर हेरेर दिन जुराउनु पर्दैन । तत्काल जमघट गर्न कुनै शनिबार वा आइतबार कुर्नु परेको छैन । नेपालमा लामो समय मूलधारको पत्रकारिता गरेका चारैजना प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपाली… पुरा पढौ