विचार / वार्ता

गण्डकीको जग बसायौं, अब घर बनाउँछौँ : मीना गुरुङ

मेरो संकल्प जंगलमा धेरै जीव, जनावर बस्छन् । ती सयौं जीव, जनावरमध्ये बाघ भन्ने बित्तिकै धेरैको सातो उड्छ । अरुको हिम्मत, जोश लल्याकलुलुक भइहाल्छ । नेकपा एमाले अहिले पाँच दलीय गठबन्धनका लागि बाघ जस्तो भएको छ । एमाले एकता, संगठन, कार्यशैली, राष्ट्रभक्ति र योजनाले अघि बढीरहेकाे छ । हामी जनताबीच प्रिय छौं । एमालेले देशको कायाकल्प गर्ने धेरै योजना सुरुआत गरेको छ । देशमाथि विदेशीले थिचिमिचो गर्दा सतिसाल भएर उभिएको छ । स्थिर सरकार र समृद्धिको विश्वसनीय मार्गचित्र प्रस्तुत गरेको… पुरा पढौ

आलेखः ३० वर्षपछि आमनेसामने हुँदै शाक्य–कँडेल

सुर्खेत, २७ कात्तिक। प्रजातन्त्रको पुनःस्थापनापछि विभिन्न समयमा निर्वाचनहरु भए र ती निर्वाचनहरुमा राजनीतिक दलका उम्मेदवारबीचको प्रतिस्पर्धामा जनताको अभिमतका आधारमा कोही विजयी र कसैले पराजय भोग्नु पर्दछ । एकै निर्वाचन क्षेत्रमा ३० वर्षअघि प्रतिस्पर्धामा रहेका दुई नेताबीच यसपटकको प्रदेशसभा निर्वाचनमा पुनःआमनेसामने हुँदै हुनुहुन्छ । विसं २०४९ मा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले)का यमलाल कँडेलबीच मङ्सिर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुँदैछ । त्यतिबेला काँग्रेसका शाक्यलाई पराजित गरेर एमालेका कँडेल वीरेन्द्रनगर… पुरा पढौ

दशैं चाड मात्र होईन, शिक्षाकाे साईत पनि हो : डा. बुद्धि मल्ल

दशैं सम्झना साथ मनमा एक प्रकारको मिठो अनुभूति एवं खुशि छाउँछ । मिठो खाने, राम्रो लगाउने, साथिभाई तथा ईष्टमित्रहरु भेटघाट गरि हर्षाेउल्लासका साथ मनाईने यस महान चाडबाट हामिले धेरै शिक्षा आर्जन गर्न सक्छौं । त्यसैले दशैं चाड मात्र होईन, धेरै कुराहरु सिकाउने पर्व पनि हो, टिकाको साथसाथै शिक्षा पनि सिक्ने साईत पनि हो । आदर सत्कारकाे पर्व मानिसहरु बर्षभरि भेट नभएतापनि दशैंमा आफूभन्दा ठूलाहरुको हातबाट टिका र आशिर्वाद थाप्न टाढाबाट पनि पुग्छन् । आगो ताप्नु मूढाको, अर्ति सुन्नु बूढाको भन्ने उखानलाई… पुरा पढौ

एसइई वा प्लस टु उतिर्ण भएपछि कुन विषय अध्ययन गर्ने ?

एसइई वा प्लस टु पास गरेपछि कुन विषय लिएर अध्ययन गर्ने भन्ने सम्बन्धमा विद्यार्थीलाई अन्योल सृजना भएको देखिन्छ ।  विज्ञान किन पढ्ने ? यसका क्षेत्र कुनकुन हुन् ? व्यवस्थापन विषयका क्षेत्र सम्भावना अन्य प्राविधिक विषयको क्षेत्र र सम्भावना के कस्तो छ ? शिक्षाशास्त्र सङ्काय किन पढ्ने ? यसका क्षेत्र कुनकुन हुन् ?  सोच विचार गरेर विषय छनोट गर्न सकेमा आफ्नो र राष्ट्रको भविष्य सुनिश्चित हुनेछ भन्ने लाग्दछ । यो छोटो आलेखमा भने शिक्षाशास्त्र सङ्कायको बारेमा चर्चा गर्ने  जमर्को गरिएको छ।… पुरा पढौ

नेपालकाे संवैधानिक इतिहास र यसको विकासक्रम

"संविधान त्यस्तो दस्तावेज हो, जसले सरकारका मुख्य अङ्गहरुकाे गठन र कार्यपद्धतिलाई व्यवस्थित गर्ने कार्य गर्दछ”- यो भनाई बेलायती संविधानविद् सर आइवर जेनिकको हो । आधुनिक संविधानलाई देशको मूल कानुनको रुपमा व्याख्या गरिएको छ । नेपाल सरकारको वैधानिक कानुन २००४ र नेपालको अन्तरिम शासन विधान २००७ ले यो कुरालाई स्विकार गरेको पाइदैन । संविधानको इतिहासलाई हेर्दा आरस्तुको पालादेखि नै संविधानको अस्तित्व प्रष्ट हुन आउछ। उनले ५८ वटा देशका संविधानको अध्ययन गरेको इतिहासले बताउँछ। यद्यपि त्यस बखतका संविधानहरु लिखित थिएनन । लिखित… पुरा पढौ

करेन्ट लागेका साथीलाई बचाउन लाग्दा झण्डै आफैं सिद्धिएको : उपसचिव पाेखरेल

नेपाल सरकारको उपसचिव, ईश्वरीप्रसाद पोखरेल नेपाली राजनीतिक तथा प्रशासनिक क्षेत्रमा शिक्षा सेवाका माध्यमबाट धेरै चिरपरिचित व्यक्तित्व हुन् । प्रशासनिक क्षेत्रमा हुने गरेका बेथितिका बारेमा एक्लै प्रश्न उठाउँदै माइतीघर मण्डलामा उभिएर ब्यानर समाएर सच्चिन अनुनय गर्ने उनै हुन् । विद्राेही स्वभावका उनका बारेमा सरकारी जागीर, घरगृहस्थ र शिक्षादीक्षा तथा सामाजिक दायित्वका विषयमा नेपाली सञ्चारजगतले धेरै प्रश्न गर्दै आएको छ । तिनै उपसचिवले आफ्ना विगतका ऐतिहासिक कालखण्डको घटनावली स्मरण गर्दा कहाली लाग्दो कालको साक्षात्कार गर्न पुगेको विवरण पनि प्रस्तुत गरेका छन् ।… पुरा पढौ

हेयर ट्रान्सप्लान्टमा नेपालकै अग्रणी- ‘अरोगिन हेल्थ केयर’

काठमाडौ, १७ भदौ । सुन्दर र आकर्षक देखिन मन पराउनु मानवीय स्वभाव नै हो । कुनैपनि व्यक्तिको व्यक्तित्वमा उसको अनुहार, बोलीचाली, व्यवहार र व्यक्तित्व मात्र नभई कपालको पनि उत्तिकै भूमिका हुन्छ । अझ नारीहरुका लागि त कपाललाई गहनाकै रुपमा परिभाषित गरिन्छ । स्वस्थ र मिलेको कपालले नारी मात्र नभई पुरुषलाई पनि आकर्षक र आत्मविश्वासी बनाउँछ । कपाल झरेर चिन्तित भएका समुदायलाई गुणस्तरीय तथा भरपर्दो सेवा प्रदान गर्नका लागि कर्पोरेट क्लिनिकको अवधारणाबाट स्थापना भएको संस्था हो -अरोगिन हेल्थ केयर प्रा.लि.। संस्थाका… पुरा पढौ

कृषिमा आधुनिकीकरणसँगै किसानकाे सहयात्री बन्दैछ मुक्तिनाथ कृषि कम्पनी

काठमाडाैं, १२ भदाै । किसानकाे जीवनयापनको मुख्य पाटो कृषि रहेको यथार्थतालाई आत्मसात गर्दै कृषि क्षेत्रमा लगानी गर्ने र उत्पादन बढाएर देशको अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ २०७५ सालमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडकाे स्थापना भएको हो । मुक्तिनाथ विकास बैंकका तत्कालीन सीईओ भरतराज ढकालको अवधारणाबाट यो कम्पनी जन्मेको हो। मुक्तिनाथ विकास बैककाे एसाेसियट कंपनीका रूपमा स्थापित मुक्तिनाथ कृषि कम्पनीले अहिले आवश्यक बीउबीजन, कृषि उपकरणको उत्पादन र बिक्री बितरण गरिरहेकाे छ । यसबाहेक कम्पनीले कृषकलाई ऋण प्रदान गर्ने बिचौलिया विस्थापन गरेर संस्थागत… पुरा पढौ

व्यवस्था राणा, पञ्च र राजतन्त्र भन्दा फरक छैन : बास्तोला

२०७२ मा नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था दर्ज गर्यो। नेतामात्रै होईन, राजनीतिक पार्टीका कार्यकर्ता र सर्वसाधारण जनता समेतले बडो उत्साहका साथ स्वागत गरे । तीनै तहका चुनावपछि जनताले आफ्नै गाउँमा राजधानी पाए । सिंहदरबार त गाउँमा आयो आएन यसै भन्न सकिन्न, तर सत्ता चाहीँ पक्कै आएको छ । स्थानीय निर्वाचनको पहिलो इनिङ सम्पन्न भई दोस्रो इनिङ्को प्रारम्भ भैसकेको छ । क्षमता र अनुभवले भ्याए सम्म काम पनि गरियो तर, जनतामा उत्साह भर्न हामीले पनि सकेनौँ । संविधान जारी… पुरा पढौ

लाइफ इज ए लङ्ग होलिडेज-अनुप वराल

मिस्टर नगरकोटीको कोट गर्न मिल्ने एउटा लाईन छ 'लाइफ इज ए लङ्ग होलिडेज' । खै किन हो कुन्नि यो लाइन सम्झ्योकी एरिक रोहमरको सिनेमाका यायावरिक पात्रहरु सम्झनामा आउछन्। मिडलक्लास, बौद्दिक, युवामन, उन्मुक्त र लगभग नोम्याडिक पात्रहरु । मन त हुन्छ फेरी त्यही जिन्दगी बाँचु जो बर्षाै अघि समयसंगै कतै छोडिएका छन्। यस्तो लाग्छ धित मरुन्जेल कतै लंग ड्राइभमा जाउँ। चल्दै गरेको रेलको झ्यालबाट त्यो चन्द्रमालाई हेरी रहुँ जुन बिहान नहुन्जेलसम्म आँखाबाट ओझेल हुँदैन। कुनै स्वार्थबिना यात्रमा अचानक भेटिने अपरिचित मानिससंग… पुरा पढौ