विचार / वार्ता

किन बढ्दै छ, वायु प्रदूषण ?

काठमाडौं, २२ चैत । वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने ? र… पुरा पढौ

मधेसीका लागि संविधान संशोधन गर्नुपर्छः सांसद राय

काठमाडौं, २१ चैत । प्रतिनिधिसभा सदस्य भएको करिब दुई वर्ष भयो । प्रतिनिधिसभामा रहँदैगर्दा दुई वर्षको समय खासगरी संविधानको मर्मअनुसार कानुन निर्माणमा केन्द्रित रह्यो । त्योसँगै जनताका समसामयिक विषयलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने काम गर्दै आएको छु । विशेष गरी मधेस प्रदेशभित्र रहेका आठ वटा जिल्लाका जनताको शिक्षा, स्वास्थ्य र बेरोजगारीलगायतका समस्या संसद्मा उठाउने काम भयो । अब छिट्टै ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’, ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न… पुरा पढौ

राजसंस्था फर्काउँछु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो : सांसद घर्ती

काठमाडौं, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती सङ्घीय संसद्, प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचन २०७९ मा रुकुमपूर्व–१ बाट निर्वाचित हुनुभएको हो । सांसद घर्तीले निर्वाचनमा १२ हजार २६२ मत प्राप्त गर्नुभएको थियो । भूमे गाउँपालिका वडा नम्बर ९ रुकुममा २०२४ असार २९ गते जन्मिनुभएका घर्ती २०३६ सालदेखि राजनीतिमा लाग्नुभएको थियो । लुम्बिनी प्रदेशको सभासुखको भूमिका निर्वाह गरिसक्नुभएका सांसद घर्ती तत्कालीन मसालको गाउँ पार्टीमा रुपान्तरण गरी तत्कालीन चुनवाङ गाविसको संस्थापक पार्टी अध्यक्ष बन्नुभएको… पुरा पढौ

मधेसी समुदायको सहभागिता सुनिश्चित गरिनुपर्छ : सांसद कार्की

काठमाडौं, १९ चैत । सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि देश जुन रूपमा अगाडि बढ्नुपर्ने थियो, त्यो गतिमा बढ्न सकेको छैन । राजनीतिक दलहरूले सही तरिकाले काम गर्न नसकेका कारण जनतामा नैराश्यता छ । संसद्ले जति कानुन बनाउनुपर्ने हो, त्यति बनाउन सकेको छैन । संसद् भनेको कानुन निर्माण गर्ने र जनताका सवाललाई सरकारसम्म पुर्याउने थलो हो । तर संसद् सरकार बनाउने र ढाल्ने थलोजस्तो भएको छ । संसद्मा राजनीतिक दल एकले अर्कालाई अरोप लगाउने तथा झगडा गर्ने कार्य जारी छ । मुख्य… पुरा पढौ

समृद्ध कर्णाली, सुखी कर्णाली बनाउने सपना छ : सांसद मल्ल

काठमाडौं, ११ चैत । सङ्घीय संसद, राष्ट्रियसभाको सांसद भएको एक वर्ष भयो । नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको छ । संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ । संविधानले नै खासगरी सीमान्तकृत, लोपोन्मुख समुदायको राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी तथा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रियसभाको आवश्यकता औँल्याएको छ । मुख्यगरी राष्ट्रियसभाले प्रदेशको न्यायोचित प्रतिनिधित्व व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलनसमेतलाई सम्बोधन गर्छ । एक वर्षको अवधिभरि संविधानअनुरुप कानुन बनाउने काममा केन्द्रित… पुरा पढौ

देश विकासमा सरकारले गति बढाउनुपर्छः सांसद चौधरी

काठमाडौं, ८ चैत । प्रतिनिधिसभा सदस्य भएको करिब दुई वर्ष भयो । थारु समुदायको प्रतिनिधित्व गरेर सांसद भएको हुँ । संसद्मा पटकपटक यो समुदायको अधिकारका निम्ति आवाज उठाउँदै आएको छु । संविधानको मर्मअनुरुप कानुन बनाउने प्रक्रियामा पनि सक्रियताका साथ काम गर्दै आएको छु । राज्यका निकायहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा थारु समुदायको प्रतिनिधित्व न्यून छ । यी तीनवटा निकायलगायत राज्यका हरेक संरचनामा थारु समुदायको अधिकार सुनिश्चितताका निम्ति संवैधानिक र कानुनी व्यवस्था गर्नुपर्छ । विसं २०७८ को जनगणनाअनुसार थारु समुदायको जनसङ्ख्या… पुरा पढौ

नेपालमा सङ्घीय लोकतान्त्रिक व्यवस्था नै उत्तम हो-सांसद श्रेष्ठ

काठमाडौं, ७ चैत । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको एक वर्ष भयो । सङ्घीय संसद्मा यो मेरो पहिलो अनुभव हो । एक वर्षको अवधिमा धेरै समय विधेयक अध्ययनमै बिताएको छु । पुराना ऐन कानुन पनि अध्ययन गरिरहेको छु । सोहीअनुसार कानुन निर्माण कार्यमा सक्रिय रहँदै आएको छु । साथसाथै जनताका सवाललाई संसद्को माध्यमबाट सरकारसम्म पु¥याउने काम पनि गर्दै आएको छु । सांसद आफैँमा कार्यकारी पद होइन । मन्त्री भनेको कार्यकारी पद हो । सांसदले आफ्नो क्षेत्रलगायत समग्र देशको विकासका लागि सरकारसँग… पुरा पढौ

दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन-सांसद पासवान

काठमाडौं, ६ चैत । विगत पाँच वर्षदेखि म राष्ट्रियसभाको सदस्य छु । यो सभाअन्तर्गतको ‘विधायन व्यवस्थापन’ समितिमा रहेर पनि काम गर्दै आएको छु । राष्ट्रियसभाका सदस्यको मुख्य भूमिका भनेको कानुन बनाउने हो, जुन काम राष्ट्रियसभाले सक्रियताका साथ गरिरहेको छ । दलित समुदायभित्र पनि तराई मधेसका दलितको प्रतिनिधित्व गरेर राष्ट्रियसभामा आएको हु । दलित समुदायभित्र पनि तराईका दलितको आर्थिक अवस्था अत्यन्त नाजुक छ । राजनीतिक र सांस्कृतिक अवस्था पनि कमजोर छ । नेपालको जनसङ्ख्यामा दलितको कुल जनसङ्ख्या ३५ लाख ५३ हजार… पुरा पढौ

राजनीतिक दलले जनतासामु गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं, ५ चैत । राष्ट्रियसभाको सदस्य भएको एक वर्ष पूरा भयो । राष्ट्रियसभामा एक वर्ष रहँदैगर्दा धेरै विषयमा अनुभव हासिल गरेकी छु । मैले संसद्मा रहेर जति गर्नुपर्ने हो, त्यति गर्न सकेकी छैन । संसद्मा जनताको आवाज उठाउने, कानुन निर्माण प्रक्रियामा सहभागी हुने कुरा त भइहाल्यो । तर जनताको अवस्था सुधार गर्न ठोस काम गर्न नसकेको अनुभूति भइरहेको छ । संसद्मा आइसकेपछि मलाई देशभर गाउँगाउँमा जाने अवसर मिल्यो । गाउँमा अझै पनि जनताको अवस्था उस्तै छ । उनीहरूले व्यवस्था फेरिएको… पुरा पढौ

सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नु हुँदैन-सांसद शर्मा

काठमाडौं, ४ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जगप्रसाद शर्मा विगत पाँच वर्षदेखि राष्ट्रियसभाको सदस्य हुन्। रूकुम जिल्लाबाट २०४३ सालदेखि विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीति सुरू गरेका श्री शर्माले २०४६ सालको लोकतन्त्र प्राप्तिका लागि भएको जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएका थिए । त्यसपछि तत्कालीन एकता केन्द्रमा समाहित भएसँगै उहाँले २०५० सालदेखि भूमिगत रहेर राजनीति गरेका थिए। उनी २०५७ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थिए। राष्ट्रियसभा सदस्य श्री शर्मासँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश… पुरा पढौ