विचार / वार्ता

हङकङमा नेपाली वस्तुबजारको खोजी (विचार)

काठमाडौं, २५ भदौ । नेपाल र चीन बीचको कूटनीतिक सम्बन्ध १ अगस्त, १९५५ मा स्थापित भएपश्चात् हङकङमा महावाणिज्य दूतावासको स्थापना सन् १२ अप्रिल, १९९७ भई सञ्चालनमा रहेको छ । हङकङ सानो सहर भए तापनि यसको जनसङ्ख्या करिब ७५ लाख रहेको छ । हङकङ सरकारबाट प्रकाशित तथ्याङ्कअनुसार यहा बस्ने नेपाली नागरिकहरु २५ हजारको हाराहारीमा भए तापनि नेपाली मूलका करिब ५० हजार नजिक रहेको अनुमान छ । दक्षिण एसियाली मूलका मानिसहरुको सङ्ख्या करिब दुई लाखभन्दा बढी रहेको अनुमान छ । हङकङमा दैनिक… पुरा पढौ

सन्दर्भ : मानव बेचबिखनविरुद्ध १८औं राष्ट्रिय दिवस (आलेख)

काठमाडौं, २० भदौ । धादिङकी उर्मिलाको फेसबुकमा एक जना नचिनेको मान्छेले अनुरोध पठायो । उर्मिला आफूले नचिनेको भए पनि उसले आफूलाई चिनेको होला भनेर अनुरोध स्वीकार गरिन् । फेसबुकमा साथी बनेपछि कुराकानी हुँदै गयो । कुराकानी हुँदै गर्दा एक दिन रमेश नाम बताउने ती व्यक्तिले उर्मिलालाई कत्ति पनि पैसा नलिइ कुवेत पठाइदिने प्रलोभन देखाए । घरको आर्थिक अवस्था कमजोर भएकी उर्मिलाले कुवेत जाने निधो गरिन् । तर उनले घरमा कसैलाई पनि थाहा नदिइकन रमेशसँग भारत हुँदै कुवेत जानका लागि घरबाट… पुरा पढौ

यी हुन् ‘शेयर’ बजार बुलमा हुने भूल (विचार)

काठमाडौं, १९ भदौ । ‘शेयर’को बुल (बढ्दो) बजारको लहर चल्दै गर्दा लगानीकर्ता र कारोबारी मात्रै नभई सिङ्गो राज्य संयन्त्र उत्साहित हुनु स्वाभाविक हो । यसले अर्थतन्त्रलाई चलायमान मात्र बनाउँदैन, राज्यकोषलाई समेत सबल बनाउन मद्दत गर्छ । पुराना र अनुभवी व्यक्ति र संस्था मात्रै नभई नयाँ लगानीकर्ताहरु समेत बजारमा प्रवेश हुने गर्छन् । कारोबार रकम, सूचकाङ्क र लगानीकर्ताहरुको ‘पोर्टफोलियो’ सबै बढ्दै गएका सूचना र समाचारहरुले मिडियाहरु रङ्गिएका हुन्छन् । सामाजिक सञ्जाल, चोक बजार र बस्तीहरु शेयर बहसले तताएको हुन्छ । यसको… पुरा पढौ

सन्दर्भ वाणिज्य दिवस : वाणिज्यशास्त्र शिक्षाका सारथीहरूको सम्झनामा

काठमाडौ, १७ भदौ । महाभारतको शान्ति पर्वमा भनिएको छ, ‘धननाश भएमा केही छैन, पुनः प्राप्ति हुन सक्छ । यस्तै अरू कतिपय चीज नाश भएमा पनि फेरि पाउन सकिन्छ तर इतिहास नाश भएमा सर्वनाश हुन्छ, अपूरणीय क्षति हुन्छ ।’ त्यसैले इतिहासलाई हामी सबैले सम्मान गर्नै पर्छ । हिजोले आज देखायो, आजले भोलिको मार्गप्रशस्त गर्छ । हिजोलाई सम्झनु भनेको पितृलाई सम्मान गर्नु हो । यस पृष्ठभूमिमा नेपालको वाणिज्यशास्त्र शिक्षाको थालनी, विकास र आजको स्थितिमा ल्याउन अनवरत अथकित परिश्रम गर्ने केही सारथिहरूलाई श्रद्धासुमन… पुरा पढौ

संसदप्रति आस्था र नागरिक समाजको खबरदारी (विचार)

काठमाडौं, १४ भदौ । प्रजातन्त्र या लोकतन्त्रलाई आफ्नै तरिकाले परिभाषित गर्ने र व्याख्या गर्ने परम्परा विकास भएको छ । परिभाषा या व्याख्या जसरी जसले तयार गरे पनि प्रजातन्त्रका हुनै पर्ने तत्वहरु हुन्–व्यक्तिगत स्वतन्त्रताको संवैधानिक रुपमा नै प्रत्याभूति, बहुलवादको अभ्यास, वहुसङ्ख्यकको आवधिक शासन र अल्पसङ्ख्यकको अधिकार सुरक्षित गरिँदै उनीहरुको सम्मान हुनु । सर्सर्ती रुपमा हेर्दा सामूहिक निर्णयको आधारमा शासन पद्धतिको विकास र शासन पद्धतिलाई चलायमान बनाउनको लागि चाहिने नियम, कानुनको निर्माणमा नागरिकको सहभागिता र नागरिक अधिकारमा समानता प्रजातन्त्रका मूलभूत सिद्धान्त मानिन्छ… पुरा पढौ

राससकाे नेपाली समाचार सेवा आजदेखि चौबिसै घण्टा

काठमाडौं, ११ भदौ । सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो । एउटा कोठाबाट सुरु भएको रासस परिष्कृत हुँदै आजको अवस्थामा आइपुग्नुमा आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको पनि उत्तिकै सहभागिता र योगदान रहेको कुरामा दुईमत छैन । जनताको करबाट सञ्चालित देशको एक मात्र समाचार समिति रासस आफ्नो स्थापनाको समयदेखि नै देश तथा जनताको सुसूचित हुने आवश्यकता र अधिकारलाई दृष्टिगत गर्दै आफ्ना सेवाहरु प्रकाशन÷प्रशारण गर्दै आइरहेको छ ।… पुरा पढौ

सोलुखुम्बुको हिमताल फुट्नु जलवायु परिवर्तनको असर (विचार)

काठमाडौं, ६ भदौ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ थामे बजार । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरु थामेमा बास बस्ने गर्थे । तर २०८१ साउन ३२ गते शुक्रबार दिउँसो करिब १ बजे ठूल्ठूला ढुङ्गा र गेग्रानसहितको भीषण बाढीले हेर्दाहेर्दै रमणीय थामे बजारलाई ढुङ्गे बगरमा परिणत ग¥यो । अकस्मात आएको बाढीले पर्यटकीय गाउँ थामे बजारका १३ वटा घर पूर्ण रुपमा र १० वटामा आंशिक क्षति भएको छ । एउटा विद्यालय, एउटा स्वास्थ्यचौकी पनि बगायो । उक्त दिन पानी खासै… पुरा पढौ

अर्थतन्त्रमा उद्योगको योगदान बढाउँछौं: मन्त्री भण्डारी (अन्तर्वार्ता )

काठमाडौं, ५ भदौ । मुलुकमा औद्योगिक वातावरण सिर्जना, लगानी प्रवद्र्धन, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रवद्र्धन, सहजीकरण र नियम, औद्योगिक सम्पत्तिको संरक्षण र औद्योगिक पूर्वाधारको व्यवस्थालगायत मुख्य जिम्मेवारी पूरा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय क्रियाशील हुँदै आइरहेको छ । सरकारले उद्योग क्षेत्रको विकासमा लगानी गरेअनुसार राष्ट्रिय अर्थतन्त्रमा प्रतिफल पाउन नसकिरहेको अवस्था छ । कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान खुम्चिएर पाँच प्रतिशतमा सीमित भएको छ । यद्यपि, सरकारले उद्योग वाणिज्य क्षेत्रको सुधारका लागि नीति कार्यक्रम र योजना अघि सारेको छ… पुरा पढौ

यसरी गर्न सकिन्छ कृषिमा सुधार (प्रधानमन्त्री ओलीकाे विचार)

काठमाडौं, ४ साउन । म कृषि विज्ञ होइन तर किसानको छोरा हुँ । सानो हुँदा कृषिकाे काम गरेको छु । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ । बोटविरुवा देखेपछि मलाई माया लाग्छ। मलाई देखेपछि बोटविरुवाले पनि माया गर्छन् जस्ताे लाग्छ । मैले बारी कस्तो बनाएको थिएँ भने कुटो कोदालो होइन कि हातका औँला घुसारेर त्यसको गोडमेल गर्ने गर्थें । अरु साथीहरुले लगाएको चाहिँ त्यति राम्रो नफल्ने ।… पुरा पढौ

सूचनाको हकसम्बन्धी ऐनको १७ वर्ष (विचार)

काठमाडौं, ३ भदौ । आजभन्दा १७ वर्ष पहिले अर्थात् २०६४ मा आजैका दिनदेखि सूचनाको हक कार्यान्वयनमा आएको हो । सोही वर्षको साउन ५ गते संसद्बाट पारित भएको यो ऐन ३० दिनभित्र जारी हुने प्रावधानअनुसार भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो । सूचनाको हक कार्यान्वयनमा आउनेबित्तिकै सुशासनका साथै पारदर्शी र सहभागितामूलक लोकतन्त्र प्रवर्द्धनका सन्दर्भमा नयाँ बहस प्रारम्भ भयो भन्दा अस्वाभाविक हुँदैन । कालान्तरमा यो वहस यतिमा मात्र सीमित रहेन । यो वहस, सूचनाको हकलाई भ्रष्टाचारमा लगाम लगाउने एक सशक्त औजार, नागरिक… पुरा पढौ