अटाे 🚙

‘आगजनि गरिएका गाडी यहिँ मर्मत गरेर नयाँ जस्तै बनाउन सकिन्छ, रकम बाहिर जानबाट रोकौं’

पोखरा, २३ असोज । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन पोखराले जेन्जिको आन्दोलनको क्रममा पोखरामा आगजनि तथा तोडफोड गरिएका गाडीहरुलाई कम खर्चमा यहिँ बनाउन सकिने र धेरै पैसा बाहिर जानबाट रोक्न सकिने बताएको छ । एशोसिएसनका अध्यक्ष विष्णु प्रसाद अधिकारी, महासचिव विजेन्द्र चौधरी, प्रेस सल्लाहकार कृष्ण थापासहित पोखराका पत्रकारको टोली बिहिबार जिल्ला प्रशासन कार्यालय कास्कीमा गएर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाउदै सो कुराको जानकारी गराएको हो । जेन्जि आन्दोलनको क्रममा पोखरामा तोडफोड, आगजनि भएका गाडीहरुको सहुलियत मूल्यमा यहिँ पुनः… पुरा पढौ

‘डाइभर्सन’ नहुँदा मालबाहक ट्रली भन्सारमै थन्किए

मुस्ताङ, १७ असोज। यहाँको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मङ्गलबारदेखि भन्सार कार्यालय न्हेचुङमै थन्किएका हुन् । कोरलानाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका मालबाहक कन्टेनरहरू मुश्किलले तल झारिए पनि ‘हेभी’ मालबाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सार कार्यालयमा रोकिएको प्रमुख जिल्ला… पुरा पढौ

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

काठमाडौं, १४ असोज। दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनले भने, “यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन् ।… पुरा पढौ

२४ घण्टामा १ लाख ११ हजार बढी यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौं, १३ असोज । पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । दसैँ मनाउनका लागि एक लाख ११ हजार ६३९ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यही असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा चार लाख ६७ हजार ९७७ जना काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। यसैगरी घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमा कम्तीमा दुई लाख ५२… पुरा पढौ

नेपालमा रेलवे प्राथमिकतामा हुनुपर्छ-पूर्व मानार्थ महावाणिज्यदूत रोजर डे ग्रोएन

काठमाडौं, १० असाेज । नेपालका पूर्व मानार्थ महावाणिज्यदूत (बेल्जियम) रोजर डे ग्रोएनले नेपाललाई दिगो, हरित र सर्वसुलभ यातायात प्रणालीतर्फ अघि बढाउन राजमार्गभन्दा रेलमार्ग निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। हाल काठमाडौं, पोखरा र चितवनलाई जोड्ने राजमार्ग निर्माणबारे चलिरहेको छलफलप्रति उनले पुनर्विचार गरी त्यसको विकल्पका रूपमा रेलवे सञ्जालमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले रेलमार्गले नेपालको भविष्यलाई रूपान्तरण गर्ने पाँच प्रमुख आधारहरू प्रस्तुत गरेका छन्। १‍‍. सबै नागरिकका लागि पहुँचउनका अनुसार रेलमार्ग समावेशी यातायातको माध्यम हो, जसलाई धनी–गरिब, सहर–गाउँ सबैले सजिलै… पुरा पढौ

नारायणगढ-मुग्लिन सडकखण्डमा यातायात सञ्चालन

चितवन, १० असोज। एक सातामा पटकपटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा गएरातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ । उक्त सडकखण्डको तुइन खोलामा शुक्रबारदेखि पटकपटक गरी खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाएपछि बिहीबार राति ११ः३५ बजेदेखि तुइन खोलामा दुईतर्फी सडक आवागमन भएको छ । तत्काल पहिरो झर्ने खालको अवस्था नरहेकाले अब आत्तिनुपर्ने अवस्था नरहेको पनि बताए । “सानातिना पहिरो खस्दा सहजै सफा गर्न सकिने… पुरा पढौ

घटस्थापनापछि १ लाख ३८ हजार यात्रुले काठमाडौं छाडे

काठमाडौं, ९ असोज। घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौं छाडेका हुन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिए। उनका अनुसार उक्त तथ्याङ्क… पुरा पढौ

वीरगञ्ज भन्सारका यार्डमा १७९ सवारीसाधन थन्किए

वीरगञ्ज (पर्सा), ९ असोज। वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधन भन्सार जाँचपास नभएर थन्किएका हुन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले एकीकृत जाँचचौकीमा ७५ वटा चारपाङ्ग्रे र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा १०४ थान चार पाङ्गे सवारीसाधन भन्सार जाँचपासको प्रक्रियामा रहेका जानकारी दिए। “आयातकर्ताले चाडपर्व लक्षित गरेर चार पाङ्ग्रे सवारीसाधनको जाँचपास प्रक्रिया अघि बढाउँदै आउनुभएको छ”, उनले भने, “भन्सारको यार्डमा रहेका सवारीसाधन… पुरा पढौ

वीरगञ्ज नाकाबाट २ महिनामा ७ अर्बका गाडी भित्रिए

वीरगञ्ज (पर्सा), ८ असोज. चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट रु एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवको उक्त अवधिमा रु पाँच अर्ब २५ करोडका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए । कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले… पुरा पढौ

नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

जनकपुरधाम, ६ असोज। नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो ब्रोडगेज यात्रुवाहक रेल्वेसँगै कार्गो सेवा सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको हो । भारत सरकारको रु १० अर्ब लागतमा मर्मत तथा निमार्ण भइ हाल जयनगरवाट जनकपुरहुँदै महोत्तरीको बिजलपुरासम्म यात्रुवाहक रेल्वे सेवा सञ्चालन भइरहेको छ । नेपाल सरकारले भारत सरकारसँग खरिद गरेको दुर्ईवटा इन्जिनसहितको चार÷चार वटा वोगीमार्फत यस क्षेत्रका… पुरा पढौ