अटाे 🚙

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्सबीच सम्झौता

काठमाडौं, २१ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लक्ष्मी कमर्सियल भेहिकल्सबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित कार्यक्रममा भएकाे सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार बैंकका ग्राहकले स्वराज माज्दा (एसएमएल) ब्राण्डको कमर्सियल गाडीको आधिकारीक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्सबाट नयाँ गाडी खरीद गर्न चाहेमा १२.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको अधिकतम ७५… पुरा पढौ

सवारीसाधनको महामेला ‘नाडा अटो शो’ यसपाली नहुने

काठमाडौं, १४ असोज । हरेक वर्ष आयोजना हुने गरेको सवारी साधनहरुको महामेला ‘नाडा अटो शो’ यस वर्ष नहुने भएको छ । कोरोना महामारीका कारण नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले यस वर्ष मेलाको आयोजना नगर्ने निर्णय गरेको हो । हरेक वर्ष आयोजना हुने अटो शो मा नयाँ नयाँ किसिमका गाडिहरु सार्वजनिक हुन्थे । अन्य समयको भन्दा नाडा अटो शोमा विशेष अफर समेत हुने भएकाले गाडिहरु धेरै बिक्री समेत हुने गरेको थियो । तर यसपाली भने नहुने भएको छ ।… पुरा पढौ

फोर्स मोटर्सले ल्यायाे- फोर्स दशैं आर्शिवाद उपहार योजना

काठमाडाै‌ं, ९ असाेज । फोर्स मोटर्सको आयातकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले फोर्स दशैं आर्शिवाद उपहार योजना ल्याएको छ । दशैं र तिहारको अवसरमा ग्राहकको सुबिधालाई ध्यानमा राखि यो फोर्स दशैं आर्शिवाद उपहार योजना सार्वजनिक गरिएको कंपनीले जनाएको छ । यो अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्राक्स क्रुजर जीप खरिदमा “९ महिना सम्म किस्ता र व्याज तिर्न नपर्ने”, रु ९ लाख मात्र डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा स्क््याच कुपन मार्फत रु. २ लाखदेखि १० लाख… पुरा पढौ

असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात र हवाई उडान सञ्चालन हुने

काठमाडौं, ३० भदौ । असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र हवाई उडान खुल्ने भएका छन् । सरकारले असोज ५ बाट खुलाउने सूचना जारी गरे लगत्तै आफ्नो निर्णयलाई परिवर्तन गरी असोज १ बाटै यातायात तथा अवाई सेवा सुचारु गर्ने निर्णय गरेको छ । बिगत केहि दिनदेखि यातायात व्यवसायीले सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर असोज १ बाट यातायातका साधन सञ्चालन गर्ने बताउँदै आएका थिए । लकडाउन र निषेधाज्ञाको कारण व्यवसाय चौपट भएको भन्दै व्यवसायीले सरकारले निषेधाज्ञा लागु गरेमा त्यसलाई अवज्ञा गरेर… पुरा पढौ

भदौ २५ देखि अटो व्यवसाय सुचारु गर्ने नाडाको निर्णय

काठमाडौं, २३ भदौ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले भदौ २५ देखि अटो व्यवसाय सुचारु गर्ने निर्णय गरेको छ । बिगत ६ महिनादेखि सरकारले लगाएको लकडाउन र निषेधाज्ञाले अटो व्यवसाय अत्यन्त मारमा परेकोले वाध्य भएर निषेधाज्ञा अवज्ञा गर्दै व्यवसाय सुचारु गर्नुको बिकल्प नभएको व्यवसायीहरुको भनाई छ । यदि सरकारले भदौ २५ गतेपछि पनि निषेधाज्ञालाई निरन्तरता दिएमा त्यसको अवज्ञा गर्दै व्यवसाय संचालन गर्ने नाडाले निर्णय गरेको हो । सरकारले लकडाउन र निषेधाज्ञा लागु गरेको झण्डै ६ महिना भईसकेको छ । हामी… पुरा पढौ

आइसरकाे दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्डबाट बतासअन्तर्गतको इष्टर्न एजेन्सी सम्मानित

काठमाडौं, १४ भदौ । प्रतिष्ठित व्यावसायिक घराना बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रालिले भारतको भोल्भो आइसर कमर्सियल भेइकलबाट दक्षिण एसियामै उत्कृष्ट डिलरको अवार्ड प्राप्त गरेकाे छ । दक्षिण एसियाका डिलरहरुमध्ये इष्टर्न एजेन्सी प्रालिले उत्कृष्ट डिलरको अवार्ड प्राप्त गर्ने अर्गनाइजेसनको रुपमा दर्ज भएको छ। बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रालि आइसरको अधिकृत बिक्रेता रहेको छ । हेभी ड्युटी ट्रक सेग्मेन्टमा सबैभन्दा बढी परिमाणमा बिक्री गर्न सफल भएकोले याे अवार्ड प्राप्त गरेको बतास अर्गनाइजेसनका कार्यकारी निर्देशक प्रमेश पराजुलीले सफल आवाजलाई बताए ।… पुरा पढौ

कार्डबाटै भाडा तिर्ने व्यवस्था गर्दै सार्वजनिक यातायातहरु

काठमाडौं । सार्वजनिक यातायातहरुले कार्डबाटै भुक्तानीको व्यवस्था गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिम बढीरहेका बेला काठमाडौंमा चल्ने सार्वजनिक यातायातहरुले नगद लिने प्रचलन बन्द गराउनका लागि विद्युतीय भुक्तानीको प्रक्रिया अघि बढाउन लागेका हुन् ।साझा यातायातले कार्डबाट भुक्तानी हुने व्यवस्था मिलाइसकेको छ । यद्यपि सबै बसहरुमा यो शुचारु भने भइसकेको छैन । पैसाबाट पनि कोरोनाका जोखिम सर्न सक्ने भएकाले विद्युतीय भुक्तानीलाई शुचारु गर्न लागिएको साझा यातायातले जनाएको छ । उता सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले चाडै विद्युतीय भुक्तानीको शुभारम्भ गरिने जानकारी… पुरा पढौ

भारतमा ११ महिनामा १ लाख किया सेल्टोस गाडीकाे बिक्री

काठमाडाै, कियाले भारतमा ११ महिनामा १ लाखभन्दा बढी एसयूभी बिक्री गरेको छ । कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यस यताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा १ लाख थान एसयुभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको हाे । कोरियाली अटो निर्माता कियाले आफ्ना जम्मा दुईवटा मोडल कार्निभल प्रिमियम एमपीभि र सेल्टोस एसयूभीबाट यो उपलब्धि हासिल गरेको बताएकाे छ । मोडलगत प्रगति हेर्दा यसै वर्षको सुरुतिरको अटो सो मा भारत प्रवेश… पुरा पढौ

सुजुकीको भिटारा ब्रेजा गाडी बजारमा

मारुती सुुजुकी ब्राण्डको पेट्रोल इन्जिन जडित भिटारा ब्रेजा गाडीको पोखरामा विक्री शुभारम्भ गरिएको छ । सुजुकीको पोखरा तथा यस क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले सोे गाडीको विक्री आरम्भ गरेको हो । बतासका प्रमुख अपरेटिङ अफिसर सिओओ राजेश रानाभाट तथा डेपुटी महाप्रवन्धक विश्वमणी भण्डारीले एक हजार ५०० सिसी क्षमताको पेट्रोल इन्जिनको सो गाडी सार्वजनिक गरेका हुन । भिएक्सआई र जेडएक्सआइ भेरियन्टमा उपलव्ध यस गाडीको मुल्य रु ४१ लाख ६९ हजारदेखी रु ४४ लाख ६९ हजारसम्म रहेको छ । शुभारम्भका अवसरमा… पुरा पढौ

फोर्स मोटर्सको कोभिड–१९ ग्राहक राहत योजना

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकको निम्ति बृहत् प्याकेज ल्याएको छ। कोभिड–१९ बीच आएको सो योजनाअन्तर्गत फोर्स कम्पनीको विभिन्न मोडेलको गाडी खरिद गर्दा ग्राहकले बैंक फाइनान्समा तिर्नुपर्ने १ वर्षसम्मको किस्ता रकम कम्पनीले नै तिरी दिने भएको छ । साथै १ लाख रुपैयाँसम्मको नगद छुट दिने आयाम इन्टरकन्टिनेन्टल प्रालि तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले बताए। आयामले ६ वर्षदेखि फोर्स मोटर्सको विभिन्न मोडेलका गाडीहरुको आयात तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सबैभन्दा… पुरा पढौ