अटाे 🚙

५ करोड लगानीमा खुल्यो ‘चितवन ड्राइभिङ स्कुल’

चितवन, १४ फागुन । सवारी चालक तालिम दिन आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ । ५ करोडभन्दा बढीको लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो । हालै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले चितवनबाट चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरुआत गरेसँगै सो स्कुल सञ्चालनमा आएको जनाइएको छ । कार्यालयद्वारा जारी ‘सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४’ का अनुसार चितवनमा उक्त स्कुलले सञ्चालनको पहिलो अनुमति पाएको थियो । स्कुलमा फरक क्षमता (अपाङ्गता)… पुरा पढौ

निरन्तर उकालाे लाग्याे टेस्लाको सेयरमूल्य

काठमाडौं, १३ फागुन । टेस्लाको सेयरमूल्य निरन्तर उकालाे लागिरहेकाे छ । अमेरिकी कार निर्माता कम्पनी टेस्लाको सेयरमूल्य २०२३ को सुरुदेखि उकालाे लागेकाे हाे । यसले अहिले पनि निरन्तरता पाइरहेकाे छ । पछिल्लाे समयमा टेस्लाको सेयरमूल्य लगभग शतप्रतिशतले बढेको पाइएकाे छ। फेब्रुअरी महिनामा यसकाे प्रतिकित्ता सेयरमूल्य २०० डलर पुगेको छ । जनावरी महिनामा प्रतिकित्ता १०० डलरको हाराहारीमा रहेकाे थियाे । यस अघिकाे तथ्यलाइ हेर्ने हाे भने सन् २०२१ को नोभेम्बरमा सेयरमूल्य प्रतिकित्ता ४१४ डलर पुगेको थियो । त्यसपछि घटेकाे सेयरमूल्य १०१… पुरा पढौ

किन घट्यो दुईपाङ्ग्रे सवारीकाे आयात ?

काठमाडौं, १२ फागुन । चालु आर्थिक वर्षको शुरुवाती ७ महिनामा दुईपांग्रे सवारी साधन आयातमा उल्लेख्य कमी आएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म मोटरसाइकल तथा स्कुटरको आयात ६३ प्रतिशतले घटेको पाइएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको ७ महिनाको वैदेशिक व्‍यापार विवरण अनुसार माघ मसान्तसम्म ७१ हजार २२५ थान मात्र दुईपांग्रे सवारी साधन नेपाल भित्रिएको छ । तुलनात्मक हिसाबले हेर्दा गत वर्षको सोही अवधिमा १ लाख ८९ हजार ९२७ थान यस्तो… पुरा पढौ

अब काठमाडौं उपत्यकामा सवारीको सीमा प्रति घन्टा ५० किमि

काठमाडौं, ११ फागुन । अबदेखि काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गर्दै यस्तो व्यवस्था लागू भएको जानकारी दिएको हो । यसबाट सामान्य हिसाबले सवारी चलाउने हरुलाई खासै असर पर्दैन भने सम्भाव्य सडक दुर्घटनाको जोखिम पनि कम गर्ने देखिन्छ । तर स्पोर्ट्स मोटरसाइकल तथा अन्य धेरै सीसीमा मोटरसाइकल भएकाहरुलाई भने यो नियमले खिन्न बनाउने निश्चित छ । केही समय अघिदेखि प्रहरीले चक्रपथलगायत बढी गतिमा सवारी… पुरा पढौ

३ सय किमि रेन्ज दिने चिनियाँ मिनी एसयूभी ‘बाओजुन येप’ आउँदै

काठमाडौं, ११ फागुन । फुल चार्जमा ३ सय किमी रेन्ज दिने दावी गरिएको चिनियाँ मिनी ईभी बाओजुन येप इलेक्ट्रिक एसयूभीका तस्बिरहरू बाहिरिएका छन् । चिनियाँ मिडिया मार्फत सार्वजनिक भएका यी तस्विरहरु निकै आकर्षक देखिएका छन् । बाहिरिएको तस्बिरहरूमा यो ईभीलाई बाओजुनको रुपमा ब्याच गारिएको छ । मिनी ईभी भएकाले यसको साइज सानो भए पनि यसमा २ वटा ढोका राखिएको छ । यसबाहेक यसमा भएको अफ रोड बम्पर, बुल्जेड ह्विल आर्च, रुफ रेल, क्ल्याडीङ लगायतका थप फिचरहरु देख्न सकिन्छ । अल्ट्रा… पुरा पढौ

अबदेखि मोटरसाइकलमा मोबाइल स्ट्याण्ड राख्न पाइने

काठमाडौं, १० फागुन । अबदेखि मोटरसाइकलमा मोबाइल होल्डर/स्ट्याण्ड राख्न पाइने भएको छ । केही समयअघि मोटरसाइकलमा यस्ता सामान राखिँदा दुर्घटना निम्तिन सक्ने भन्दै सरकारले तत्काललाई मोटरसाइकलमा मोबाइल होल्डर/स्ट्याण्ड राख्न नपाउने नियम लगाएको थियो । यसबाट विशेषगरी राइड सेयरिङ सेवा प्रदान गर्ने र भिडियो लग अर्थात् भ्लग बनाउने हरुलाई समस्या परेको थियो । तर अब भने सरकारले उक्त नियम हटाएसँगै राइडरले आफ्नो मोटरसाइकलमा मोबाइल स्ट्याण्ड राख्न पाउने भएका हुन् । उक्त नियमले सबैभन्दा बढी प्रभाव पारेको राइड सेयरिङ सेवा दिने चालकहरूले… पुरा पढौ

युएई र कतार जान मोटरसाइकल र ट्याक्सी चालकलाई रोक

काठमाडौं, १० फागुन । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी… पुरा पढौ

ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ३१४ चालक कारबाहीमा

काठमाडौं, ९ फागुन । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय ९४ चालकलाई पक्राउ गरी कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा सिसिटिभीको सहायताले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय १४ चालकलाई पक्राउ गरी कारबाही गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सिसिटिभी कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा तीन हजार दुई सय ९२ र ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका एक हजार २२ गरी चार हजार तीन सय… पुरा पढौ

यामाहाले सार्वजनिक गर्यो एफजेडएस-भी४.०, नेपालमा कहिले आउला?

काठमाडौं, ८ फागुन । यामाहाले एफजेड एस सिरिजको नयाँ संस्करण भी४.० सार्वजनिक गरेको छ । एफजेड सिरिज यामाहाको सर्वाधिक सफल सिरिज हो । यसै सिरिजको ‘एफजेडएस-एफआई भर्सन फोर प्वइन्ट जिरो’ हालै भारतमा सार्वजनिक गरिएको हो । कम्पनीले यसमा बीएस ६ सेकेन्ड फेजमा आधारित इन्जिन उपलब्ध गराएको छ । नयाँ भर्सनमा इन्जिनबाहेक थुप्रै फिचरहरु अपग्रेड गरिएको कम्पनीले जनाएको छ । यो संस्करणमा नयाँ डिजाइनको एलइडी हेडल्याम्प, भर्टिकल एलइडी डिआरएल, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर थप भएर आएको छ । यसमा सिटको रंग… पुरा पढौ

सुपर सोकोका इलेक्ट्रिक मोटरसाइकल र स्कुटरमा २० हजार छुट

काठमाडौं, ७ फागुन । सुपर सोकोका मोटरसाइकल र स्कुटर किन्दा २० हजार छुट पाइने भएको छ । सुपर सोको ब्राण्डको आधिकारिक बिक्रेता डिलाइफ स्टाइलले यस प्रकारको भ्यालेन्टाइन अफर ल्याएको हो । कम्पनीले फेब्रुअरी महिनाभरी लागू हुनेयो योजनामा ग्राहकले २० हजार नगद छुटमा सुपर शोकोका स्कुटर तथा मोटरसाइकल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नगदमा मोटरसाइकल खरिद गर्ने ग्राहकले २० हजार फ्ल्याट छुट पाउने भएका हुन् । सुपर सोकोले बजारमा बिक्री गर्दै आएको स्कुटर र मोटरसाइकलमा ६०० वाटदेखि… पुरा पढौ