अटाे 🚙

नवलपुरमा तीन ठाउँमा सवारीसाधन स्क्यानर राखिदै

नवलपुर (नवलपरासी पूर्व), २१ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गरिने भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नारायणगढ–बुटवल सडकखण्डमा हुने दुर्घटना न्यूनीकरण गराउन तथा जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्ने उद्देश्यले जिल्लाका तीन ठाउँमा गाडी स्क्यान मेसिन जडान गर्ने सहमति भएको जानकारी दिए। गण्डकी प्रदेशकै भारतसँग सीमानाका जोडिएको… पुरा पढौ

हुन्डाईको ‘फेष्टिभ डिलाइट २०८०’ याेजना

काठमाडौं, २१ भदौ । हुन्डाईको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहार लक्षित फेष्टिभ डिलाईट २०८० योजना शुरू गरेकाे छ । हुन्डार्ड फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।२१ भाद्र देखि शुरु… पुरा पढौ

देशका विभिन्न स्थानमा द्रुत गतिका ५१ ‘चार्जिङ स्टेसन’

काठमाडौं, २० भदौ । नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौँको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको द्रुत गतिको चार्जिङ स्टेसनका शुभारम्भ गरे। प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा ५१ वटा विद्युतीय… पुरा पढौ

ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्सबीच सवारी कर्जा प्रवाहसम्बन्धी सहमति पत्रमा हस्ताक्षर

काठमाडौं, २० भदाै । ग्लोबल आइएमई बैंक लिमिटेड र भि जि इम्पेक्स प्रा.लि. बीच सवारी कर्जा प्रवाह गर्ने बारेमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ । दुबैबीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा उपलव्ध गराउने बारेमा हस्ताक्षर गरिएकाे हाे । बैंकले, भि जि इम्पेक्स प्रा.लि. र उसका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप र ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्नु परेमा तीन दिनमा सेवा पाउनेछन् । यसका लागि सवारीधनि नेपालीले… पुरा पढौ

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय गाडी

नारायणगढ (चितवन), १८ भदौ । चितवनबाट लामो दूरीमाचितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन् । नारायणगढ–हेटौँडा–वीरगञ्ज र नारायणगढ–काठमाडौँका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिए। उनका अनुसार महानगर यातायात प्रालिले छ सवारी नारायणगढ–काठमाडौँका लागि सञ्चालनमा ल्याएको छ भने त्रिनेत्र र चौतारी… पुरा पढौ

११ वर्षपछि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो

म्याग्दी, १८ भदौ । म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन हुन थालेको छ । अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि (बि) (सि) (इ) (एफ) र (जि) वर्ग (चार पाङ्ग्रे) सवारी चालक अनुमतिपत्रका लागि आवेदन खुला गरिएको जानकारी दिनुभयो । बागलुङमा हाल (ए) र (के) वर्ग… पुरा पढौ

नेपाल इभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी मेला सुरु

काठमाडौं, १५ भदौ । विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि ‘नेपाल इभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्दै मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको जानकारी दिए। उनले सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको बताए। ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ… पुरा पढौ

नेपाल कन्जुमर इलेक्ट्रोनिक्स तथा ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

काठमाडौं, १४ भदौ । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि हुने भएको छ । मिडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपाल को सयुक्त आयोजनामा सो प्रदर्शनी हुन लागेको हो । यही भदौ १५ देखि १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक… पुरा पढौ

यान्त्रिक गडबडीका कारण टोयोटाले रोक्यो काम

टोकियो, १२ भदौ । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन आज बिहानैदेखि स्थगन गरिएको जनाइएको छ । टोयोटा मोटरका प्रवक्ताका अनुसार कारखानामा उपभोक्ताले आज बिहानैदेखि सवारी साधनका पार्टपुर्जा अर्डर गर्न नपाएका तथा कम्प्युटर प्रणाली कहिले पुनः सञ्चालन हुन्छभन्ने स्पष्ट भएको छैन । फुकुओका प्रिफेक्चरको मियाता प्लान्ट र दाइहात्सु मोटर कम्पनीको क्योटो प्लान्ट बाहेक २५ कारखाना प्रभावित भएका छन् । गत… पुरा पढौ

भदौ २६ देखि हुने ‘नाडा अटो शो’ मा १ सय २० वटा स्टल रहने

काठमाडौं, ११ भदाै। नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालकाे 'नाडा अटो शो २०२३' यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडाैंमा हुने भएको छ। नाडाले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त शोको अधिकारिक रुपमा घोषणा गरेको हो। भृकुटीमण्डपकाे प्रदर्शनी स्थलमा हुने उक्त अटाे शाेको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल रहेकाे छ। सह-प्रायोजकमा शिखर इन्स्योरेन्स कंपनी रहेकाे बताइएकाे छ। नाडाका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल रहने छन्। उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय… पुरा पढौ