अटाे 🚙

महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान

विराटनगर, ४ वैशाख । विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा ‘सिसी क्यामेरा’ जडान गरेको छ । पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको महानगरले जनाएको छ । व्यापारीले पार्किङस्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै आएका थिए । पार्किङस्थललाई व्यवस्थित बनाउन व्यापारीहरूकै आग्रहमा केही दिनका लागि सडकको नो पार्किङको निर्णयलाई महानगरले स्थगन गरेको थियो । अब व्यवस्थित र सुरक्षित भइसकेकाले पूर्ववत् अवस्थामै सडकलाई पार्किङ निषेध गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । सिसी क्यामेराको कन्ट्रोल रुम… पुरा पढौ

अटोमोवाइल क्षेत्रका समस्या समाधान गर्न पहल गर्छु : मन्त्री महत

काठमाडौं, २७ चैत । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका बारेमा अर्थ मन्त्री डा प्रकाशशरण महतसंग छलफल गरेको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थ मन्त्री महतसंग भेट गरी अटोमोवाइल क्षेत्रका समस्याहरुका बारेमा छलफल गरेको हो । सो क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेकोमा गुनासो गरे । उनले सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गरे । उनले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई… पुरा पढौ

टेस्लाले साङ्घाईमा ऊर्जा भण्डारण मेगा कारखाना निर्माण गर्ने

साङ्घाई, २७ चैत । अमेरिकी कार निर्माता कम्पनी (टेस्ला इन्कर्पोरेसन) ले आइतबार साङ्घाईमा नयाँ मेगा फ्याक्ट्री निर्माण गर्ने घोषणा गरेको छ। फ्याक्ट्री कम्पनीको ऊर्जा भण्डारण उत्पादन मेगाप्याकको निर्माण गर्न समर्पित हुनेछ। टेस्लाका अधिकारीले साङ्घाईमा आयोजित परियोजनाको हस्ताक्षर समारोहमा भने, ‘नयाँ प्लान्टले वर्षको तेस्रो त्रैमासिकमा जमीनको जोहो गर्ने र २०२४ को दोस्रो त्रैमासिकमा उत्पादन सुरु गर्नेछ।’ नयाँ कारखानाले सुरुमा प्रत्येक वर्ष १० हजार मेगाप्याक युनिट उत्पादन गर्नेछ, जुन प्रतिघण्टा लगभग ४० गिगावाट ऊर्जा भण्डारण बराबर हुनेछ । कम्पनीका उत्पादनहरू विश्वव्यापी रूपमा… पुरा पढौ

सार्वजनिक हुनुअघि जिपको पहिलो सेभेन सिटर मेरिडियनको बुकिङ खुल्ला

काठमाडौं २३, चैत । अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयूभी जिप मेरिडियनको बुकिङ खुल्ला गरेको छ । नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्लू लाइफले जिप मेरिडियनलाई नेपाली बजारमा सार्वजनिक गर्नुअघि विशेष मूल्यमा बुकिङ खुल्ला गरेको हो । नेपालमा जिप मेरिडियनको लन्चअघिको विशेष मूल्य १ करोड ८० लाख ९० हजार रुपैयाँ कायम गरिएको छ । यसैबीच, एमएडब्लू लाइफले आफ्नो काठमाडौं नक्सालस्थित शोरुमबाट जिप मेरिडियनको ‘डिस्प्ले’ तथा ‘टेस्ट ड्राइभ’ पनि सुरु गरिसकेको छ । भारतमा केही समयअघि सार्वजनिक गर्नुअघि १… पुरा पढौ

ट्राफिक जामका कारण उपत्यकामा वार्षिक रु १ खर्ब बढी क्षति

काठमाडौं २३ चैत । काठमाडौं उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले आर्थिक क्षेत्रमा रु एक खर्ब १६ अर्ब बराबरको क्षति हुने गरेको काठमाडौँ महानगरपालिकाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। उनले भने, “यो ठूलो क्षति हो, यसलाई न्यूनीकरण गर्नका लागि कामपाले ट्राफिक जाम कम गर्ने… पुरा पढौ

नयाँ बर्षको अवसरका टिभिएसले ल्याएको अफर

काठमाडौं, २२ चैत । नयाँ वर्ष २०८० को अवसरमा टीभीएसले विभिन्न अफर ल्याएको छ । टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा ८ हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५ हजार मूल्य बराबरको हेल्मेट सित्तैमा दिनेछ । त्यसका साथै ० प्रतिशत ब्याजदरको फाइन्यान्स सुबिधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि दिइने कम्पनीले जनाएको छ । यो अफर देशैभर १९ चैत्र २०७९ बाट सुरु भएर सिमित अवधिको लागि… पुरा पढौ

रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा

काठमाडौं, १८ चैत । कोभिड-१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ । नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्केका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाकाहुँदै रसुवा फर्केकाे थियो । कोरोना सङ्क्रमणपश्चात बन्द चीनसित जोडिएका अन्य सिमानाका क्रमशः सञ्चालनमा आउने सचिव मरासिनीले… पुरा पढौ

महिन्द्राको विद्युतीय गाडी ‘एक्सयूभी ४००’ को डेलिभरी सुरू

काठमाडौं, १४ चैत । महिन्द्राको विद्युतीय गाडी ‘एक्सयूभी ४००’ को डेलिभरी सुरू भएको छ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले पहिलो इलेक्ट्रिक स्पोर्टस युटिलिटी भेहिकल ‘एक्सयूभी ४००’ को डेलिभरी भारतीय मराठीहरूको विशेष पर्व गुढी पाडवाको अवसरमा देशभर सुरू गरेको हो । कम्पनीकाअनुसार अहिले टप स्पेस ईएल भेरियन्ट मात्र डेलिभर गरिने जनाएको छ । तर यसको बेस स्पेक ईसी भेरियन्टको डेलिभरी भने यस वर्षको अन्त्यसम्ममा सुरू हुने कम्पनीले जानकारी दिएको छ । ‘एक्सयूभी ४००’मा दुई वटा ब्याट्री प्याकको अप्सन दिइएको छ ।… पुरा पढौ

हुन्डाईले ल्यायो ‘नयाँ वर्ष २०८० अफर’

काठमाडौं, १३ चैत । हुन्डाई नेपालले नेपाली नयाँ वर्ष २०८० लाई लक्षित हुन्डाईसँग नयाँ वर्ष अफर योजना सार्वजनिक गरेको छ । हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबारदेखि लागु हुने गरि उक्त नयाँ वर्ष अफर योजना सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको उक्त अफर योजनामा हुन्डाईको नयाँ गाडी खरिद गर्ने ग्राहकहरुले ५ लाखसम्म नगद छुट पाउने छन् । यसैगरी, ८० हजार रुपैयाँ नयाँ वर्षको बोनसस्वरुप प्राप्त हुने कम्पनीले उक्त अफर योजनामा जनाएको छ । साथै, अर्को ८० हजार रुपैयाँ एक्सचेन्ज… पुरा पढौ

७ महिनामा भित्रिए २ हजार विद्युतीय गाडी

काठमाडौं, ८ । चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा २ हजार भन्दा धेरै विद्युतीय सवारीसाधन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार उक्त अबधिमा कार, जिप र भ्यान आयात भएको हो । यी गाडी आयात गर्दा ५६ अर्ब २९ करोड ९८ लाख ३ हजार रुपैयाँ बाहिरिएको छ भने १ अर्ब ५८ करोड ३६ लाख ३२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ हजार १ सय ९१ वटा मात्र विद्युतीय सवारी साधन आयात भएको थियो… पुरा पढौ