अटाे 🚙

मेकानिक्स व्यवसाय प्रवर्धनका लागी पाेखरामा वर्कसप छलफल सुरु

पाेखरा, २२ असार । गण्डकी अटो मेकानिक्स वर्कस् एशोसियसनले सदस्य वर्कसप संचालक र मेकानिक्स मजदुरका लागी वर्कसप छलफल सुरु गरेको छ । २०४९ साल देखि पोखरामा सुरु गरीएको एशोसिएसनले मेकानिक्सको क्षमता र दक्षता अभिवृद्धिसहित विविध रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । पोखरामा संचालित ठूला र साना ४ पाङ्गग्रे साधनको मर्मतमा कार्यरत मजदुरलाई कामकाे जिम्मेवारी महसुस सङ्गै, सवारी साधनको वास्तविक पहिचान, मर्मतका लागी जिम्मेवारी बनाउन कार्यक्रम गरीएको पूर्व अध्यक्ष एंव नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर… पुरा पढौ

इन्टरसिटी एडभेन्चर ट्राभल्सकाे पर्यटक लक्षित छोरेपाटन-काठमाडौं लग्जरी बस सेवा सुरु

पाेखरा, १६ असार। इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रा.लि.ले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले आज रिबन काटेर बसको उद्घाटन गर्दै यात्रुको आवश्यकता र चाहनाअनुसार गुणस्तरीय, आरामदायी र प्रविधिमैत्री सेवा प्रदान गर्न समितिसहित व्यवसायीहरू नयाँ लगानी र पहलमा सक्रिय रहेको बताए। उनले समय र प्रविधिको मागअनुसार सेवाहरू परिमार्जन गर्न नसके व्यवसायमै पछि पर्ने अवस्था आउन सक्ने समेत बताए । निकट भविष्यमा मिनिबार सुविधा र थप प्रविधियुक्त गाडीहरू सञ्चालन… पुरा पढौ

नयाँबसपार्क बाहिरबाटै चल्छन् धादिङ, नुवाकोट र रसुवाका बस

काठमाडौं, १० असार । नुवाकोट, रसुवा र धादिङ चल्ने सार्वजनिक सवारी साधन नयाँबसपार्क बाहिरबाटै चल्ने गरेका छन् । काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा नेपालको राष्ट्रिय बसपार्क सञ्चालन भए पनि नुवाकोट, रसुवा तथा धादिङ चल्ने सवारी साधन भने नयाँबसपार्क नजिकै रहेको माछापोखरी र बालाजुको सडकबाट चल्ने गरेका छन् । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि महानगरपालिकाले विसं २०५६ मा नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय बस अहिले पनि बसपार्क बाहिरका सडक छेउबाट सञ्चालन हुँदै… पुरा पढौ

एघार महिनामा १५ अर्बका साढे ५९ हजार सवारी भित्रिए

वीरगञ्ज (पर्सा), ९ असार । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ५९ हजार ४७४सवारीसाधन आयात भएका हुन् । सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १५ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । चालु आवको ११ महिनामा पाँच अर्ब ७८ करोड मूल्यका ४४ हजार ४४० अनएसेम्वल्ड मोटरसाइकल आयातबाट रु… पुरा पढौ

११ महिनामा २ हजार ३८५ विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा),७ असार । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा विद्युतीय सवारीसाधनको आयात बढेको बताए। “यो नाका हुँदै विद्युतीयभन्दा पनि इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने गर्छ,” उनले भने, “विद्युतीय… पुरा पढौ

पोखरामा ट्रायम्फ मोटरसाइकल शोरुमको उद्घाटन

पोखरा, ३१ जेठ । ट्रायम्फ ब्राण्डको मोटरसाइकल शोरुमको पोखारा शोरुमको उद्घाटन गरिएको छ । ट्रायम्फले शनिवार पोखराको नयाँबजारमा शोरुमको औपचारिक उद्घाटन गरेको हो । शोरुममो आधिकारीक डिलरको रुपमा इच्छाशक्ति अटोमोवाइल्स रहेको छ । २ मोडलमा उपलब्ध मोटरसाइकलको हाल बजार मुल्य ट्रायम्फ स्पीड ४०० को ६ लाख ४९ हजार ९ सय र स्क्रयाम्बलर ४०० एक्सको मुल्य ६ लाख ९९ हजार ९ सय रहेको छ। शोरुमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री… पुरा पढौ

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

रसुवा, २८ जेठ । दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् । रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७० सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ । चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि… पुरा पढौ

दुई करोड बढी मूल्यका गहनासहित चारजना पक्राउ

काठमाडौं, २८ जेठ । नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन, हीरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेमा भारतका ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षका सुरोजित दास, ४० वर्षका तमोल साद्रा र १६ वर्षका सामुहिम सेख रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। काठमाडौँ महानगरपालिका–२२ प्यूखा कृष्णचोकस्थितमा भारत कोलकाताका ४३ वर्षीय हाविबोर सेखले मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी बिल भरपाई नभएका सुन, चाँदी तथा… पुरा पढौ

‘चीन अटो चोङछिङ सम्मेलन २०२५’ मा नेपालको सहभागिता फलदायी-नाडा अध्यक्ष चौधरी

काठमाडौं २७ जेठ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा सक्रियताकासाथ नेपालको प्रतिनिधित्व गरेको छ। २०२५ को जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको थियो। नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरुबारे धारणा राखे । यसै क्रममा नाडाका अध्यक्ष चौधरीले दुई उच्चस्तरीय बन्द सत्रहरूमा… पुरा पढौ

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति, आज पुनः बैठक बस्ने

काठमाडौं, २० जेठ । सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात व्यवसायीबीचको वार्ता छबुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो । गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए । सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा… पुरा पढौ