अटाे 🚙

‘नाडा अटो शो’ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने- ‘सबैको ध्येय विकास र समृद्धि हो’

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ ‘नाडा अटो शो’ को आज उद्घाटन गरेका छन् । त्यस अवसरमा उनले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै देशले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले हरतरहले साथ दिने बताए। “हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौँ । लगानी र काममा कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै… पुरा पढौ

आजदेखि ‘नाडा अटो शो’ सुरु हुँदै, आकर्षणमा उड्ने सवारी

काठमाडौं, ३ भदाै । ‘गो फर मोर’ नाराका साथ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १७ औं संस्करणको नाडा अटो शो २०२५ आजदेखि देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । नाडा अटो शो २०२५ को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका नाडाले जनाएकाे छ । प्रदर्शनी नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको नाडाले जनाएको छ । नाडाले स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने तरखर गरिरहेकाे छ । साेहि क्रममा नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न… पुरा पढौ

जनकपुरमा रेलले कारलाई ठक्कर दियाे, तीनजना घाइते

महेन्द्रनगर (धनुषा), २५ साउन। जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१-०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए। स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीनजना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा… पुरा पढौ

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ गाडी, ६ अर्ब ३१ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), १४ साउन। गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ । गत आवमा रु छ अर्ब ६० करोड मूल्यका ५० हजार २९१ वटा… पुरा पढौ

वीरगञ्जबाट २ हजार ३३७ विद्युतीय गाडी आयात, २ अर्ब ८० कराेड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ९ साउन। वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका हुँदै विद्युतीयभन्दा इन्धनबाट चल्ने सवारीसाधन बढी भित्रिएका छन् । गत आवमा रु १२ करोड छ लाख मूल्य पर्ने १६ थान विद्युतीय जिप, कार… पुरा पढौ

वीरगञ्जको घण्टाघरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त !

वीरगञ्ज (पर्सा), ९ साउन । औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्ज महानगर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै आइरहेको छ । अत्यधिक तीनपाङ्गे्र अटोरिक्सा र जभाभावी बाटो काट्ने पैदलयात्रीका कारणले यहाँको ट्राफिक व्यवस्थापनमा दिनानुदिन समस्या थपिँदै आइरहेको छ । वीरगञ्जको घण्टाघरचोकमा पैदलयात्रु जुनसुकै ठाउँबाट पनि बाटो काटिरहेको दृश्य सामान्य जस्तै लाग्छन् । पैदलयात्रीलाई सहज रूपमा वारपार गर्न राखिएका जेब्राक्रसको चिह्न मेटिएर देख्न पनि मुस्किल पर्ने गरेको छ । वीरगञ्ज मीनाबजारका सीताराम साह वीरगञ्जको घण्टाघरचोकमा पैदलयात्री बेपर्वाह ढङ्गले सडक वारपार गर्ने बताउछन्।… पुरा पढौ

नेपालका डा पोखरेल ‘टेस्ला’ समूहको प्रमुखमा नियुक्त

काठमाडौं, ६ साउन। विश्वव्यापी रुपमा व्यावसायिक सञ्जाल रहेको ‘टेस्ला’ समूहको प्रमुखमा सर्लाहीका डा शम्भु पोखरेल नियुक्त भएका छन्। पूर्व सञ्चारकर्मीसमेत रहेका डा पोखरेल ‘सिइओ क्लब ग्लोबल’मा आबद्ध भई व्यवस्थापन क्षेत्रमा क्रियाशील छन्। डा पोखरेलले ऊर्जा तथा प्रविधि क्षेत्रमा विश्वव्यापी रुपमा प्रतिष्ठित कम्पनी ‘टेस्ला’ कम्पनीको प्रमुखको जिम्मेवारी नेपाली नागरिकले प्राप्त गर्नु हामी सबैका लागि गौरवको विषय भएको बताए । उनका अनुसार प्राग (चेक गणराज्य) मा अवस्थित टेस्ला समूह युरोपको पुराना तथा प्रतिष्ठित प्रविधिमा आधारित कम्पनीमध्ये एक हो । त्यस कम्पनीले ऊर्जा,… पुरा पढौ

महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ

काठमाडौं, ३२ असार । महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज आयोजित कार्यक्रममा नयाँ बस सेवाको शुभारम्भ गर्दै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’ सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताए। “सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गर्नेछ, आवश्यक नीति तथा संरचनात्मक सहयोग प्रदान गर्नेछ । यातायात क्षेत्रमा प्रविधिको उपयोग गर्दै नागरिकको पहुँच सहज, सुरक्षित र भरपर्दो बनाउनु प्राथमिकता… पुरा पढौ

मौद्रिक नीति अटोमोवाइल व्यवसायीको अपेक्षाभन्दा धेरै टाढा छ-नाडा

पोखरा, २८ असार । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आर्थिक बर्ष २०८२÷८३ को मौद्रिक नीतिबारे गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मौद्रिक नीति हामी अटोमोवाइल व्यवसायीहरुको अपेक्षा गरेकोभन्दा धेरै टाढा रहेको हामीले महशुस गरेका छौ । अटोमोवाइल क्षेत्रले दिएको सुझावहरुलाई गम्भिरतापूर्वक नलिएको र कहि कतै सम्बोधन समेत नगरिएको नाडाले जनाएको छ । सुधार गरिनु पर्ने विद्यमान नीतिहरुलाई यथावतै राखिएको छ । सवारी साधनहरुको आयातको सन्दर्भमा कुनै सहजीकरणको व्यवस्था नगरिएको उल्लेख छ । लक्जरी, हेवि सेगमेण्ट र उच्च प्रविधिका सवारी साधनहरुको… पुरा पढौ

इन्डो नेपाल मनसुन कार र्यालीका साथ भारतीय पर्यटन व्यवसायी पोखरामा

पोखरा, २४ असार । भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार र्याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् । पर्यटनको बेसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ । बिभिन्न ब्राण्डका १५ एस युभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाका हुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताए। पोखरामा आयोजित कार्यक्रमको संयोजन… पुरा पढौ