अटाे 🚙

बीवाईडी हाई-टेक विक २०२५ फागुन १५ देखि हुने

काठमाडाैं, १४ फागुन । साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । साइमेक्स नेपालमा बीवाईडीको आधिकारिक विक्रेता हाे । कम्पनीले याे इभेन्ट एउटा क्रान्तिकारी इभेन्ट भएकाे जनाएकाे छ । यस अनुसार याे इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्नेबारेमा क्रान्तिकारी परिवर्तन ल्याउने खालकाे भएकाे जनाइएकाे छ । बीवाईडी हाई–टेक विक २०२५ द एभरेष्ट होटलमा फेब्रुअरी २७ देखि मार्च २ (फागुन १५ देखि १८) सम्म आयोजना हुने भएकाे छ । यसै अवसरमा इभेन्ट न्यु इनर्जी भेइकल्स… पुरा पढौ

निसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि

टोकियो, २ फागुन । बिहीबार बजार बन्द भएपछि कम्पनीहरूले संयुक्त रूपमा मर्जर वार्ता समाप्त गर्ने घोषणा गरेका छन् । विश्वको तेस्रो सबैभन्दा ठूलो अटोमेकर निसानले आफ्नो लागत संरचनालाई अनुकुलन गर्ने बताएको छ । बिहीबार निसानको शेयर ८.१७ प्रतिशतले बढेर ४४९ येन पुगेको थियो भने होन्डाको शेयर ४.४६ प्रतिशतले बढेर एक हजार ४९८ येनमा पुगेको थियो । निसानले आफ्नो लागत संरचनालाई अनुकूलन गर्ने र आर्थिक वर्ष २०२६ मा कूल ४०० अर्ब येन (२.६ अर्ब अमेरिकी डलर) ले स्थिर र परिवर्तनशील लागत… पुरा पढौ

चौवन्न प्रतिशत सवारीसाधन मापदण्डविपरीत

काठमाडौं, २ फागुन । काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ । कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा चार सय ७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएको जनाएको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार कामपाले वातावरणीय सुधार… पुरा पढौ

रु १ करोड लगानीमा लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन

नवलपुर (नवलपरासी), २९ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । सानाठूला गरी एकसाथ पाँचवटा सवारी चार्ज गर्न मिल्नेगरी स्टेशन सञ्चालनमा ल्याइएको हो । नेपाल विद्युत् प्राधिकरणको सहयोगमा रु एक करोड लगानी गरी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको स्थानीय विष्णु अधिकारीले बताए । उनका अनुसार, राजमार्गसँगै जोडिएको मेरो पाँच कट्ठा जमिन थियो, आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने लागेर उक्त जमिनमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएँ । राजमार्ग विस्तारको काम चाँडो सम्पन्न भएमा चार्जिङ… पुरा पढौ

नाडाको सहयोगमा पोखरामा ‘वाडा अटो शो’ आयोजना हुने

काठमाडौं, २१ माघ । नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई काठमाडौंमा स्वागत तथा सम्मान गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा आयोजित उक्त भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाको तर्फबाट आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गरे । सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शो को संम्भाव्यता र त्यसको मोडालिटिका बारेमा विस्तृत रुपमा छलफल गरिएको थियो… पुरा पढौ

११औं अटो ट्रेड डायलग दिल्लीमा सम्पन्न, एसेम्बली प्लाण्ट मार्फत उद्योगतर्फ अग्रसर हुदैछाै‌:अध्यक्ष चौधरी

काठमाडौं, ९ माघ । भारतको राजधानी नयाँ दिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफयार्चस (यसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको नाडाले जनाएको छ । कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी समूहगत् छलफलमा पेनेलिष्टका रुपमा ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफनो धारणा राखे । उनले नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे संक्षिप्त जानकारी दिए । सोही क्रममा अध्यक्ष चौधरीले नेपालको सडक शुरक्षाका… पुरा पढौ

देवदह, रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै

लुम्बिनी (मर्चवार), ८ माघ । लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ । बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरूको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदह र रामग्रामबाट सञ्चालन गरिने कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले बताए। देवदह शीतलनगरबाट मणिग्राम, भैरहवा बेलहिया विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा बिजुली बस सञ्चालन गर्न लागिएको उनले जानकारी दिए। कोषाध्यक्ष भट्टराईका अनुसार साताको तीन दिन देवदह… पुरा पढौ

एनएडिए, एयसडिसि र एसिएमएबिच नयाँ दिल्लीमा त्रिपक्षिय संझौता सम्पन्न

काठमाडौं, ७ माघ । भारतकोराजधानी नयाँदिल्लीमा नाडा अटोमाेबाइल्स एशोसिएशन अफ नेपाल (NADA) अटाेमाेटिभ स्किल डेभलपमेण्ट काउन्सिल (ASDC र अटाेमाेटिभ कम्पाेनेन्ट म्यानुफयाक्चर्स एशोसिएशन (ACMA) बिच त्रिपक्षिय चार बुंँदे संझौता सम्पन्न भएको छ । साे संझौतामा एनएडिएकातर्फबाट अध्यक्ष करण चौधरी, एयसडिसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसिएमएको तर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन्। सो संझौतामा भएका कुराहरु १. यस सम्झौताले एएसडीसी, एनएडिए र एसीएमएबीच सहकार्यात्मक साझेदारीकोखाका तय गरेको छ । जसलेनेपालको अटोमोटिभ म्यानुफ्याक्चरिंग र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढावा… पुरा पढौ

परासीमा चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण

नवलपरासी, २४ पुस । यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेको छ । यहाँमा २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो । कार्यालयले यस अगाडि मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र दिँदै आएको थियो । सेवा थप भएसँगै चारपाङ्ग्रे सवारीसाधन (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, (ई–रिक्सा) र (ट्रयाक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिए । कार्यालयबाट ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण तथा… पुरा पढौ

पर्यटक बस राख्न अलग्लै बसपार्क आवश्यक-मन्त्री पाण्डे

काठमाडौं, २३ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताएका छन् । यहाँस्थित अस्थायी बसपार्कको निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकता छ भने। “नेपाल पर्यटकीय दृष्टिकोणले धनी देश हो, पर्यटकीय गन्तव्य सबै ठाउँमा पर्यटक बसपार्क आवश्यक छ, यसका निर्माणका लागि पहल गर्छु”, उनले भने। टुरिष्ट बस एशोसिएसन अफ नेपालले काठमाडौँको गौशालास्थित पशुपति क्षेत्र विकास कोषमा बसपार्क निर्माणका लागि गरेको पहलबारे आफू छलफल गरेर… पुरा पढौ