आर्थिक 📈

दुई अर्ब लगानीमा खुल्यो लग्जरी हेरिटेज होटल

काठमाडौं, १ जेठ। नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ । जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल स्वामित्वमा होटल सञ्चालनमा ल्याइएको हो । सञ्चालक सिम्खडाले नेपाली पर्यटनमा भविष्य देखेर नै आफ्नै देशमा लगानी गरेको बताए। “म जापानमा बस्दा महत्वपूर्ण कुरा सिक्ने मौका पाएँ, उनीहरूलाई आफ्नो कला र संस्कृतिलाई लामो समयदेखि जोगाइराखेका छन् । मलाई पनि आफ्नै देशमा आएर केही गर्नुपर्छ भन्ने सोचले होटल निर्माण… पुरा पढौ

नेप्से १३.९६ अंकले घट्याे, ८ अर्ब ७३ कराेडकाे काराबार

काठमाडौं, ३१ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव ९६ अङ्कले घटेर दुई हजार ६२० दशमलव २७ को विन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर एक लाख १२ हजार ५७७ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार ५०५ बराबरको कारोबार भएको हो । विकास बैंक समूह एक… पुरा पढौ

बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग

पाटन (ललितपुर), ३१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कानुनले सबैलाई अवसर दिँदै समान दृष्टिकोणले हेर्नुपर्ने बताएका छन् । प्रदेश सुशासन केन्द्र बागमती प्रदेशद्वारा आज ललितपुरमा आयोजित प्रदेशसभाका महिला सदस्यहरूका लागि सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले कार्यक्रमको उद्देश्य लैङ्गिक समानता र समावेशीकरणका साथै बजेट निर्माणमा लैङ्गिक समावेशीकरणलाई जोड दिएर अभिमुखीकरण गर्ने भएको बताए । उनले भने, “ प्रदेशसभामा महिलाहरूको उल्लेख्य सहभागिता छ, अबको समयमा समावेशीकरणमा ठूलो फड्को मार्नेछ भन्ने आशा छ, यस्ता अभिमुखीकरणबाट प्राप्त हुने ज्ञानले सबै वर्ग, समुदाय,… पुरा पढौ

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

पर्वत, ३१ वैशाख । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो । मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलोपटक छ रोपनीमा परीक्षणका लागि गरिएको आलुखेती सफल भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नियुक्त भएका श्रमिकलाई परिचालन गरेर आलुखेती हो । व्यावसायिक आलुखेतीका लागि बीउ र मल खरिद गर्न पालिकाले रु ९५ हजार लगानी गरेको छभने प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकले उक्त खेती गरेका हुन्… पुरा पढौ

भोजपुरमा उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम सुरु

भोजपुर, ३१ वैशाख । पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु भएको छ । कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा कार्यक्रम सुरु भएको हो । दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिकाभित्रका ४० जना उद्यमीलाई छनोट गरिएको छ । छनोटमा परेकालाई उद्यमशीलतासम्बन्धी तीनदिने प्रशिक्षण पनि प्रदान गरिएको छ । छनोटमा परेका १० जना व्यवसायीलाई नवप्रवर्द्धन गर्न रु एक–एक लाख सहयोग गरिने संयोजक विश्वकर्माले जानकारी दिए। गाउँपालिकाका व्यवसायीहरूमा उद्यमशीलताको विकासका लागि… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौ, ३१ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८… पुरा पढौ

यस्तो छ आज तरकारी र फलफूलको भाउ

काठमाडौँ, ३१ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ८५ रहेकाे छ । आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो… पुरा पढौ

यसकारण माण्डु हाइड्रोपावरकाे आम्दानी घट्याे

काठमाडौं, ३१ वैशाख । माण्डु हाइड्रोपावरकाे आम्दानी घटेकाे छ । कम्पनीको  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट २० करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत वर्षकाे सोही अवधिकोभन्दा ६४.८२ प्रतिशत कम हो। गएकाे वर्ष सोही अवधिमन कम्पनीले ५८ करोड २० लाख  आम्दानी गरेको थियो। कम्पनीको खुद नाफा पनि घटेको छ।  खुद नाफा ३२.१८ प्रतिशत घटेर १५ करोड २ लाख रुपैयाँ रहेकाे… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्ककाे गिरावट, साढे ९ अर्बकाे कारोबार

काठमाडाैं, ३० वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार चार सय ४५ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ बराबरको कारोबार भएको छ । विकास… पुरा पढौ

गुहेश्वरी फाइनान्सद्धारा सामुहिक भोजन वितरण कार्यक्रम सम्पन्न

काठमाडौं ३० बैशाख । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले २५६९ औं बुद्ध जयन्तीको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका १५ स्थीत स्वयम्भूनाथ स्तुपा परिसरमा श्रद्धालुहरुलाई सामुहिक भोजन वितरण कार्यक्रम सम्पन्न गरेको छ । नकर्मी समाजको सहकार्यमा फाइनान्सले सो कार्यक्रम गरेको हाे । कार्यक्रममा नकर्मी समाजका अध्यक्ष जितेन्द्र नकर्मी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.का अनुपालन अधिकृत सन्तोष कुमार चौरसिया,अभिषेक श्रेष्ठ, रजनी महर्जन, सबिना श्रेष्ठ लगायत संस्थाका अन्य कर्मचारीहरु तथा नकर्मी समाजका सदस्यहरुको उपस्थिति रहेको मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्गले बताइन… पुरा पढौ