आर्थिक 📈

नेपालको पूर्वाधार विकासमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं, १५ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल आकर्षक लगानी स्थल रहेको बताए। जलविद्युत्लाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयबारे अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत् आयोजनामा लगानीको थप अवसर प्राप्त भएको प्रस्ट पारे। बङ्गलादेशको… पुरा पढौ

लगातार नेप्से ओरालोको यात्रामा, ८१ करोडको कारोबार

काठमाडौं, १५ कात्तिक । लगातार सेयर बजार ओरालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने चौथो दिन पनि बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ विन्दुमा झरेको छ । नेप्सेमा ०.३१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८३ अंकले घटेर ३५९.९५ विन्दुमा रहेको छ । यसदिन १३ वटा उपसमूहहरुमध्ये एउटामा हरियो लागेको छ । बाँकी १२ उपसमूहहरुमा रातो लागेको छ । कुल २९६ वटा कम्पनीहरुको सेयर खरिदबिक्री… पुरा पढौ

कृषि उत्पादन वृद्धिमा कोरियाको सहयोग(विचार)

काठमाडौं, १५ कात्तिक । कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध आगामी वर्ष ५०औँ वर्षमा प्रवेश गर्दैछ । भौगोलिक रूपमा टाढा भए पनि नेपाल र कोरियाबीच धेरै ऐतिहासिक र सांस्कृतिक समानता रहेको छ । यसअवधिमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानदेखि विभिन्न आर्थिक सहयोग उपलब्ध भएको छ । विगत १५ वर्षदेखि कोरियाले नेपाललाई व्यावसायिक तालिम, स्वास्थ्य, कृषि र सूचना तथा सञ्चार प्रविधि केन्द्रित विकास सहायता प्राथमिकताका साथ उपलब्ध गराएको छ । बितेका ३० वर्षमा कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) ले एक सय ५७… पुरा पढौ

काठमाडौं महानगरले ३ महिनामा उठायो सवा १ अर्ब कर

काठमाडौं, १५ कात्तिक । काठमाडौं महानगरपालिकाले ३ महिनामा १ अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकाको लामो समयदेखिको बक्यौता रकम उठ्न थालेको छ । कामपाले ३२ वटै वडा कार्यलयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्नुको साथै करदाता सङ्ख्या बढेको बताइएको छ । त्यस्तै… पुरा पढौ

सुनको भाउमा १ हजारले गिरावट, चाँदीको पनि घट्यो,

काठमाडौं, १५ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको घटेको छ । सुनमा रुपैयाँ १ हजारले र चाँदीमा रुपैयाँ ३५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १४… पुरा पढौ

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच लगानीबारे भेटवार्ता

वाशिङटन डिसी, १५ कात्तिक । अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गरेका छन्। उक्त अवसरमा उनीहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरे । निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, १५ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनकाे कति ?

काठमाडौं, १५ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । भारतबाट इन्धनको मूल्य घटेर आएपछि यहाँ पनि मूल्य घटाइएको हो । निगमले खाना पकाउने ग्यास र पेट्रोलको मूल्य भारतबाट बढेर आए पनि यथावत रहेकाे जनाएकाे छ । पुरा पढौ

नेप्सेमा १६.३३ अंकको गिरावट, ५५ करोडको कारोबार

काठमाडौं, १४ कातिक । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार राताम्मै भएको छ । सेयर बजारको गिर्दो अवस्थाको कारण लगानीकर्ताहरुको मनोबल घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.३३ अंकले घटेर १८६२.३७ विन्दुमा झरेको छ । नेप्सेमा ०.८६ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स २.६५ अंकले घटेर ३६०.४७ विन्दुमा रहेको छ । सबै १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । यसदिन कुल २८६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको २१ लाख ९३ हजार… पुरा पढौ

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा १९ प्रतिशत लाभांश घोषणा

काठमाडौं, १३ कात्तिक । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बताइएकाे छ । बैंकको उक्त लाभांश आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृति पश्चात प्रदान गरिने बैंकले जनाएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले यसअघि गत आर्थिक वर्षमा करसहित कुल १६.५१ प्रतिशत मात्रै नगद लाभांश प्रदान गरेको थियो। पुरा पढौ