आर्थिक 📈

१८ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

काठमाडौं, २६ असाेज । राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने बताएकाे छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिनकाे लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएकाे हो । साे बील असोज ३० गते जारी हुने भएकाे छ । यसका लागि सोमबार असाेज २९ गते अपरान्ह ३ बजे बोलकबोल गरिने भएकाे छ । बैंकले ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको बिल नवीकरण गर्ने भएकाे छ । यो बिल माघ २ गते परिपक्व हुने… पुरा पढौ

अन्तिम दिन सुनको भाउ बढ्यो, चाँदीमा सामान्य गिरावट

काठमाडौं, २६ असोज । साताको सुनचाँदीको कारोबार हुने आज छैटौं अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउमा सामान्य गिरावट भएको छ । सुनमा रुपैयाँ ६ सयले बढेको छ भने चाँदीमा रुपैयाँ ५ ले गिावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको रुपैयाँ १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

फेडेरल रिईन्स्योरेन्स ब्रोकर्सको दोस्रो साधारण सभा सम्पन्न

काठमाडाैं, २६ असाेज । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र नेपालकै पहिलो पहिलो पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न भएको छ। उक्त साधारण सभामा संस्थापक समुहबाट रिक्त संचालक पदमा बिराटनगर–१२, मोरङ्ग निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेकाे छ । साथै सभाले सामान्य प्रस्तावतर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक प्रतिवेदन, २०७९- ०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेकाे छ । विशेष… पुरा पढौ

नबिल ब्यालेन्स्ड फन्ड-२ काे लाभांश कात्तिक १ देखि वितरण हुने

काठमाडौं, २६ असाेज । नबिल ब्यालेन्स्ड फन्ड–२ काे नगद लाभांश वितरणकाे तयारी गरिएकाे छ । साे फन्डले इकाइधनीलाई कात्तिक १ गतेदेखि नगद लाभांश वितरण गर्ने बताएकाे हाे । फन्डको योजना व्यवस्थापककाे रुपमा रहेकाे नबिल इन्भेष्टमेन्ट बैंकिङले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन अनुराेध गरेकाे छ। लाभांश पाउनका लागि इकाइकाधनीहरुले डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गराउनु पर्नेछ ।  यस्तै अहिलेसम्म डिम्याट खाता नखोलेकाहरुले खाता खोलेर इकाईकाे डिम्याट गर्नुपर्नेछ । यसरी खाता अद्यावधिक गरेपछि लाभांश… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, २६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग महत्वपूर्ण हुनेछः अध्यक्ष ढकाल

काठमाडौं, २५ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै पक्ष र क्षेत्र जिम्मेवारीका साथ सामुहिक प्रयासमार्फत् अघि बढ्नुपर्नेमा जोड दिएका छन् । महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’मा अध्यक्ष ढकालले भने, “अर्थतन्त्रका सबै सरोकारवाला पक्ष एकै ठाउँमा आएर सामुहिक रुपमा अहिलेको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर आउनका लागि पहल गरौँ । निजी क्षेत्रका तर्फबाट महासङ्घले यसको सुरुआत गरिसकेको छ ।” समयमै सही नीति लिन नसकेका कारण अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा… पुरा पढौ

भारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ : मन्त्री भुसाल

काठमाडौं, २५ असोज । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताएका छन् । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आज आयोजना गरेको ४३औँ विश्व खाद्य दिवसमा उनले भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै एक लाख हेक्टर जमिनमा चैते धान अभियान चलाउनुपर्ने बताए । “भारतले निर्यात गर्ने धानको अभाव पूर्ति गर्न एक लाख हेक्टर क्षेत्रफलमा चैते धान लगाऊँ । छ लाख मेट्रिक टन धान उत्पादन गरौँ”, मन्त्री भुसालले भने, “सिँचाइ,… पुरा पढौ

नेप्सेमा २०.१६ अंकको गिरावट, १ अर्ब ७० करोडको कारोबार

काठमाडौं, २५ असोज । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा नकारात्मक असर देखिएको छ । नेप्सेमा भईरहने बारम्बारको ओरालोको यात्राले लगानीकर्ताहरुको मनोबल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० विन्दुमा झरेको छ । नेप्सेमा १.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९५ अंकले घटेर ३५९.१३ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये एउटामा हरियो लागेको छ । बाँकी १२ वटामा रातो लागेको छ । यसदिन कुल २९२ वटा कम्पनीहरुको सेयर कारोबार भएको… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले प्रस्ताव गरेको उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताए । “अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र एक ठाउँमा हुने र केन्द्रीकृत अभिव्यक्ति आवश्यक छ । आर्थिक सुधारको नयाँ आयाम सुरु गर्नका लागि सुझाव र मार्गदर्शन आवश्यक पर्ने भएकाले त्यस्तो… पुरा पढौ

आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २५ असोज । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७… पुरा पढौ