आर्थिक 📈

आजदेखि राजविराज महोत्सव सुरू

राजविराज (सप्तरी), १५ कात्तिक । संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ । राज रङ्गशालामा हुने महोत्सवमा स्थानीय उत्पादन र कलासंस्कृति झल्किने वस्तुसहितका ४० वटा बिक्रीकक्ष रहने जनाइएको छ । राजविराज नगरपालिकासँगको सहकार्यमा हुने महोत्सव कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा रु ६४ लाख खर्च हुने अनुमान गरिएको छ । तिहारमा विभिन्न ठाउँबाट आफ्नो गाउँघर आएका युवा, विद्यार्थी र नगरवासी तथा जिल्लावासीको मनोरञ्जन र सप्तरीको पहिचानलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ… पुरा पढौ

अमेरिकी डलर र यूरोकाे भाउ बढ्यो, अन्यकाे कति ?

काठमाडौं, १५ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहिबारको अमेरिकी डलर समान रहेको छ । दुवै दिन अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरो भने थोरै वृद्धि भएको छ । बुधबार यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक… पुरा पढौ

निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ

काठमाडौं, १४ कात्तिक । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाईक सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरु न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा डा अर्यालले सफाइ पाउने फैसला गरेको हो । फैसलामा भनिएको छ, “प्रतिवादी डा अर्यालले सूचना तथा सञ्चार मन्त्रालयको सचिवको हैसियतमा गरेको निर्णय पूर्वअभ्यास र विनियमावली नबनेको भन्ने आधारमा गरेको देखिएको र सो निर्णय गर्दा मिलेमतो… पुरा पढौ

मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

गण्डकी, १४ कात्तिक । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले अब यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ । कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय… पुरा पढौ

गैंडाकोटबाट सयपत्री फूल जिल्ला बाहिर पठाइदै

नवलपुर (नवलपरासी), १४ कात्तिक । नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । नगरपालिकाले फूलको बीउमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि फूलको उत्पादन वृद्धि भएको हो । यसवर्ष स्थानीय फूलको माला प्रवर्द्धन गर्न नगरपालिकाले प्लास्टिकका मालाको आयात बन्द गरेपछि किसानले उत्पादन गरेका फूल बढी खपत भएको गैँडाकोट–१ की पुष्प व्यवसायी मीना केसीले बताइन्। विगतको वर्षको तुलनामा यसवर्ष फूलको उत्पादन बढी… पुरा पढौ

सुनमा ऐतिहासिक रेकर्ड, तोलाको १ लाख ७० हजार ७ सय पुग्यो

काठमाडौं, १४ कात्तिक । सुनचाँदीको भाउ बृद्धि हुने क्रम रोकिएको छैन । लगातार बढ्दै आएको सुनचाँदीको भाउले आज ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज व्यवसायको इतिहासमै सुनचाँदीको भाउको रेकर्ड उच्च भएको जनाएको छ । महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ २२ सयले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १५ ले भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ २२ सयले बढेर तोलाको १ लाख ७० हजार ७ सय कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको… पुरा पढौ

आज विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं, १४ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २५ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क… पुरा पढौ

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने

काठमाडौं, १४ कात्तिक । सरकारले मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई विशेष महत्व दिएको सन्दर्भमा निजी क्षेत्रले पनि त्यसलाई आत्मसात गर्दै सहकार्य गर्ने घोषणा गरेको छ । सरकारले नीतिगत, कानुनी र संरचनागत सुधार गरी निजी क्षेत्रलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्नेमा जोड दिइएको छ । निजी क्षेत्रको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २५औँ वार्षिकोत्सवलाई ऊर्जा क्षेत्रको सार्थक विकासका लागि विशेष भूमिकासहित वर्षभरी नै कार्यक्रम गर्ने घोषणा गरेको छ । इप्पानमा निजी क्षेत्रका पाँच सय बढी… पुरा पढौ

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता

काठमाडौं, १३ कार्तिक । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स सम्झौता भएको छ । यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन । युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसरी युएई तथा… पुरा पढौ

सहकारीका ६ हजार बढी बचतकर्ताकाे शतप्रतिशत रकम फिर्ता

काठमाडौं, १३ कात्तिक । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म छ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ । कात्तिक १२ गते सोमबारसम्म चार सय ३८ मागदावी कर्ताको आंशिक भुक्तानी भएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी हालसम्म रु एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार आठ सय ९९ समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीका ऋणीबाट उठाएर भुक्तानी गरिएको आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री… पुरा पढौ