आर्थिक 📈

नेप्सेमा ९.१९ अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौं, ११ कात्तिक । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा रहेको छ । नेप्सेमा ०.३४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.४५ अंकले घटेर ४६९.८० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ८ वटामा भने रातो लागेको छ । कुल ३२० कम्पनीहरुको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब… पुरा पढौ

सुनमा फेरि नयाँ रेकर्ड-तोलाको १ लाख ६७ हजार ४ सय

काठमाडौं, ११ कात्तिक । सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । अन्तराष्ट्रिय वित्त बजारमा परेको प्रभावको कारण यहाँ पनि सुनचाँदीको भाउमा असर गरेको हो । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ रूपैयाँ १४ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा यसदिन रुपैयाँ १४ सयले बढेर तोलाको १ लाख ६७ हजार ४ सय पुगेको जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६६ हजार… पुरा पढौ

वीरगञ्ज नाकाबाट घट्यो आयात-निर्यात

वीरगञ्ज (पर्सा), ११ कात्तिक । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए । प्रमुख… पुरा पढौ

अहिलेसम्मकै धेरै लाभांश वितरण गर्दै युनिलिभर, भाेलि एजिएम

काठमाडौं, ११ कात्तिक । युनिलिभर नेपालले अहिलेसम्मकै धेरै लाभांश वितरण गर्ने भएकाे छ । यसका लागि कम्पनीले सोमबार भाेलि कात्तिक १२ गते ३१ औं वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीका अनुसार साधारण सभा एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौंमा अपरान्ह साढे ४ बजे डाकिएकाे छ । सभाबाट १७ सय १४ प्रतिशत नगद लाभांश वितरणकाे प्रु्ताव अनुमाेदन गरिने भएकाे छ । युनिलिभर नेपालले वितरण गर्न फागेकाे याे नगद लाभांश अहिलेसम्मकै बढी हो ।    साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को प्रतिवेदन… पुरा पढौ

तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

बागमती, ११ कात्तिक । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक… पुरा पढौ

यस्तो छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ११ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा… पुरा पढौ

विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिमा उपयोग गर्न अध्यक्ष ढकालकाे आग्रह

काठमाडौं, ११ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको उन्नयनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाद्वारा वासिङ्टनमा आयोजित कार्यक्रममा उनले नेपालका प्राकृतिक साधन, स्रोत र सम्पदाको अधिकतम उपयोग गरेर ‘समेद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजी परिचालन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका प्रशस्त… पुरा पढौ

गोदावरी पुष्पमेला : तीन दिनमा झण्डै १ कराेडकाे कारोबार

गोदावरी (ललितपुर) ११ कात्तिक । ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु ९० लाखको कारोबार भएको छ । प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो । दोस्रो दिन नौ हजार आठ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो भने तेस्रो… पुरा पढौ

आजदेखि काठमाडौंमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन

काठमाडौं, ११ कात्तिक । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौं आइसकेका र सोका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको महासचिव गौरीराज जोशीले राससलाई जानकारी दिए। कार्यक्रमको पहिलो दिन… पुरा पढौ

केरूङ नाका सोमबारबाट सञ्चालनमा ल्याउने तयारी

रसुवा, १० कातिक । अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ । अविरल वर्षाले क्षति पु–याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले आज टेलिफोनमार्फत जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठुलो सहयोग मिलेको प्रजिअ पौडेलले… पुरा पढौ