विकास

निर्माण अलपत्र पार्ने १२ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं, १४ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हो । कार्यालयका अनुसार होमनाथ गौतम मुख्य सञ्चालक रहेको भारत–सप्तकोसी जेभी काठमाडौंलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन कार्यालय बुटवलले यो ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो ।… पुरा पढौ

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

जाजरकोट, १३ मङ्सिर । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना वापत जग्गा दिने भएपछि निर्माणको बाटो खुलेको हो । हाल निकुञ्ज अन्तर्गतको जग्गा विद्युत् प्राद्यिकरण प्रयोग गरे वापत अर्को जग्गा निकुञ्जलाई दिनका लागि प्रक्रिया सुरु भएपछि अवरोध हटेको कर्णाली प्रदेश विद्युत् प्राद्यिकरणका प्रमुख शम्भु कुसियात यादवले बताए। एक सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन कोहलपुरदेखि सुर्खेतसम्म एक सय… पुरा पढौ

चन्द्रागिरिमा १ अर्ब लागतको खानेपानी आयोजना स्वीकृत

काठमाडौं, ११ मंसिर । चन्द्रागिरि नगरपालिकामा ‘सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना’ कार्यान्वयनमा आउने भएको छ । चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरी–१२ र १४ वडाबाट सुरुआत हुने र ११, १३ र १५ मा पनि सञ्चालन हुने जनाइएको छ । साथै निकट भविष्यमा नगरका बाँकी सबै वडामा आयोजना सञ्चालन हुने बताइएको छ । एसियाली विकास बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्था विभागले चन्द्रागिरिका ती वडामा पहिलोपटक करिब रु… पुरा पढौ

अलैँचीबाट आत्मनिर्भर बन्दैछ माछापुच्छ्रे गाउँपालिका

पोखरा, ५ मंसिर । कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो । माछापुच्छ्रे–८ कोलेलीका कृषक नरेशराज लामिछानेले करिब ७० रोपनी जग्गामा व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका छन् । ज्योति अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहेका लामिछाने भन्छन्, “अन्य बालीभन्दा अलैँचीबाट राम्रो मुनाफा भएपछि यसतर्फ ध्यान जान थाल्यो ।” उनले सेपिलो बाँझो जग्गामा अलैँचीखेती हुनेहुँदा खेर गएको जग्गाको उपयोग भएको बताए । स्थानीय किसानले… पुरा पढौ

किवी खेतीबाट म्याग्दीका पुनले वार्षिक २ लाखभन्दा बढी कमाए

म्याग्दी, २ मंसिर । म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याए । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गरेका उनले अहिले यसबाट राम्रो आम्दानी गर्न थालेका छन् । पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक २ लाखभन्दा बढी आम्दानी भइरहेको छ । उनले ३५ वटा बोटबाट किवी खेती सुरु गरेका थिए । “वर्षमा १० पाथी कोदो फल्ने बारीमा लगाएको किवीबाट अहिले राम्रो आम्दानी भइरहेको छ”, उनले भने, “धेरै दुःख गर्न पनि नपर्ने… पुरा पढौ

विविध कार्यक्रम गरी आईएनएफ नेपालले मनायाे ७० औं वार्षिकोत्सव

पोखरा, २ मंसिर । आईएनएफ नेपालले विविध कार्यक्रम गरी आफ्नो ७० औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले 'नेपालमा आई एन एफ स्थापनाको सत्तरी वर्षसम्म आइपुग्दा नेपालका ग्रामीण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग प्रदान गर्ने र सामाजिक समावेशीतालाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । ' उनले पोखरालाई स्वास्थ्यको हिसाबले समृद्ध बनाउन आईएनएफ नेपालसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए । कार्यक्रमका सभापति एवम् आईएनएफ नेपालका अध्यक्ष रामचन्द्र… पुरा पढौ

ल्याण्डफिल्डकाे अध्ययन गरिएको हो, निर्णय भैसकेको  छैन : प्रमुख आचार्य

पोखरा, १ मंसिर । ल्याण्डफिल्ड साइड व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको पोखरा महानगरपालिकाले सामाजिक सञ्जालहरूमा गरिएको हल्ला जस्तो तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको महानगरका प्रमुख धनराज आचार्यले स्पष्ट पारेका छन् ।   ‘आगामी जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने कुरा हामी सबैलाई थाहा छ, त्यसका लागि पोखरा महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने ल्याण्डफिल्ड साइडको व्यवस्थापन हाम्रा लागि चुनौतीको विषय हो, प्रमुख आचार्यले भने, अहिलेसम्म हामीले विभिन्न सात स्थानको अध्ययन गरिसकेका छौँ । तर यही ठाउँ भन्ने कुराको निर्णय… पुरा पढौ

चुनावी नारामा मात्र सीमित बन्याे धनकुटा विमानस्थल

धनकुटा, २९ कात्तिक । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सेका छैनन्। तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उनले भने, “म करिब पाँच–सात वर्षको थिएँ । माथि डाँडामा हेलिकोप्टर आयो, मानिस ओर्लेर विमानस्थल बनाउन भनेर दूरबीनले हेरेँ । ”तत्कालीन समयदेखि साविक बेलहारा गाविस हाल धनकुटा नगरपालिका वडा नं ९ को बेलहारा डाँडामा विमानस्थल बन्ने कुरा आजसम्म पनि चर्चामा नै छ । सर्वेक्षण भएको ६० वर्ष पुग्न लाग्दा… पुरा पढौ

म्याग्दीमा बन्दैछ १३२ केभी प्रसारण लाइन र सबस्टेशन

म्याग्दी, २८ कात्तिक । म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको हो । सवस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवर्धक सक्रिय भएका छन् । विद्युत् प्राधिकरणको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले… पुरा पढौ

पृथ्वी राजमार्ग सडक विस्तार तीब्र, दायाँबायाँका ४६६ रुख काटिने

तनहुँ, २५ कात्तिक । पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब ४ सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका ४ हजार २ सय ५ रुख कटान गरिसकेको छ । आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए। “सबै रुख नकाटिन पनि सक्छन्”, उनले भने, “काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने… पुरा पढौ