विकास

दाङमा रु २२ करोड लगानीमा फोहरबाट ग्यास उत्पादन, वैशाखदेखि घरघरमा वितरण हुने

देउखुरी, ९ फागुन । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ । प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भने, “अहिले फोहर कम राखिएको छ । यसले गर्दा ग्यास उत्पादन कम भएको हो । केही समयपछि फोहर धेरै राखेर उत्पादनलाई वृद्धि गरिने छ । ”प्वान्टमा उपमहानगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ । उनका अनुसार उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घरघरसम्म पु¥याउने योजना… पुरा पढौ

सुरुङमार्ग आयोजना सम्पन्न भएसँगै नेपाल नयाँ युगमा प्रवेश गर्छ : नगरप्रमुख गिरी

काठमाडौं, ८ फागुन । स्थानीय तहले राष्ट्रिय योजनालाई कार्यान्वयन गर्न सहजीकरण गरिदिएमा कति महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिँदोरहेछ भन्ने पछिल्लो उदाहरण ‘नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजना’ भएको छ । चन्द्रागिरि नगरपालिकाले सडक पूर्वाधारका क्षेत्रमा बहुप्रतिष्ठित सो आयोजनालाई अगाडि बढाउन सुरुआती चरणदेखि निरन्तर स्थानीय तहमा आवश्यक सहयोग तथा समन्वय प्रदान गरेकै कारण सुरुङमार्ग निर्माणले अहिले द्रुतगति लिइरहेको छ । नगरपालिकाले काठमाडौंतर्फको आयोजना प्रभावितलाई मुआब्जा वितरण तथा अन्य गुनासा सम्बोधन गर्न सहजीकरण गरेको थियो । यो प्रक्रिया अहिले पनि जारी छ । नगरप्रमुख घनश्याम… पुरा पढौ

पाँचखालमा स्मार्ट–सिटी निर्माणार्थ सिङ्गापुरको कम्पनीसँग सम्झौता

काभ्रेपलाञ्चोक, ६ फागुन । पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी)बीच स्मार्ट सिटी निर्माणार्थ प्रयोजनका लागि यसै साता सम्झौता गरिएको हो । समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने… पुरा पढौ

मध्यपहाडी राजमार्गकाे ६० प्रतिशत भौतिक प्रगति, २०८१ मा सकिने

बलेवा, ५ फागुन । गलकोटमा पुरानो हरिचौर बजार छाडेर हटियामा बस्ती विस्तारको लहर चलेको छ । पञ्चायत कालको जिल्ला सदरमुकामसमेत रहेको हरिचौर बजार सडक विस्तारसँगै हटियामा स्थानान्तरण हुँदैछ । व्यवसाय गर्नका लागि सहज वातावरण हुने र अन्य सुविधासमेत हटियामा रहेकाले सर्वसाधारण हटियामा बस्न रुचाउँछन् । गलकोटकै मनेवामा माछाको व्यापार छ । कालोपत्र सडकमा हुइँकिँदै माछाको स्वाद लिनका लागि मात्रै भए पनि सदरमुकामबाट मनेवा पुग्नेहरू पनि छन् । बडिगाड गाउँपालिकामा पर्ने ग्वालीचौरको खार बजार विस्तार, रिसोर्ट र रेस्टुँराहरुको प्रतिस्पर्धा, निसीखोला गाउँपालिकामा… पुरा पढौ

३ दशकसम्म पनि मेलम्ची खानेपानी आयोजनाले पाएन पूर्णता

काठमाडौं, ५ फागुन । गतवर्षको चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने धाराको उद्घाटन गरिन् । उद्घाटनपछि ‘सपना बुन्ने एउटा, टुटी खोल्ने अर्को’ भन्दै राष्ट्रपतिको आलोचनासमेत भयो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गर्न नसकेको काम आफ्नो सरकारले गरेको भन्दै भाषण गरे । त्यो बेला उपत्यकामा आएको पानी परीक्षणका लागि मात्रै थियो । मध्यराति कहिलेकाहीँ उपभोक्ताको धारामा पानीसमेत आयो । राति २ बजे मेलम्चीको पानी आएपछि उपत्यकाबासीले खुसी साँटासाँट गरे । तर, त्यो… पुरा पढौ

रसुवागढी जलविद्युत् गृहमा उपकरण जडान कार्य तीव्र

रसुवा, ५ फागुन । उत्तरी रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य तीव्ररूपमा अगाडि बढाइएको छ । आयोजनाका अधिकांश संरचना निर्माण भई कोभिड सङ्क्रमणको असरले बाँकी रहेको विद्युत्गृहका उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ । भूमिगत संरचनाबाट निर्माण भइरहेको सो आयोजनाको विद्युत्गृहमा फ्रान्सिस नामक तीन टर्वाइन जडान हुने सिनियर इलेक्ट्रिकल इञ्जिनियर महेन्द्र यादवले जानकारी दिए। एक सय ११ मेगावाट क्षमताको विद्युत् आयोजनाका उपकरण जडान गर्न जिम्मा लिने भोइथ भारतीय कम्पनीमार्फत दैनिक ६० प्राविधिक जनशक्तिले तीव्ररूपमा जडान गरिरहेका छन्… पुरा पढौ

समथर र पहाडी क्षेत्र समेटिएकाे राप्ती नगरपालिकामा ९० प्रतिशत निर्णय कार्यान्वयन

चितवन, ५ फागुन । जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै १०० बैठक भएका छन् । ती बैठकमा ८४० निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन् । पाँच प्रतिशत कार्यान्वयनको चरणमा छन् भने पाँच प्रतिशत विविध कारणले कार्यान्वयन हुन सकेका छैनन् । महिला प्रमुख रहेको यस नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरवासीले अनुभूति हुने गरी विकासका काम भएको जनप्रतिनिधिको भनाइ छ । प्रमुख प्रभा बरालका अनुसार विसं २०७४ को जेठ ८ गते पहिलो यही… पुरा पढौ

२ अर्ब लगानीकाे अन्नपूर्ण केवलकार फागुन ६ देखि सञ्चालन हुने, दैनिक २ हजार यात्रुले ओहोर दोहोर गर्ने

पोखरा, ३ फागुन पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निमार्ण भएको अन्नपूर्ण केवलकार व्यवसायिक रुपमा फागुन ६ गते देखि संचालनमा आउने भएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केवलकारका निर्देशक एवं संचालक तिर्थराज त्रिपाठीले फागुन ६ गते केवलकारको सफ्ट ओपनिङ हुने बताए । केबलकार निमार्ण भएपछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङ्कोट डाडाँमा पुग्न सकिने छ । नेपालीहरुका लागि केवलकारमा जाने आउने शुल्कः ७ सय, सार्क राष्ट्रका पर्यटकलाई ८ सय र अन्य विदेशीहरुलाई भने ८ डलर… पुरा पढौ

कर्णालीमा पहिलोपटक ‘एनटी टिभी’ सेवा सुरु

कर्णाली, २ फागुन । कर्णालीमा टेलिकमको ‘एनटी टिभी’ सेवा सुरु नेपाल टेलिकमले कर्णाली प्रदेशमा पहिलोपटक ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको छ । एफटीटीएच सेवाबाट भ्वाइस र डाटा उपलब्ध गराउँदै आएको टेलिकम सुर्खेतले वीरेन्द्रनगरबाट ‘एनटी टिभी’ सेवा पनि सुरु गरेको हो । टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक अनन्तप्रकाश मल्लिकले एनटी टिभी सेवाको शुभारम्भ गर्दै एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्न सफलता मिलेको बताए। अप्टिकल फाइबर पु¥याएर ट्रिपल प्ले (भ्वाइस,… पुरा पढौ

रसुवाकाे दालगाउँ सडक सञ्जालसँग जोडियाे, माेटर पुगेपछि स्थानिय खुसि

रसुवा, २ फागुन । उत्तरी रसुवास्थित थुमन दालगाउँ सडक सञ्जालसँग जोडिएको छ । गाउँलाई सडक सञ्जालसँग जोड्न यहाँ निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले सहयोग गरेको थियो । आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडक मार्गको सुविधा पु¥याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माणमा गरिएको जनाइएको छ । भिरालो जमिन भएका कारण वातावरणीय पक्षलाई विशेष ध्यान दिँदै आयोजनाको आफ्नै उपकरणले सडकको ट्रयाक खुलाएको थियो । अहिले गाउँमा हल्का सवारी साधन पुगेपछि स्थानीय बासिन्दा अत्यन्तै हर्षित भएका छन् ।… पुरा पढौ