विकास

हुम्ला पनि जाेडियाे राष्ट्रिय सडक सञ्जालसँग

सिमकोट, २९ मङ्सिर । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लाको भूगोल अब सडक सञ्जालमा जोडिएको छ । हुम्लाको तल्लो क्षेत्रमा रहेका ताँजाकोट, अदानचुली र सर्केगाड गरी तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । कर्णाली करिडोर सडकको निर्माणको जिम्मा लिएको नेपाली सेनाले कालीकोट बाजुर हुँदै हुम्लाको सिमाना कवाडीबाट वालुकुनासम्मको करिब २७ किलोमिटर ट्र्याक खुलाएर गाडी चल्न शुरु गरेपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा समाहित भएको हो । नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त सडकखण्डको निर्माण कार्य… पुरा पढौ

औद्योगिक ग्रामको निर्माण थालनी

बागलुङ, २८ मङ्सिर । ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण शुरु भएको छ । औद्योगिक ग्रामको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरेका थिए । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप गाउँपालिकाको वडा नं १ अमरभूमि, भुस्कातमा औद्योगिक ग्राम बन्न लागेको हो । एक सय ३८ रोपनी क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्राममा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको लगानी छ । गत आवमा सङ्घ सरकारको उद्योग मन्त्रालयबाट विनियोजित रु ९२ लाख… पुरा पढौ

कृषि तथा पशुपक्षीको विकास र उत्पादनका लागि रु ६७ लाख बजेट

वाग्मती, २७ मङ्सिर । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पशुपक्षी तथा कृषि क्षेत्रको संरक्षण, विकास र उत्पादकत्व वृद्धिका लागि चालू आर्थिक वर्षमा रु ६७ लाख भन्दाबढी बजेट विनियोजन गरेको छ । साथै उपमहानगरपालिका क्षेत्रमा लामो समयदेखि रहेको बाँझो खेतीयोग्य जमीन उपयोगमा ल्याउनसमेत बजेट विनियोजन भएको सो जनाइएको छ । बाँझो जमीन उपभोग कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरिएको छ । हेटौँडाका साविक ११ वडा मात्र रहेका र पछि थपिएका वडामा बाँझो जमीन राखेर विदेश जाने खेत… पुरा पढौ

बालाचतुर्दशी पर्व, पशुपतिमा महादीपदान नहुने

काठमाडौं, २७ मङ्सिर । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौं भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । आज दीपदान… पुरा पढौ

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै

काठमाडौं, २६ मङ्सिर । मेलम्ची खानेपानी आयोजनाको सुरुङकाे द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ-छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चारजनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू पूर्वाधारको अध्ययन अघि बढाइएको हो । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकाेमा असार ३० मा दुर्घटना भएको थियो । त्यसपछि उक्त द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरिरहेको छ । सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गर्न थालेको… पुरा पढौ

तीन करोड ५० लाखको लगानीमा कस्तूरीको प्रजनन केन्द्र बन्दै

जाजरकोट, २६ मङ्सिर । व्यावसायिकरूपमा कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ । रु तीन करोड ५० लाखको लगानीमा राष्ट्रिय प्रकृति संरक्षण कोषले काम अगाडि बढाएको छ ।अघिल्लो आर्थिक वर्षदेखि शुरु गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको छ । कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । अहिले प्रजनन केन्द्रका लागि… पुरा पढौ

निर्माण व्यवसायीको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं, २५ मङ्सिर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उपकरणको सुरक्षा सवालमा प्रधानमन्त्री पनि चिन्तित रहेको जानकारी दिए । निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालयका तर्फबाट सरोकार भएका अन्य निकायसँग छलफल गर्ने मन्त्री श्रेष्ठले बताए । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री श्रेष्ठलाई निर्माण व्यवसाय क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र समाधानका उपायका बारेमा जानकारी गराएको… पुरा पढौ

चन्द्रागिरिमा ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ अभियान

काठमाडौं, २३ मङ्सिर । राससचन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरुआत गरेका छन् । चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान शुरु गरेका हुन् । अभियानलाई आगामी दिनमा कसरी सार्थक बनाउने र कार्यान्वयनमा लैजाने भन्ने ध्येयले आज पहिलो चरणको छलफल तथा भेला सम्पन्न भएको गुर्जुधारास्थित अन्तर्राष्ट्रिय भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिए । उनले नगरभित्र सुविधासम्पन्न अस्पताल निर्माण गर्ने अभियानलाई सहयोग गर्न… पुरा पढौ

राष्ट्रिय गौरवको आयोजना:कालीगण्डकी करिडोर कालोपत्रमा ढिलाइ

गलकोट, १९ मङ्सिर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रका लागि ढिलाइ भएको छ । बागलुङ खण्डअन्तर्गतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडकमध्ये सडक विभागलाई हस्तान्तरण गरेको १० किलोमिटर सडक अझै कालोपत्र हुनसकेको छैन । सडक विभागलाई हस्तान्तरण गरेको एक वर्ष पुग्नै लाग्दासमेत बोलपत्र प्रक्रियामा गएको छैन । कोरोनापछि कालीगण्डकी करिडोर गुल्मी खण्ड कालोपत्र गर्न थालिए पनि बागलुङ खण्डको काम सुस्त छ । स्तरोन्नति हुन बाँकी रहेको २८ किलोमिटर सडक स्तरोन्नतिमा समेत ढिलाइ भइरहेको छ । करिडोरअन्तर्गतको मालढुङ्गाबाट… पुरा पढौ

भौतिक पूर्वाधारमा गत वर्षभन्दा राम्रो प्रगति

काठमाडौँ, १९ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले मन्त्रालयमा तुलनात्मकरुपमा गत वर्षभन्दा राम्रो प्रगति देखिएको बताए । आर्थिक वर्ष २०७७÷७८ को पहिले चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उनले मातहतका निकायलाई अहिले नै सन्तोष हुन सकिने अवस्था नरहेको भन्दै अझै धेरै गर्न सकिने औँल्याए । मन्त्री नेम्वाङले विकास निर्माणमा देखिएका समस्या मिहिनरुपमा पहिचान गर्न सकिए समाधान त्यही भेटिने बताए। उनका अनुसार समस्याको सहीरुपमा उजागर हुन नसके समाधान गर्न सकिँदैन । उनले भौतिक पूर्वाधार मुलुकको… पुरा पढौ