विकास

विषादीरहित तरकारी खेतीका लागि सीप सिक्दै किसान

नुवाकोट, १६ कात्तिक । “हामीले तरकारी खेती त गर्दै आएका थियौँ तर किराले बाली भुसुक्कै पार्थाे । किरा थाम्ने उपाय बल्ल थाहा पाइयो”, प्राङ्गारिक खेती र खानायोग्य उत्पादनबारे दुईदिने तालिम लिएपछि बेलकोटगढी नगरपालिका–११ का जयनारायण मुडभरीले भने, “अब पहिलाभन्दा बढी उत्पादन गर्न सकिन्छ भन्ने आँट आएको छ ।” मुलुकका ६० भन्दा बढी जिल्लाका ४ सय बढी कृषि फार्ममा लामो समयदेखि तरकारी खेतीमा परामर्श दिँदै आएका भक्तपुरका शिव यन्द्योले स्थानीय किसानलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अनुभव बाँडेपछि किसान उत्साहित छन्… पुरा पढौ

जयनगर-कुर्ता सीमापार रेलमार्ग हस्तान्तरण

काठमाडौ, ५ कात्तिक । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ । आज राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गरे। अब आजैदेखि उक्त रेलमार्गको स्वामित्व नेपाल रेलवे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ । भारत सरकारको आर्थिक सहयोगअन्तर्गत ८ अर्ब ७७ करोडमा निर्माण भएको उक्त रेलमार्ग ६८.७२ किलोमिटर… पुरा पढौ

नदीजन्य पदार्थको चरम अभाव : रोकियो विकास निर्माण

महेन्द्रनगर, १ कात्तिक । हरेक वर्ष गतअसोज १ गतेदेखि कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेको भए पनि यस वर्ष स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको निर्माणलाई समेत प्रभावित गर्ने गरी भीमदत्त नगरपालिकाले नदीजन्य उत्खननका लागि ठेक्का आह्वान गरेको दाबी गर्दै पुल निर्माण कम्पनीले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा गत भदौ पहिलो साता अदालतले… पुरा पढौ

गाउँ गाउँमा प्रविधिको विस्तार गर्दै वालिङ नगरपालिका

वालिङ, ३० असोज । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही अन्तर्गत नागरिकहरुमाझ प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्य अनुसार कार्य भइरहेको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए। “विश्व समुदायले आधुनिक प्रविधिहरुको उच्चतम प्रयोगबाटै नयाँ नयाँ आविष्कारहरु गर्दै अगाडि बढिरहेका छन्”, प्रमुख खाँणले भन, “स्मार्ट सिटी निर्माणका लागि पनि नयाँ नयाँ प्रविधिहरुको प्रयोगबाटै सेवा प्रवाह हुनु आवश्यक… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाले बनायाे अत्याधुनिक प्रशासनिक भवन

पाेखरा,२८ असोज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ ।पाँच स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन निर्माण भइरहेको हो । कतै भवन निर्माणका लागि जमिन अभाव त कतै केन्द्रको विवाद टुङ्गो लाग्न नसक्दा स्थानीय तह गठन भएर जनप्रतिनिधि आएको पहिलो कार्यकालमा चार स्थानीय तहले प्रशासनिक भवन बनाउन सकेका छैनन् । माछापुच्छ्रेले गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन(साहुथर)मा १० रोपनी क्षेत्रफलको जमिनमा… पुरा पढौ

नारायणगढ-बुटवल सडकखण्डमा विद्युत्को पोल हटाईंदै

काठमाडौं, २७ असोज । नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ । अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ । काम नियमित हुँदा पनि एक वर्ष मात्रै अवधि बाँकी भएकाले ठेक्का अवधिभित्र सकिने देखिँदैन । अहिलेको कामको गति हेर्दा एक वर्ष अवधि थप्दा ८० देखि ९० प्रतिशतसम्म… पुरा पढौ

विकास साझेदारद्वारा पुनः निर्माण प्रगतिको प्रशंसा, सन्तोषजनक उपलब्धि हाँसिल

काठमाडौं, १२ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरूको समेत संलग्नतामा पुनःनिर्माण कार्यमा सन्तोषजनक उपलब्धि हाँसिल भएको निष्कर्ष निकालेको छ । समितिको १०औँ बैठकले पुनःनिर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाइ सम्प्रेषण गर्न मङ्सिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरिएको छ । बैठकले विकास साझेदारबाट पुनःनिर्माणका क्रममा भएको संलग्नताबाट प्राप्त उपलब्धिलाई ग्रहणसमेत गरेको छ । कार्यक्रममा विश्व बैंक, एसियाली विकास बैंक (एडिबी), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), जापान… पुरा पढौ

मुख्यमन्त्री र दक्षिण कोरिया राजदूतबीच भेट : स्मार्ट यातायात सञ्चालनमा चासो

पोखरा, ११, असाेज । दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबारको भेटको उक्त प्रतिबद्धता जनाएका हुन् । पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको भन्दै राजदूत पार्कले पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरेका हुन् । ‘ भेटका अवसरमा मुख्यमन्त्री पोखरेलले हजारौ नेपाली युवाहरुको उत्कृष्ट गन्तव्यको रुपमा दक्षिण कोरिया रहेको भन्दै युवाहरुले… पुरा पढौ

नारायणगढ–बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस

नवलपुर, ५ असोज  । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् । जिल्लाको गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा रहेको छ । यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र केही राम्रो बाटो भने मध्यविन्दु नगरपालिकाको जङ्गल क्षेत्रमा… पुरा पढौ

अध्यक्ष तिमिल्सिना र काउचोइसबीच भेट, ग्रामिण सडक सुधार आयोजना कार्यान्वयनमा जाेड

काठमाडौं, २९ भदौ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एसियाली बिकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइसबीच शिष्टाचार भेटघाट भएको छ । नेपालका लागि नवनियुक्त डाइरेक्टर काउचोइसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको लागि निर्देशक भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले नेपालमा एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा सञ्चालनमा रहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजनाकोे प्रभावकारीता र छिटो कार्यान्वयन गराउने सन्दर्भमा कुराकानी गरे । ग्रामिण सडक… पुरा पढौ