विकास

अघि बढ्यो काठमाडौं-रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन

काठमाडौं, २८ मङ्सिर । तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौं–रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढमहिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिबेदन अघि बढेको रेल विभागले जनाएको छ । सङ्घीय राजधानी काठमाडौँलाई भारतको रक्स्यौलसँग जोड्ने सो रेलमार्गका अध्ययनमा भारत सरकारको नै लगानी रहेको छ । अक्टोबर महिनामा सम्झौता भएपछि नै भारतीय पक्ष आएर अध्ययनमा लागेको विभगका महानिर्देशक दिपकुमार भट्टराइले बताए । १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उनले… पुरा पढौ

सञ्चालनमा आयो मोतीपुर १३२/३३/११ केभी क्षमताको सबस्टेशन

काठमाडौं, २७ मङ्सिर । रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र विस्तारले गति लिएको छ । प्राधिकरणले कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेशन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिएको छ । सबस्टेशनमा रहेका ३० र १६ एमभीएका पावर… पुरा पढौ

जोमसोम–कोरला सडकको ६ खण्ड निर्माण सकियो

म्याग्दी, २६ मङ्सिर । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको ६ वटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३, ७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । आयोजनाका प्रमुख जगत् प्रजापतिले चराङ–छोसेर २५ किलोमिटरबाहेक अन्य छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको बताए। “जोमसोम–कोरला खण्डको छवटा प्याकेजमा सडक स्तरोन्नति सकिएको… पुरा पढौ

नमोबुद्ध नगरका ५०२ योजना सम्पन्न, ६२ करोड ९४ लाख खर्च

काभ्रेपलाञ्चोक, २४ मङ्सिर । एक वर्षको अवधिमा नमोबुद्ध नगरपालिकाका ५०२ योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७७, ७८ मा तय गरिएका ५९९ योजना र कार्यक्रममध्ये ८३ दशमलव ८० योजना र कार्यक्रम सम्पन्न भएका हुन् । नगरले वार्षिक समीक्षा गर्दै गत आवमा भएगरेका कामको विवरण सार्वजनिक गरेको हो । गत आवमा रु ७४ करोड ३१ लाख २८ हजार विनियोजित बजेटमध्ये ८४ दशमलव ६९ प्रतिशत अर्थात् रु ६२ करोड ९४ लाख १४ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिए… पुरा पढौ

दिगो विकासका लागि सस्तो, भरपर्दो र स्वच्छ ऊर्जा

काठमाडौं, २१ मंसिर । सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) पूरा गर्ने प्रस्ताव अनुमोदन गरेका थिए । अनुमोदनकर्तामध्ये नेपाल पनि एक हो । एसडीजीका १७ प्रमुख लक्ष्यहरू हासिल गर्न आर्थिक, सामाजिक र वातावरणीय आयाम समेट्दै विश्वव्यापी १६९ परिमाणात्मक गन्तव्य र २३४ सूचकहरू तय गरिएको थियो । नेपालले विश्वव्यापी लक्ष्यको १४ बुँदाबाहेक १६ बुँदे प्रमुख लक्ष्य प्राप्त गर्न १५९ गन्तव्य र २४५ अतिरिक्त… पुरा पढौ

पाँच महिनामा ५.६६ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौं, २० मंसिर । मुलुक विकासको पहरेदारको रुपमा हेरिएको विकासे बजेट अर्थात् पुँजीगत खर्चको अवस्था कछुवा गतिमा देखिएको छ । बजेट विनियोजनमै चालू आवमा चार खर्बभन्दा बढी पुँजीगत खर्च गर्ने लक्ष्य लिएको सरकारले पाँच महिना बित्नै लाग्दा पनि ६ प्रतिशतको हाराहारीमा पनि खर्च गरेको छैन । चार खर्ब ३९ अर्ब ६५ करोड ९ हजार पुँजीगत खर्च गर्ने लक्ष्य लिएको सरकारले पाँच महिनाको अवधीमा २४ अर्ब ८९ करोड ४६ लाख मात्रै खर्च गरेको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ । तथ्यांकअनुसार एक दिनमा… पुरा पढौ

पृथ्वीराजमार्गका दायाँबायाँ संरचना निर्माण गर्न रोक

दमौली, १९ मङ्सिर । मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड)ले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दायाँबायाँ विभिन्न क्रियाकलाप र गतिविधि गर्न रोक लगाएको छ । मुग्लिङ–पोखरा राजमार्ग सुधार चरण एक योजनाअन्तर्गत आँबुखैरेनी जामुनेसम्मको सडकखण्डलाई चारदेखि ६ लेनसम्म विस्तार गर्न लागिएकाले उक्त खण्डमा विभिन्न क्रियाकलाप गर्न रोक लगाइएको हो । राजमार्गको क्षेत्राधिकारभित्र केन्द्रदेखि २५÷२५ मिटर दायाँबायाँ पर्ने गरी खेतीबाली, खाडल खन्ने वा कुलोकुलेसा निर्माण, खानेपानी, धारा निर्माण गर्ने, सडकसँग जोडिने गरी प्रवेशमार्ग निर्माण गर्ने, किला तगारो गाड्ने, घरटहरा निर्माण गर्ने तथा कुनै किसिमका व्यापार… पुरा पढौ

जयनगर-जनकपुर–बर्दिवास रेल्वे विस्तारकाे गति बढ्दै

महोत्तरी, १७ मङ्सिर । लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि अब रेल लिक निर्माणको काम अघि बढ्ने विश्वास बढेको हो । महोत्तरीको भङ्गाहा–५ स्थित बिजलपुरा रेल्वे स्टेशनबाट बर्दिवाससम्मको तेस्रो खण्डको काम पछिल्ला केही वर्षयता जग्गा मुआब्जा विवादले विवादित हुँदै आएको थियो । जयनगर–जनकपुर–बर्दिवाससम्मको ब्रोडगेज रेल्वे विस्तारको राष्ट्रिय महत्वको आयोजनामा पहिलो र दोस्रो खण्डको काम सम्पन्न भएको छ ।… पुरा पढौ

‘आरोग्य शहर’अभियानमा धुलिखेल नगरपालिका, नगरलाई कोइलामुक्त बनाइदैं

काभ्रेपलाञ्चोक, १३ मङ्सिर । धुलिखेल नगरपालिकाले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्कटल्याण्डको ग्लास्गो सहरमा नोभेम्बर पहिलो साता आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा सुनाए । नगरपालिकाले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरिरहेको अवस्थामा उक्त सम्मेलनमा पोलिटले खबर सुनाएको भोलिपल्टै विश्वका अधिकांश राष्ट्रले कोइला प्रयोग रोक्ने घोषणा गरे । नगरपालिकाको यस्तो अभियानले विश्वलाई नै ‘एउटा उदाहणीय पाठ’ सिकाएकाेमा चर्चा कमाइरहेको धुलिखेल हाल ‘आरोग्य सहर’ अभियानमा छ… पुरा पढौ

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, ११ मङ्सिर । प्रवासीको म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा २५ मेगावाट क्षमताको सो आयोजना निर्माण सुरु गरेको हो । हङकङ, दक्षिण कोरीया, जापान, बेलायत, अमेरिकालगायत देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयवासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष विनोद कुँवरले बताए। “विदेशमा आर्जेको सीप, पूँजी र प्रविधि ल्याएर आयोजना बनाउन लागिएको हो”, उनले भने, “बाध्यताले अवसरको खोजीमा विदेशिए पनि आफ्नो ठाउँको विकासमा लगानी भित्र्याएर जलविद्युत्… पुरा पढौ