विकास

पेप्सीकोला-सल्लाघारी सडक ५५ प्रतिशत सम्पन्न

काठमाडौं, २७ फागुन । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ । चालू आवसम्म कालोपत्र सक्ने गरी सो सडकको उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ । स्थानीयवासीले जग्गाको समेत मुआब्जा माग गरेर लामो समयसम्म पनि निर्माण अघि बढाउन नदिएकाले अवधि सकिँदा पनि सम्पन्न नभएको काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । बीस मिटर चौडाइ कायम गर्ने गरी तीन वर्ष पहिले ठेक्का सम्झौता भए पनि त्यसअनुसार सडक खाली गराउन नसकिएको आयोजनाका सूचना अधिकरी लक्ष्मण देवकोटाले बताए । बहाखा… पुरा पढौ

नागढुङ्गा-सिस्नेखाला सुरुङमार्गकाे निर्माण नौ प्रतिशत सकियाे

काठमाडौं, २७ फागुन । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक महिना मात्रै ढिला भएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । अहिले सुरुङमा चौबीसै घण्टा काम भइरहेको छ । उनले भने, “शनिबारबाहेक अरु दिनमा रातदिन काम भइरहेको छ ।” सुरुङ… पुरा पढौ

जाइकाकाे चासाेः सूर्यविनायक-धुलिखेल सडक विस्तार गर्न छलफल शुरू

काठमाडौं, २६ फागुन । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि छलफल शुरु भएको छ । बनेपादेखि भक्तपुरसम्म नै सडक चाप बढिरहँदा विभागले विस्तारका लागि छलफल अघि बढाएको छ । एक दशक पहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले नै सडक विस्तार गर्ने गरी छलफल भएको छ । अहिले पनि जाइकाले सो सडकको निर्माणमा चासो देखाइरहेको बताइएको छ । जाइकाले निर्माण गर्ने तत्काल योजना नभएमा सरकार आफैँले बनाउने गरी छलफल अघि बढिरहेको सूर्यविनायक– धुलिखेल सडक योजनाले… पुरा पढौ

सम्झौता अघिनै सकियो खानोपानीको काम

भरतपुर, २६ फागुन । भरतपुर महानगरपालिका–१२ मा धनगढा सहलगानी खानेपानी आयोजनाको काम निर्माण अवधिभन्दा दुई महिना अगाडि नै सकिएको छ । आयोजनाको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरेकी छन् । नेपाल सरकार भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भरतपुर महानगर र उपभोक्ताको समेतको संयुक्त लगानीमा निर्मित खानेपानी आयोजनाको निर्माणको जिम्मा शर्मा सगरमाथा भीमेश्वर जेभीले लिएको थियो । दुई हजार ११९ घरधुरीका १४ हजार ५६३ जनालाई स्वच्छ खानेपानी प्रदान गर्ने उद्देश्यले खानेपानी आयोजना निर्माण थालिएको भरतपुर खानेपानी… पुरा पढौ

इमाडोल-लामाटार सडक निर्माण अन्तिम चरणमा

काठमाडौं, २६ फागुन  । विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । झण्डै सात किलोमिटर लम्बाइको यो सडकको ५६० मिटर सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकमा अहिले सानागाउँ क्षेत्र र लुभुको बजार क्षेत्र बाहेक अन्यत्र कालोपत्र सकिएको छ । कालोपत्र बाँकी भएका यी स्थानमा पनि वैशाखसम्ममा कालोपत्र गरिसकिने आयोजना प्रमुख गुरु अधिकारीले बताए। लुभुको बजार क्षेत्रमा ५०० मिटर र सानागाउँ क्षेत्रमा ६० मिटर सडक कालोपत्र गर्न… पुरा पढौ

९० करोडको लागतमा पर्सामा खुल्याे आइरन उद्योग

पर्सा, २५ फागुन । गोल्छा समूहको लगानीमा पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भएको छ। उद्योग निर्माणको अन्तिम चरणमा रहेकाे जनाइएकाे छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र बाँकी रहेको छ । गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास आइरन इण्डष्ट्रिज प्रालि नामक सो उद्योग आउँदो वैशाख महिनाबाट सञ्चालनमा आउने भएको छ । पर्साको वीरगञ्ज–पोखरिया सडक खण्डअन्तर्गतको विन्दवासिनी गाउँपालिकामा सो उद्योग स्थापना गरिएको हो । गोल्छा… पुरा पढौ

कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

काठमाडौं, २४ फागुन । राष्ट्रिय राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ । वर्षेनी वर्षाका कारण सडक अवरुद्ध हुने गरेकाले तत्कालका लागि कालोपत्र नगरिने कान्ति राजमार्ग योजना कार्यालयले जनाएको छ । अहिले तत्काल कालोपत्र नगरिने सडकमध्ये धेरै भाग ललितपुर र थोरै भाग मकवानपुरमा पर्छ । उहाँका अनुसार यी ठाउँ छपेली र आसपासका क्षेत्रमा रहेका योजनाका सूचना अधिकारी दिपेश रजकले बताउनुभयो । अहिले तत्काल कालोपत्र नहुने थोरै सडक खण्ड मकवानपुरमा पनि रहेको… पुरा पढौ

मेलम्चीको ‘हेडवर्कस् ’ निर्माण अन्तिम चरणमा, चैत भित्रमा पानी प्रणालीमा पठाउने तयारी

काठमाडौ‌, २३ फागुन । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवर्कस्’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । हेडवर्कस् निर्माण सम्पन्न गर्ने अवधि गत डिसेम्बरमा सकिएको थियो । कोभिड–१९ का कारण गत आर्थिक वर्ष काममा बाधा पुगेको भन्दै सरकारले छ महिना अवधि थप गरेको थियो । थपिएको अवधि बाँकी हुँदैमा ‘हेडवर्कस्’ को निर्माण सकिएर सञ्चालनमा आउने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार… पुरा पढौ

नारायणगढ-मुग्लिन सडक आजदेखि एक हप्तासम्म दिउँसो बन्द

भरतपुर, २३ फागुन । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविन रानाभाट जानकारी दिए । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन… पुरा पढौ

मेलम्चीको पानी काठमाडौंमा, उपत्यकावासीको सपना साकार : प्रधानमन्त्री ओली

काठमाडौं, २३ फागुन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झारे । शनिबार बेलुका कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताए । “मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा झारेका छौँ, कोशीमा बग्ने पानी अब बागमतीमा आएको छ । प्रदेश नं १ मा… पुरा पढौ