विकास

पाचोक गाउँमा पहिलो पटक पुग्यो बिजुली

लमजुङ, १३ फागुन । दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारका भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक बिजुली पु¥याएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकका घरमा बिजुली पु¥याइने जानकारी दिए । उनले गाउँमा ‘एक घर एक धारा’ छिट्टै निर्माण गरिने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक… पुरा पढौ

३८ करोड लागतमा बन्ने जगदुल्ला जलविद्युतका लागि सडक निर्माण प्रक्रिया शुरु

जाजरकोट, १३ फागुन । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए । झण्डै रु ३८ करोड १० लाखको लागत अनुमानअनुसार काम शुरु गर्न लागिएको प्रदेशसभा सदस्य शाहीले बताए । त्रिवेणी, नर्कु सर्मी हुँदै जुम्ला जोड्ने मुख्य सडकका रूपमा रहेको यो सडकको निर्माण कार्यको… पुरा पढौ

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्रे हुदैं

म्याग्दी, १३ फागुन ।  म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म बेनी बजार, बेनी–गलेश्वर र रत्नेचौर–बेनीबाहेक अन्य सडक कालोपत्रे भएको थिएन । बेनी नगरपालिका–१ रत्नेचौर र मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सदरमुकामबाहिर पहिलोपटक सडक कालोपत्रे भएको छ । रत्नेचौरमा सडक डिभिजन कार्यालय बागलुङले एक हजार ३०० मिटर सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको बेनी–१ का वडाध्यक्ष टेकबहादुर रावलले बताए । कालोपत्रे र ढलानका लागि सर्वसिद्धि कन्स्ट्रक्सन प्रालिले… पुरा पढौ

पाण्डवखानीमा पहिलोपटक पुग्याे बिजुली

बलेवा, १२ फागुन । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पाण्डवखानीमा केन्द्रीय विद्युत् सेवा सञ्चालन गरेको हो । लामो समयदेखि लघु जलविद्युत्को भरमा गुजारा गर्दै आएका पाण्डवखानीवासी पहिलोपटक केन्द्रीय विद्युत् पुगेपछि हर्षित भएका छन् । भौगोलिक विकटतासँगै लघुजलविद्युत् मर्मतसम्भारमा पटकपटक हुने समस्याले लामो समयदेखि हैरानी खेप्नु परेको अवस्थामा केन्द्रीय विद्युत् सेवा सञ्चालन भएपछि सहज भएको स्थानीय व्यवसायी देवनारायण श्रीसले बताए । ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत पाण्डवखानीमा विद्युतीकरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका… पुरा पढौ

आजदेखि औपचारिक रूपमा मेलम्ची खानेपानीको सुरुङ परीक्षण हुँदै

सिन्धुपाल्चोक, १० फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । गत असारमै सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर… पुरा पढौ

स्थानीय सरकारहरु ‘सबैका लागि स्वच्छ खानेपानी र सरसफाई’को योजना बनाउदै

काठमाडौं, ९ फागुन । देशभरका ७५३ वटै स्थानीय सरकारहरु आफ्नो क्षेत्रका नागरिकहरुलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउने योजना बनाउन अग्रसर भएका छन् । खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्ने स्मार्ट वास प्रा.लि.ले काठमाडाैंमा आयोजना गरेको वेविनारमा खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत विज्ञहरुले यसको जानकारी दिएका हुन । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका डा.रजित ओझाले संयुक्त राष्ट्र संघले निर्धारण गरेको दीगो विकासका लक्ष्यहरुलाई हासिल गर्ने राष्ट्रिय कार्यक्रम अनुरुप एनवासको कार्यक्रम तय गरेर देशभर कार्यान्वयनमा लगिएको बताए… पुरा पढौ

साढे ३ करोडमा घारखोलामा मोटरेवल पुल निर्माण शुरु

म्याग्दी, ९ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलान्यास गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि पुल निर्माण शुरु भएको हो । रु तीन करोड ४८ लाख ९४ हजार ७० लागत अनुमान गरिएको पुल निर्माण गर्न फेवा–बिएम जेभी पोखरालेरु दुई करोड ८१ लाख… पुरा पढौ

क्रिकेट रङ्गशाला निर्माणका लागि महानगरले दियाे २० लाख

भरतपुर, ८ फागुन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरेको छ । रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रु २० लाख बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख महर्जनले रङ्गशाला निर्माणका लागि सबैको थोरैथोरै सहयोगले बल पुग्ने बताए । उनले सबैको हातेमालोबाट रङ्गशाला निर्माण हुनेमा विश्वस्त रहेको उल्लेख गरे । फाउण्डेशनका… पुरा पढौ

भरतपुर महानगरद्वारा २ अर्ब लगानीमा व्यावसायिक भवन बनाइँदै

चितवन, ८ फागुन । जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ । सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो । भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा करिब रु दुई अर्ब लगानी गरेर ५० मिटर अग्लो व्यावसायिक भवन बनाउन लागिएकाे हाे । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाबमोजीम निजी क्षेत्रबाट नक्साङ्कन, निर्माण, वित्त, सञ्चालन एवं हस्तान्तरण विधिबाट भवन बनाउँदै छ । महानगरपालिका प्रमुख रेनु… पुरा पढौ

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

वाग्मती, ७ फागुन। एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब रु पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिए । प्रदेश सरकारले उक्त सुरुङमार्गको पुनःनिर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । सुरुङसँगै सुन्दर टोनी हेगन उद्यानलगायतको संरचना निर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार… पुरा पढौ