विकास

बन्चरेडाँडामा फागुन अन्तिम सातादेखि फोहर विसर्जन गर्न सकिने

काठमाडौं, १ फागुन । यही फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयल र शहरी विकास तथा भवन निर्माण विभागले गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा निर्माणाधीनस्थलमा फोहर विसर्जन गर्न सकिने जानकारी दिएको हो । पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले कामको प्रकृति हेरी फागुन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको फोहर दीर्घकालीनरूपमा व्यवस्थापन गर्न सकिने बताएको छ । अनुमगनका क्रममा शहरी विकासमन्त्री प्रभु साहले… पुरा पढौ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : उद्गमखण्डमा कालोपत्र शुरु

पाँचथर, २९ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमखण्डमा कालोपत्रको याङ्वरक गाउँपालिका–१ च्याङ्थापूमा शिलान्यास गरे । उनले भारतको सीमासम्म दुई लेनको कालोपत्र सडक पु¥याउने कार्य सामान्य नभएको बताउँदै राष्ट्रिय विद्युत् प्रसारण लाइन मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पु¥याउने बताए । उहाँले भने, “विगतमा पहाडमा कालोपत्र हेर्न हामी नै सिक्किम जान्थ्यौँ, तर अहिले सिक्किमबाट नेपाली सीमासम्म ट्र्याक आइपुग्दा हामीले दुई लेनको सडक पु¥याएका छौँ । चाँडै राष्ट्रिय विद्युत् प्रसारण लाइन मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पु¥याउँछौँ ।” मन्त्री… पुरा पढौ

रेलकाे भाडादर रु ७५ प्रस्ताव, एकैपटक १ हजार ३०० जना यात्रुले यात्रा गर्न सक्ने

काठमाडौं, २८ माघ । कुर्था–जयनगर रेलमार्गमा सडकमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर रु ७५ प्रस्ताव गरिएको कम्पनीका महापबन्धक गुरु भट्टराईले जानकारी दिए । अरु सवारीसाधन जति नै हुनेगरी भाडादर प्रस्ताव गरिएको भट्टराईले बताए । रेलकाे डिलक्स सिटका लागि भने केही महँगो भाडा पर्नेछ । सामान्य भन्दा चारदेखि… पुरा पढौ

४ वर्ष बित्दा पनि सम्पन्न भएन ढोलाहिटी-लेले सडक

काठमाडौं, २८ माघ । विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । सवारी साधनको चाप उच्च भए पनि साँघुरो रहेको सडकलाई २० मिटर चौडाइ कायम गर्ने गरी चार वर्ष पहिले ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म चौडाइ विवादकै कारण काम अघि बढ्न नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडक खण्डमा वन क्षेत्रमा बाहेक अन्यत्र बस्ती क्षेत्रमा चौडाइ बढाउन नसकिएको… पुरा पढौ

बालाजु-ककनी सडक कालोपत्र कहिले ?

काठमाडौं, २७ माघ । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजुदेखि ककनीसम्मको सडक सम्पन्न भएको छैन । सो सडकमा जाडोका कारण कालोपत्र हुन नसक्ने भएकाले अहिले नालीलगायत आवश्यक पूर्वाधारको काम भइरहेको छ । चारपटक अवधि थप भएको यो सडकको अवधि अन्तिम पटक गत पुसमा सकिएको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ । जम्मा ५५ किलोमिटर लम्बाइको बालाजु त्रिशूलीदेखि सडक दुई फरक निर्माण व्यवसायीले निर्माण गरेकामा दुवैतर्फको सडकको प्रगति राम्रो नभएको योजनाका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार यो सडकमा बालाजुदेखि… पुरा पढौ

सुर्खेतमा ९२ करोडमा ९७ आयोजना निर्माण हुदैं

सुर्खेत, २७ माघ । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रु ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ४ किलोमिटर पक्की सडक निर्माण गरेको छ । प्रदेशको सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेबल पुल र दुई झोलुङ्गे पुल निर्माण गर्न थालिएको पूर्वाधार निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिए । “आगामी असार मसान्तसम्म हामीले सुर्खेत जिल्लामा ३२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएका छौंँ”, निर्देशक पौडेलले… पुरा पढौ

दिगो विकास लक्ष्य प्राप्तिका लागि समन्वय र तथ्याङ्कमा जोड

काठमाडौं, २६ माघ । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यका सूचकहरु धेरै भएकाले तिनका प्रगतिका अनुगमन गर्न वस्तुनिष्ठ तथ्याङ्क प्रणालीमा जोड दिएको छ । आयोगले ‘दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०१६–२०१९ र दिगो विकास लक्ष्यः स्थानीयकरण स्रोतपुस्तिका २०२०’ सार्वजनिक गरेको छ । आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन । प्रतिवेदनमा पूँजीगत खर्च कम हुँदा दिगो विकास लक्ष्य हासिल गर्न कठिनाइ भएको उल्लेख छ । तथ्याङ्क आवश्यकता तथा उपलब्धताका आधारमा सूचकहरु पुनरावलोकन गरी प्राथमिकीकरण गर्ने विषयलाई… पुरा पढौ

विराटनगर महानगरपालिकामा तीन आकाशे पुल निर्माण गरिँदै

विराटनगर, २५ माघ । विराटनगर महानगरपालिकाले रु दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँसचोक) गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको नक्शा शाखाका प्रमुख अर्जुन थापाले बताए। विराटगरको सौन्दर्य बढ्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने र मानिसलाई सडक वारपार… पुरा पढौ

भेरी बबई आयोजना : परामर्शदाता कम्पनीका कर्मचारीले तलब पाएनन्

कर्णाली, २४ माघ । भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको परामर्शदाता कम्पनीमा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । विगत एक वर्षदेखि पटकपटक कम्पनीको ध्यानाकर्षण गराउँदासमेत पारिश्रमिक नपाएको भन्दै कर्मचारी आयोजनास्थलमा हडतालमा उत्रेका छन् । पारिश्रमिक नपाउने कर्मचारीमा कम्पनीका डेपुटी टिम लिडरदेखि सहयोगी कर्मचारी र चालकसमेत गरी १९ जना छन् । आयोजनाको डिजाइन, क्वालिटी कन्ट्रोल र सुपरभिजन कार्यका लागि आयोजनाले इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इञ्जिनीयरिङ (एमजिसिइ) तथा नेपालको इञ्जिनीयरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी) लाई परिचालन… पुरा पढौ

मेलम्ची खानेपानी आयाेजनाको ‘हेडबक्स’ निर्माण तीव्र

काठमाडौं, २३ माघ । मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरिसकिने भएकाे छ । ‘हेडबक्समा कङ्क्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको छ । उनले भने, “विद्युतीय कामलगायतका अरु… पुरा पढौ