विकास

चीनकाे अन्तराष्ट्रिय विकास सम्बन्धि श्वेतपत्रः नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वाश

पेचिङ, २९ पुस । चीनको राज्य परिषदले नयाँ युग चीनको अन्तर्राष्ट्रिय विकास सहयोगको श्वेतपत्रलाई प्रकाशित गरेको छ। उक्त श्वेतपत्रले चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता अन्तर्राष्ट्रिय विकास तथा सहयोग क्षेत्र चीनको नीति तथा धारणाबारे जानकारी दिएकाे छ । साथै नयाँ युगमा सो क्षेत्रमा चीनले पाएको प्रगतिलाई प्रतिबिम्बित गरी मानवजातीय भाग्य समुदायका लागि चीनको अन्तर्राष्ट्रिय विकास तथा सहयोगले गरेको सक्रिय योगदान देखाएको छ। हामी एउटै पृथ्वीमा बसेका छौँ भने आपसबीच अलग हुन सक्दैनौँ। आपसमा मिलेर बसेकाले हाम्रा लागि यो पृथ्वी एउटा… पुरा पढौ

लमजुङमा आठ उद्यान निर्माण हुँदै

लमजुङ, २९ पुस । निर्धारित समय काम सक्ने लक्ष्यका साथ अघि बढेको डिभिजन वन कार्यालयले जिल्लामा आठ उद्यान निर्माणको काम शुरुआत गरेको छ । प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत लमजुङमा आठ उद्यान निर्माणको काम थालेको हो । चालु आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम शुरु गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताए । उनका अनुसार मस्र्याङ्दी गाउँपालिकामा निर्माण भएको डा हर्क गुरुङ उद्यान र दूधपोखरीस्थित इमलपोखरी… पुरा पढौ

अस्थायी मोटरेबल पुल निर्माण

लमजुङ, २८ पुस । स्थानीयले मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन् । स्यागेका समाजसेवी नरबहादुर गुरुङको विशेष सक्रियतामा पुल निर्माण भएको हो । नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व.मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले आइतबार संयूक्त रुपमा पुलको उद्घाटन गर्दै गाउँगाउँमा उत्पादित तरकारी बजारसम्म लैजानका लागि सहज हुनुका साथै गाउँगाउँमा समेत आम्दानी भित्र्याउन सकिने बताए । गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्स समेत सहज रुपमा आउन सक्ने भएकाले… पुरा पढौ

विकट कैलाशमा १० श्ययाको अस्पताल बन्ने

वाग्मती, २२ पुस । स्वास्थ्योपचारलाई व्यवस्थित एवं प्रभावकारी तथा भौतिक पूर्वाधारले सम्पन्न बनाउने उद्देश्यले मकवापुरको उत्तरी विकट क्षेत्र कैलाश गाउँपालिकामा १० श्ययाको अस्पताल बन्ने भएको छ । अस्पतालका १४ भवनसहित आधुनिक पूर्वाधार निर्माण द्रुत गतिमा भइरहेको छ । सङ्घीय, प्रान्तीय, स्थानीय सरकार र गैरसरकारी संस्थाको आर्थिक लगानीमा उक्त स्वास्थ्य भवन निर्माण भइरहेको कैलाश गाउँपालिकाले जनाएको छ । वर्तमान परिस्थितिमा आफ्नो भवन नहुँदा समस्या भौग्दै आएका बिरामी तथा स्वास्थ्य संस्थालाई भवन निर्माणपश्चात् स्वास्थ्य उपचार सेवामा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष टङ्क मोक्तानले… पुरा पढौ

ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन

काठमाडौं, २२ पुस । काठमाडौं उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ । परामर्शदाता कम्पनीले ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन प्रतिवेदनकोे बीचको प्रगति पेश गरेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार यसका लागि अहिले विस्तृत डिजाइन गर्ने काम अघि बढिरहेको छ । यस वर्ष निर्माणका लागि ठेक्कामा जान सकिने उहाँको भनाइ छ । उनले भने, “कम्तीमा एउटा ठाउँमा भए पनि ठेक्का… पुरा पढौ

कोशी करिडोरमा सात पुल निर्माण सम्पन्न हुँदै, कालोपत्र गर्न २ अर्ब ६० करोड स्वीकृत

काठमाडौं, २१ पुस । निर्माणाधीन कोशी करिडोरमा चालु आर्थिक वर्षभित्र थप सात पुल निर्माण सम्पन्न हुने भएका छन् । ३९ किमी सडक कालोपत्र गर्न लागिएको योजनाले जनाएको छ । अर्थ मन्त्रालयले कालोपत्रका लागि रु दुई अर्ब ६० करोड स्वीकृत गरिसकेकाे छ । हाल नौ पुल निर्माणाधीन रहेकामा सात सम्पन्न हुने देखिएको हो । राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण करिडोरमा अहिलेसम्म जम्मा २२ पुल चाहिने देखिएको कोशी करिडोर, खाँदबारी–किमाथाङ्का सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए । अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर… पुरा पढौ

कोरोना असरः कतै ५० प्रतिशत फुकुवा, कतै पूरै विकास बजेट रोक्का

पशुपतिनगर, २१ पुस । कोरोना भाइरसको असर विकास निर्माण र कृषि क्षेत्रमा परेको छ । कोरोना भाइरस नियन्त्रण गर्न विकास बजेट काटेर खर्च गर्ने नीति लिएपछि जनताको सहभागितामा छनोट भएका योजना अलपत्र अवस्थामा छन् । कोरोना भाइरसको असर सबैभन्दा बढी प्रदेश सरकारमा परेको छ । रोग नियन्त्रणका लागि आर्थिक वर्षको शुरुमा ७० प्रतिशत बजेट मात्रै खर्च गर्ने अख्तियारी दिएको प्रदेश नं १ सरकारले अहिले ५० प्रतिशत मात्रै खर्च अख्तियारी दिएको छ । “शुरुका दिनमा प्रदेश सरकारबाट ७० प्रतिशत मात्रै खर्च… पुरा पढौ

सिङ्गटी–लामोसाँघु १३२ केभीको निर्माण अवरोध हट्यो

काठमाडौं, २१ पुस। एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या खडा नगर्ने गरी अगाडि बढेपछि प्रसारण लाइन निर्माणतर्फ अगाडि बढेको हो । रामेछापको झिँगाने र टेकनपुरमा टावर बनाउन स्थानीयवासी सहमत भएपछि प्रसारण लाइन निर्माणको कामले गति लिएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार अब नयाँ समस्या सिर्जना नभए फागुनसम्ममा प्रसारण लाइन तयार हुनेछ । प्रसारण लाइन तयार भएपछि तत्कालै… पुरा पढौ

कोशी करिडोरमा चालु आर्थिक वर्षमा ७ पुल निर्माण सम्पन्न हुँदै

काठमाडौं, २१ पुस । निर्माणाधीन कोशी करिडोरमा चालु आर्थिक वर्षभित्र थप सात पुल निर्माण सम्पन्न हुने भएका छन् । हाल नौ पुल निर्माणाधीन रहेकामा सात सम्पन्न हुने देखिएको हो । राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण करिडोरमा अहिलेसम्म जम्मा २२ पुल चाहिने देखिएको कोशी करिडोर, खाँदबारी–किमाथाङ्का सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए । अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर सञ्चालनमा छ । खाँदबारीबाट ५० किमी अगाडि अरुणखोलामा झण्डै तीन वर्ष पहिले पुल बनेको थियो । उनका अनुसार मौसम र समयानुकूल भए चालु… पुरा पढौ

कृषिमा बिचाैलिया हावी भएको गुनासो

पोखरा, १९ पुस । गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर भए पनि बजार व्यवस्थापन मुख्य चुनौती भएको कृषकहरुले गुनासो गरेका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश, पोखराले आइतबार आयोजना गरेको मासु, अण्डा तथा मत्स्य व्यवसायीहरुसँग गरेको अन्तक्र्रियामा बोल्ने कृषकले सो गुनासो गरेका हुन् ।पछिल्लो समय मानिसहरु कृषि क्षेत्रमा आकर्षित भए पनि बिचाैलीया हावी हुँदा उचित मूल्य पाउन नसकेको कृषकले गुनासो गरे । उनीहरुले विदेशबाट मासु, दूध र अण्डा आयात रोकिनुपर्नेमा जोड दिए । साथै सरकारी अनुदानको… पुरा पढौ