विकास

सिरिजङ्घा गाउँपालिकाले खानेपानी उद्योग स्थापना गर्ने

ताप्लेजुङ, १९ माघ । स्वच्छ खानेपानीको निर्यात गरी आय वृद्धि गर्ने उद्देश्यले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले खानेपानी उद्योग स्थापना गर्ने भएको छ । ‘कञ्चनजङ्घाको पानी, हाम्रो आम्दानी’ भन्ने नारासहित सो उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन शुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सो कार्यका लागि तीन सदस्यीय विषय विज्ञ सम्मिलित समिति गठन गरेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । डाक्टर विनोद लेखकको संयोजकत्वमा गठित समितिले आगामी फागुन १७ गतेभित्र नै प्रारम्भिक योजना दिने र सोहीअनुरुप अघि बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय… पुरा पढौ

दूरसञ्चार प्राधिकरणद्वारा पुग्याे ३१ जिल्लामा निःशुल्क इन्टरनेट

काठमाडौं, १८ माघ। नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पु¥याएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । एकातीस जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था÷केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पु¥याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउनुहुन्छ । उहाँका अनुसार उक्त परियोजनाअन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु, अछाम, बझाङ र बाजुरा गरी ६ जिल्लामा मर्कन्टाइल कम्युनिकेशन प्रालिले इन्टरनेट जडान सम्पन्न गरेको… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा पुल्चोक गोन्द्राङ छ लेन सडक स्तरोन्नतिको शुभारम्भ

चितवन, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन् । भरतपुर महानगरपालिका–१० स्थित विमानस्थल अगाडि आज प्रधानमन्त्री ओलीले सो कार्यको शुभारम्भ गरेका हुन । उनले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गरे । सो अवसरमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक आयोजनाका विषयमा विस्तृत जानकारी गराए । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिकाभित्र पर्ने सडकलाई छ लेनमा विस्तार गर्न लागिएको हो । शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको… पुरा पढौ

कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र हुँदै

काठमाडौं, १६ माघ । थोरै मात्रै ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र अघि बढाइरहेको छ । सडकका विभिन्न खण्डमा कतै वैदेशिक सहयोगमा त कतै नेपाल सरकारको बजेटबाट कालोपत्र अघि बढाइएको छ । दक्षिणमा गैँडाकोटबाट उत्तर कोरोलासम्म जोड्ने उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा पहिले खुलिसकेका स्थानमा कालोपत्र अघि बढाइएको उत्तर–दक्षिण तथा व्यापारिकमार्ग विस्तार आयोजना निर्देशनालयले जनाएको छ । चार सय १७ किमी लम्बाइको यो करिडोरमा अहिले गैँडाकोटबाट राम्दीसम्म १३२ किमी सडक एक्जिम बैंकको ऋण सहयोगमा निर्माण अघि बढाइएको छ ।… पुरा पढौ

काठमाडौं–तराई द्रुतमार्ग निर्माण सुस्त, ४ वर्षमा ११ प्रतिशतमात्र भौतिक प्रगति

काठमाडौं, १५ माघ । काठमाडौंलाई तराईसँग छोटो दूरीमा जोड्ने भनिएको काठमाडौं–तराई द्रुतमार्गको भौतिक प्रगति सुस्त देखिएको छ । नेपाली सेनाले जिम्मा लिएर काम सुरु गरेको ४ वर्ष पुग्दा पनि सडकको प्रगति सुस्त देखिएको हो । सेनाका अनुसार हालसम्म भौतिक प्रगति ११.११ प्रतिशत छ । वित्तीयतर्फ ९.५२ प्रतिशत छ । आयोजनामा पुस मसान्तसम्म १७ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्ग निर्माण गर्न एक खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । चालू आर्थिक… पुरा पढौ

मुग्लिन–पोखरा पूर्वी खण्ड सडक ६ अर्ब २१ करोड लागतमा बन्ने, कसले पाउँदैछ ठेक्का ?

काठमाडौं, १३ माघ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार प्रकिया अघि बढेको छ । मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्ड विस्तारको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी लिमिटेडले पाउने भएको छ । कम्पनीले सबैभन्दा कम ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ कबोल गरेर ठेक्का पाउन लागेको हो । सडक विभाग र चिनियाँ कम्पनीबीच सडक निर्माणका लागि ठेक्का सम्झौता भने भइनसकेको मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले सफल आवाजलाई जानकारी दिए । यही माघ १४ गतेसम्म निर्माण व्यवसायीलाई… पुरा पढौ

बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

गलकोट, ११ माघ । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो । पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो । पुललाई निर्माणपश्चात विश्व रेकर्डमा… पुरा पढौ

चितवन जिल्लामा २१ प्रतिशत मात्र विकास बजेट खर्च

चितवन, ९ माघ । चितवन जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा विकासका लागि आएको बजेटको २१ दशमलब ५२ प्रतिशत मात्र खर्च भएको हो । जिल्लाको विकासका लागि संघीय सरकारले पठाएको रु ५ अर्ब ४० करोड २२ लाख ७७ हजार मध्ये ६ महिनामा रु १ अर्ब १६ करोड २८ लाख ७१ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र शर्मा भट्टराईले जानकारी दिए… पुरा पढौ

काठमाडौंकाे ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान हुँदै

काठमाडौं, १ माघ । काठमाडौं महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्रयाएको छ । यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई द्रुतगतिमा अघि बढाइएको छ । यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्तदुरुस्त राख्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्य–मुख्य सडकमा करिब एक हजार ७५० आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आह्वानको चरणमा पुगिसकेको कामपाले जनाएको छ… पुरा पढौ

नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र ३०० बढी श्रमिकले काम गर्दै

काठमाडौं, २९ पुस । कोभिड–१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि तीव्रगतिमा काम भइरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको छ । बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्काे सिफ्टमा काम भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । गत वर्ष काम गर्ने वातावरण नभए पनि समयमै काम सकाउन… पुरा पढौ