विकास

सबस्टेशन अलपत्र : निर्माण व्यवसायी सम्पर्कविहीन

खोटाङ, २१ फागुन । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेशन अलपत्र परेको छ । तीन वर्षमा सम्पन्न गर्नेगरी विसं २०७३ भदौमा भारतीय निर्माण व्यवसायी कम्पनी एटुजेड इन्फ्रा इञ्जनीयरिङ लिमिटेडले सम्झौता गरेको सबस्टेशन हालसम्म पूरा भएको छैन । कम्पनीले बुइपा–बाक्सिला ३३ केभी र ११ केभी प्रशारणलाइनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सबस्टेशन निर्माणको काम अलपत्र पारेर सम्पर्कविहीन भएको स्थानीय बासिन्दा एवं नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका सहसचिव माइतीराज राईले बताए। सम्झौता अनुसार विसं २०७६ मै बनिसक्नुपर्ने… पुरा पढौ

बेथानचोकमा खानेपानी आयोजना हस्तान्तरण

काभ्रेपलाञ्चोक, २० फागुन । बेथानचोक गाउँपालिका–६ मा सिउरानीमा भञ्ज्याङखर्क खानेपानी आयोजना समुदायमा हस्तान्तरण गरिएको छ । आयोजनाबाट दुई सय २३ घरपरिवारका एक हजार तीन सय ३७ प्रत्यक्ष रुपमा लाभान्वित भएको जनाइएको छ । कूल रु एक करोड ९३ लाख ६३ हजार दुई सय ५७ लागतमा निर्माण सम्पन्न उक्त खानेपानी तथा सरसफाइ आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्राविधिक सहयोगमा २०७८ साल भदौमा सुरु भएको थियो । आयोजना गाउँपालिकाको रु ४९ लाख २२ हजार छ सय ४६, रोटरी क्लब बौद्धको… पुरा पढौ

पूर्व-पश्चिम र भारतीय सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीच तादात्म्य मिलाइँदै

काठमाडौं, १९ फागुन । सरकारले निर्माण सुरु गरेको पूर्व-पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) तयारी अघि बढाइएको छ । रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि नै दुई लाइनबीच तादात्म्यता मिलाउन आवश्यक रहेको रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनियर) अमन चित्रकारले बताए। भारतीय पक्षले रक्सौल–काठमाडौँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहेको छ । भारतीय पक्षलाई लिखितरूपमै निजगढ खण्डको केही सूचना दिनका लागि भनिएको समेत उनको भनाइ छ । उनले भने,… पुरा पढौ

१५ वर्षमा युवा स्वरोजगार कोषले गर्याे १२ अर्ब ९३ करोड लगानी

काठमाडौं, १९ फागुन । युवा तथा साना व्यवसायी स्वरोजगार कोष आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको यो कोष हाल कुपण्डोल ललितपुरमा रहेको छ। २०६५ साल फागुन १९ गतेबाट औपचारिक शुभारम्भ भएको कोषले आज आफ्नो स्थापनाको १५ औ वर्षमा प्रवेश तथा १४ वार्षिकोत्सव समारोह मनाएको छ। यसै अवसरमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले कोषलाई यो अवस्थासम्म पुऱ्याउन सहयोग र सहकार्य गर्ने संबद्ध सम्पूर्ण व्यक्ति तथा निकायहरुलाई आभार व्यक्त गरेका छन् ।… पुरा पढौ

सुरुङमार्गको अध्ययनका लागि काठमाडौं विश्वविद्यालय र बेथानचोक गाउँपालिकाबीच सम्झौता

धुलिखेल, १८ फागुन । काभ्रेपलाञ्चोकस्थित ढुङ्खर्क–च्याम्राबेंसी सुरुङमार्गको प्राविधिक अध्ययनको जिम्मा बेथानचोक गाउँपालिकाले काठमाडौं विश्वविद्यालयलाई दिएको छ । काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा एक कार्यक्रममा दुवै निकायबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सुरुङमार्गले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ र ४ वडा जोड्नेछ । सम्झौताअनुसार काठमाडौँ विश्वविद्यालयले सुरुङमार्गस्थलको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, टनेलको सम्भावित डिजाइन र अनुमानित लगानीसमेतको अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन पेस गर्नेछ । सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट उपकुलपति भोला थापा र गाउँपालिकाको तर्फबाट अध्यक्ष भगवान अधिकारीले हस्ताक्षर गरेका थिए। समझदारीपत्रमा प्रारम्भिक प्राविधिक अध्ययन गर्ने… पुरा पढौ

उत्तर-दक्षिण करिडोरका दुई दर्जन पुल सुरु हुनै बाँकी

काठमाडौं, १६ फागुन । उत्तर–दक्षिण करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि यहाँका धेरै पुलको निर्माण सुरु हुनै बाँकी छ । कालीगण्डकी करिडोरमा १५, कोसी करिडोरमा चार र कर्णाली करिडोरमा पाँच पुल निर्माणमा जान बाँकी रहेको हो । कोसी करिडोरमा दुई पुल सम्पन्न भइसकेको र दुई निर्माणाधीन रहेको आयोजनाले जनाएको छ । बरुण नदीमा ७० मिटर लम्बाइको पुल निर्माणाधीन रहेको छ । त्योभन्दा माथि चार पुलको डिजाइन भइसकेको उत्तर–दक्षिण करिडोर आयोजनाका प्रमुख श्यामबहादुर खड्काले जानकारी दिए । उनले भने,… पुरा पढौ

पोखराको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाइने

कास्की, १५ फागुन । देशकाे प्रमुख पर्यटकीय सहर पोखराको यातायात व्यवस्थालाई समयानुकूल परिमार्जित गरी प्रविधिमैत्री बनाइने भएको छ । पोखराको हरित यातायात प्रणाली विकास परियोजना र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिबीच यस सम्बन्धमा द्विपक्षीय सम्झौता भएको भएको हो । पोखराको अहिलेको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्धन गर्ने सम्झौतामा उल्लेख छ । परियोजनाअन्तर्गत पोखराका ८४ बस रुटमा १ हजार २ सय ८६ स्थानमा बस बिसौनि निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल बनाइनेछ । परियोजनाअन्तर्गत कोरियाले… पुरा पढौ

अन्नपूर्णका विद्यार्थीलाई कोरियाको सहयोग

पोखरा, १४ फागुन । अन्नपूर्ण गाउँपालिका वडा नं. ९ स्थित भूमे आधारभूत विद्यालय सुदामे र भगवती माध्यमिक विद्यालय तिखेढुङ्गाका विद्यार्थीलाई डिजी युनिभर्सिटी काेरियाका अध्यक्ष हुङ्ग लिले स्कुल व्याग र अभिभावकलाई बाख्रा वितरण गरेका छन् । डिजी युनिभर्सिटी कोरियाका अध्यक्ष लिले सरकारी विद्यालयमा पढ्ने ग्रामीण क्षेत्रका विद्यार्थीको पढाइलाई निरन्तरता दिने उद्धेश्यले सहयोग गर्दा पाएको स्वागत नै आफ्ना लागि पुरस्कार भएको बताए । लिले थपे, हामी पनि कोरियाका विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई स्वागत गर्न र सघाउन प्रतिवद्ध छौं । युनिभर्सिटीको अभियन विभाग र… पुरा पढौ

१ अर्ब ११ करोड लागतमा बनेकाे ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ सञ्चालन अझै अन्योलमा

बुटवल, १३ फागुन । १ अर्ब ११ करोड लागतमा बुटवलमा बनेकाे "बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र" अझै सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको ६ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको गत भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उद्घाटन भएको यति लामो समय बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बुटवल सभा हल… पुरा पढौ

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा

लुम्बिनी, १३ फागुन । बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको गत भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उद्घाटन भएको यति लामो समय बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन… पुरा पढौ