खोटाङ, १८ पुस । साकेला गाउँलिकाका स्थानीयले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा ९१० किलोमिटर० सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन् । निर्माण कम्पनी भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्दिसाई जेभी, काठमाडौंको ढिलासुस्तीका कारण सडक कालोपत्रको काम अलपत्र परेको जनाउँदै वडा नं १ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाले नयाँ निर्माण कम्पनीलाई ठेक्का दिने गरी ठेक्का सम्झौता रद्द गर्न माग गरेका हुन् । बाँझेच्यानडाँडाका ३ सय ३ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र आइतबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईमार्फत मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलिखेल, काभ्रेलाई पठाउँदै भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्दिसाई जेभीबाट सडक…
पुरा पढौ