कला / शैली

चलचित्र छायाङ्कनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

मनाङ, ३० भदौ । कोभिड-१९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो । चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट मनाङ पुगेकाे छ । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायाङ्कनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् । सो टोलीले माथिल्लो मनाङको… पुरा पढौ

चलचित्र छायांकनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

मनाङ, ३० भदौ । हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो । चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट मनाङ आउनुभयो । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायाङ्कनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् । सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् । दुई दिनको अवलोकन… पुरा पढौ

‘तोरी खायो मौरीले’ शब्दप्रति आपत्ति

काठमाडौं, २८ भदौ । ‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल म्यूजिकले सार्वजनिक गरेको तीजका गीतमा सो शब्द प्रयोग गरिएको थियो । नेपाल मौरीपालक महासङ्घले आइतबार साँझ विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानलाई दुखितसँगै अन्यौलता सिर्जना गरेको जनाएको छ । महासङ्घका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गरी मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन तोरी खायो भनेर गलत सन्देश दिएको जनाउँदै गीतले वैज्ञानिक तथ्य र अरुको अधिकारप्रति खेलवाड गरेको… पुरा पढौ

‘देखे जब उनीलाई’ सार्वजनिक, प्रकाश र प्रजिनाको प्रेम (भिडियो)

काठमाडाैं, २६ भदाै । गीतकार तथा फिल्म निर्मात्री अनु शाहको शब्दमा रहेको 'देखे जब उनीलाई' बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा स्वर लोकप्रिय गायक जगदीश समालको रहेको छ।  नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतमा  फणिन्द्र राईको संगीत संयोजन रहेको छ।   रोमाण्टिक भर्सनको यस गीतको सम्पूर्ण छायांकनअमेरिकामा नै  भएको हो। म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापाबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  जय्सन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।… पुरा पढौ

पशुपतिनाथ भक्तजनका लागि खुला

काठमाडाैं, २५ भदाै । पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा क्षमा पूजा गरेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएकाे हाे । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने छ । पशुपतिनाथ… पुरा पढौ

गणेश चतुर्थी पर्व आज मनाइँदै

काठमाडौं, २५ भदौ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको त्रास कायम रहेपनि काठमाडौँ उपत्यकालगायत देशभरका सबै मन्दिर खुलिसकेका छन् । कोरोना त्रासका… पुरा पढौ

शुक्रबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला

काठमाडौं, २३ भदौ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ । कोरोना जोखिम कम हुन थालेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए । साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार क्षमापूजा गर्ने तयारी कोषको छ । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला… पुरा पढौ

ललितपुरको बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढ्यो

ललितपुर, २३ भदौ । ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढेको छ । विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो । कुमारीलाई नजिकै रहेको सत्तलमा सारी मन्दिरको गजुर निकालेर माथिबाट भत्काउन थालिएको बालकुमारी मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले बताए । उनले भने, “महानगरपालिकाले विनियोजन गरेको रु ५० लाख र जनश्रमदानबाट उठेको रु छ लाख गरी कुल रु ५६ लाखले हाललाई काम अघि बढाएका छाैं ।” मन्दिर पुनःनिर्माणमा कुल… पुरा पढौ

हरितालिका (तीज) व्रत बस्ने शक्तिका लागि दर खाने तयारी, यस्ताे छ महिमा

काठमाडौं, २३ भदौ । हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेष गरी नेपाली नारीले मनाउने हरितालिकाअर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा भए पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाले सजगताका साथ तीज मनाउनुपर्ने अवस्था छ । नीराहार व्रतका लागि दर तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति… पुरा पढौ

कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस

काठमाडौं, २२ भदौ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले… पुरा पढौ