कला / शैली

विश्वमा नेपालको संस्कृति र पर्यटन प्रवद्र्धन गर्न ‘नेसनल डेल्फिक काउन्सिल’ स्थापनाको घोषणा

काठमाडाैं, २५ असाेज । नेपाली कला संस्कृतिलाई विश्वमा प्रवद्र्धन गर्ने उद्देश्यले ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेसनल डेल्फिक काउन्सिल नेपाल’ स्थापना भएको छ । कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मका रूपमा स्थापना भएको उक्त काउन्सिल आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । श्रीदेव बिएलको अध्यक्षतामा गठन भएको काउन्सिलको उपाध्यक्षमा जीवनकुमार पराजुली, महासचिवमा नरेशध्वज श्रेष्ठ, सचिवमा सूर्यबहादुर रासकोटी, कोषाध्यक्षमा सवेरा नकर्मी श्रेष्ठ तथा सदस्यहरुमा शारदा खड्का अर्याल र दीपक विष्ट गौली रहेका छन्… पुरा पढौ

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौं, २३ असोज । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए। चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि… पुरा पढौ

दोस्रो दिन आज ब्रह्मचारिणी देवीकाे पूजा गरिदैं

काठमाडाैं, २२ असाेज । दसैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि हिजाेदेखि नेपालीको महान् पर्व बडा दसैं सुरु भयाे । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ । दुर्गा पक्षको पहिलो दिन शैलपुत्रीको आह्वानसहित विशेष पूजा गरिएपछि दोस्रो दिन आज ब्रह्मचारिणी देवीकाे पूजा गरिदैंछ । तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ… पुरा पढौ

मिथिलामा नवरात्रको रमझम सुरु

महोत्तरी, २१ असोज । महोत्तरीसहित मिथिलाक्षेत्रमा दशहारा (बडादसैँ) पर्वको नवरात्र सुरु भएसँगै चहलपहल ह्वात्तै बढेको छ । नवरात्र प्रारम्भसँगै जताततै दशहारा पर्वको रमझम बढेको हो । नवरात्रको पहिलो दिन आज मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा आयोजना गरिएका छन् । कन्या कुमारी (अविवाहित किशोरी) ले आज धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर… पुरा पढौ

नेपालीको महान् पर्व बडादशैं सुरु-घटस्थापनाको साइत आज ११ः४६ बजे

काठमाडौं, २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत… पुरा पढौ

नेपालको अस्कर कमिटीले माग्यो अस्कर पठाउने फिल्म

काठमाडौंं, १९ असोज । ९४औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १९ गतेदेखि कात्तिक ४ गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ ।  द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेसले  सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा ९४औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिने… पुरा पढौ

इन्द्रदहमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौं, ४ असोज । भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरी नगरपालिका–१ मा रहेको इन्द्रदहमा मेला लागेको छ । भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्पराअनुसार आइतबार राति नै भक्तजन इन्द्रदह पुगी दिवङ्गत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए । आइतबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती… पुरा पढौ

कला क्षेत्रको प्रवद्र्धनमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

पोखरा, २ असाेज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कला क्षेत्रको प्रवद्र्धन र सम्बद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिर्जनशील कलाकार समूह पोखराले शनिबार आयोजना गरेको सिर्जनशील युवा कला पुरस्कार सम्मान समारोहमा मुख्यमन्त्री पोखरेलले उक्त प्रतिबद्धता जनाएका हुन् । दुर्गा बराल वात्स्यायन जस्ता कलाकार जन्माउने पोखरा ललितकलाको पाठशाला नै रहेको भन्दै उनले यसलाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्दै जानुपर्ने भनाइ राखे । आर्थिक वर्षको अन्तिममा सरकार बनेकाले हतारमा बजेट ल्याउनुपर्ने सन्दर्भ जोड्दै छुटेका तर महत्वपूर्ण क्षेत्रलाई समेट्दै जाने प्रतिबद्धता… पुरा पढौ

काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत काम सकियो

काठमाडौं, २ असोज । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैंसम्म सक्ने लक्ष्य छ । “यसबीचमा केही अवरोध नआए ढुक्कसँग दशैँअघि काम सम्पन्न हुने थियो”, अध्यक्ष शाक्यले भने, “अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ ।” विसं २०७२ को वैशाख १२… पुरा पढौ

प्रेस काउन्सिल पत्रकारिता पुरस्कार घोषणा

काठमाडौं, ३१ भदौ । प्रेस काउन्सिल नेपालले यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई दिने निर्णय गरेको छ । काउन्सिलले सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पोखराका बद्रीविनोद खनाल ‘प्रतीक’ लाई दिने निर्णय गरेको छ । प्रेस काउन्सिल आचारसंहिता पुरस्कार हिमालय टाईम्स दैनिक (उज्वलशर्मा) लाई दिने निर्णय भएको काउन्सिलले जनाएको छ । त्यसैगरी बागलुङका विमल गौतम र दाङका पत्रकार दुर्गालाल केसीलाई प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कारबाट सम्मानित गरिने भएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको काउन्सिलको… पुरा पढौ