स्वास्थ्य

बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

तनहुँ, १ साउन । तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल अधिकृत (आठौँ तह) दुवै अध्ययनमा रहेकाले गाउँपालिकाले मन्त्रालयसँग चिकित्सककाे माग गरेको हो । अस्पतालमा हाल करारमा कार्यरत चिकित्सकहरूको पनि सेवा समाप्त हुने अवधि नजिक रहेकाले दैनिक स्वास्थ्य सेवा प्रवाहमा अप्ठ्यारो परेको गाउँपालिकाका अध्यक्ष अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । “अस्पतालमा चिकित्सक अभाव र स्वास्थ्य… पुरा पढौ

थप २०५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, ३२ असार । देशभर पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ९० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ८१ हजार २९४ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ९०७ रहेको छ । पछिल्लो समय थप ५१ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त… पुरा पढौ

थप २२९ मा सङ्क्रमण पुष्टि

काठमाडौं, ३१ असार । देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पिसिआर र दुई हजार ६८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ९०६ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको… पुरा पढौ

राेटरीले गर्याे पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई क्याथ ल्याब हस्तान्तरण, मुटुराेगकाे उपचार अब पाेखरामै हुने

पोखरा, ३० असार । रोटरी क्लबको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय अस्पत्ताल पाेखरामा जडान गरिएको क्याथ ल्याब अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमबिच स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, रोटरी इन्टरनेशनलका निवर्तमान इन्टरनेशनल प्रेसिडेन्ट शेखर मेहता र रोटरी क्लब अफ पोखरा २०२२-२३ का अध्यक्ष रोटरीयन डा. राजेन्द्रकुमार गौतमले उद्घाटन पश्चात संयुक्त रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.डुकबहादुर क्षेत्रीलाई क्याथ ल्याब हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री खापुङले गण्डकी प्रदेशवासीहरुलाई अब मुटुको उपचारका लागि संघीय राजधानी काठमाडौं धाउनुपर्ने… पुरा पढौ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खापुङले गरे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे निरीक्षण

पाेखरा, ३० असार । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरेका छन । साे अवसरमा उनले अस्पतालमा भइरहेका सेवा प्रवाह, भोग्नुपरेका कठिनाईलगायत विषयमा जानकारी लिएका थिए । निरीक्षणका क्रममा मन्त्री खापुङलेअस्पतालबाट प्रदान गरिने उपचार सेवालाई सहज र प्रभावकारी बनाउन निर्देशन समेत दिउ । मन्त्री खापुङलाई अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले अस्पतालबाट भइरहेका सेवा प्रवाहसँगै भौतिक पूर्वाधार, जनशक्ति, उपकरणको अवस्थालगायत विषयमा जानकारी गराएका थिए । पुरा पढौ

ड्युटीमा नजाने चिकित्सक तिवारी परे कारबाहीमा

चितवन, ३० असार । भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनलेले कारबाही गरेको छ । गत आइतबार बिहान “भरतपुर अस्पतालः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा” शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा ऋतुराज तिवारीलाई कारबाही गरिएको हो । उनलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निजको करार भङ्ग गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिएका छन । विगत तीन वर्षदेखि अस्पताल… पुरा पढौ

अष्ट्रेलियाली राजदुतद्वारा हरियोखर्क अस्पताललाई अक्सिजन प्लाण्ट हस्तान्तरण

पाेखरा, २८ असार । अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्क, गण्डकी प्रदेश स्वास्थ्य सचिव डा श्रीराम तिवारी र आईएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले पोखरास्थित हरियोखर्क अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लाण्टको संयुक्त रुपमा उद्घाटन गरेका छन । सो प्लाण्ट अष्ट्रेलियाली सरकारले, आईएनएफ नेपालसंगको सहकार्यमा १ करोड १४ लाख रुपयाँको लागतमा स्थापना गरेको हो । दुईवटा प्लाण्ट जडित सो प्लाण्टमा सामान्य तथा आपत्कालीन अवस्थामा विश्वसनीय रुपमा पाँच क्युविक मिटर प्रति घण्टाको दरले मेडीकल अक्सिजन उत्पादन गर्नेछ । आपतकालीन अवस्थामा दुबै प्लाण्टको प्रयोगले अक्सिजनको उत्पादन… पुरा पढौ

बुटवल उपमहानगरलाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

लुम्बिनी, २८ असार । बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । बुटवलमा आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले कोभिड–१९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रंशसनीय रहेको जनाउँदै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए। कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री… पुरा पढौ

बागलुङमा डेंगु-दुई जना संक्रमित भेटिए

गलकोट, २८ असार । बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छ । गर्मीबढेसंगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धौलागिरी अस्पतालमा उपचार गर्न आएको एक महिला र एक पुरुषमा लक्षण देखिए पछि परीक्षण गर्दा डेंगु पुष्टि अएको अस्पताका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए। उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए । सङ्क्रमित बागलुङ नगरपालिका वडा नं ७ का र ९ का… पुरा पढौ

बढ्दैछ सङ्क्रमण, १६८ सङ्क्रमित थपिए

काठमाडौं, २७ असार । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार २० परीक्षण गर्दा आज सो सङ्ख्यामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७७० रहेको छ । सो अवधिमा ३७ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७२४ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको… पुरा पढौ