स्वास्थ्य

विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउने योजना छ : मन्त्री खतिवडा

काठमाडौं, २ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् । चावहिलमा रहेको मनास्लु वर्ल्ड कलेजमा आज आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका हुन् । मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए । उनले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गरे । कलेजका अध्यक्ष गेहेन्द्र… पुरा पढौ

अमेरिकामा कोरोना : संक्रमण ४० प्रतिशतले वृद्धि

काठमाडौं, २ पुस । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणदर ४० प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले बिहीबार सार्वजनिक तथ्यांकअनुसार अमेरिकामा हालसम्म कूल आठ लाख एक हजार ३७ जनाको निधन भएको छ भने दैनिक औसतमा ३४ प्रतिशतले मृत्युदर वृद्धि भएको छ । बुधबारसम्म कूल पाँच करोड तीन लाख ४६ हजार ९८७ व्यक्ति कोभिड संक्रमित भइसकेका छन् । कूल ६८ हजार ७९ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा २१ प्रतिशत वृद्धि भएको छ । यसैगरी… पुरा पढौ

नागरिक लगानी कोष र अन्नपूर्ण न्यूरो अस्पताल सम्झौता

काठमाडौं, २ पुस । नागरिक लगानी कोष र अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच कोषका सहभागीलाई छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा शरदहरि गजुरेलले हस्ताक्षर गरे। सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिती रहेको थियो । सम्झौता पश्चात् कोषका सहभागी र कर्मचारीले न्यूरो अस्पतालबाट उपचार सेवा लिँदा छुट पाउनेछन । न्युरो अस्पतालले हेल्थ प्याकेजमा… पुरा पढौ

प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना

धनुषा, २ पुस । प्रदेश नंं २ मा खोप भण्डारणको अभावका कारणले प्रदेशवासीले भोग्दै आएको पीडाको अन्त्य भएको छ । नेपाल सरकारको आर्थिक लगानी तथा कोभ्याक्स सुविधाअन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा खोप भण्डारण गृहको स्थापना गरिएको छ । पहिलो चरणमा दुईवटा युनिटको निर्माण भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा प्रमोद यादवले जानकारी दिए । चालिस हजार लिटरको दुई–दुईवटा युनिटको निर्माण गरेर सञ्चालनमा आएको छ । त्यसमा लाखौँ डोज खोप भण्डारण गरेर राख्न मिल्ने भएको छ । प्रदेश नं २… पुरा पढौ

टीकापुरसहित २२ पालिका क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु

टीकापुर, २ पुस । टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । सरकारले टीकापुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ । नगरपालिकाले अबको पाँच वर्षमा टीकापुरलाई क्षयरोगमुक्त बनाउने गरी काम थालेको छ । क्षयरोग निवारणका लागि टीकापुरसहित नेपालका २२ पालिका छनोट भएका छन् । जसमा सुदूरपश्चिमका तीन पालिका छन् । कैलाली क्षयरोगको उच्च जोखिममा रहेको जिल्लामा पर्छ । “स्थानीय साधन र स्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि पहिलो चरणमा कैलाली जिल्लाको टीकापुर, कञ्चनपुरको… पुरा पढौ

विद्यार्थीलाई पुस ४ गतेदेखि विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप

काठमाडाैं, २ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् । चावहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताए । मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए । उनले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गरे । कलेजका अध्यक्ष गेहेन्द्र लामाले कितावी… पुरा पढौ

किन हुन्छ महिलालाई पाठेघरको समस्या ?

काठमाडौं, १ पुस । महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी सम्वेदनशील हुन्छ । जसकाकारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । यसमा पनि प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताई नै रहन्छ । महिलाहरुसँग जोडिएका थुप्रै स्वास्थ्य समस्याहरु मध्येको एक हो, पाठेघरको समस्या । विवाहित महिला हुन् या अविवाहित किशोर सबैमा पाठेघरको समस्या भएको पाइन्छ । समान्यतया ५० देखि ५५ वर्ष नाघेका महिलामा मात्रै पाठेघरको समस्या पैदा हुन्छ भन्ने हाम्रो प्रचलन छ । उनीहरुमा महिनावारी… पुरा पढौ

थप १८४ जनामा कोरोना संक्रमण

काठमाडौं, १ पुस । पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १८४ मा संक्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय संक्रमित संख्या नेपालमा पाँच हजार ५२६ पुगेको छ । पछिल्लो समय थप २६७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख आठ हजार ८३ पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत… पुरा पढौ

कालीकोटका १८ हजार बालबालिकालाई मोडेर्ना खोप दिइने

मान्म, १ पुस । कालीकोटमा १८ हजारभन्दा बढी बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका १८ हजार १६७ बालबालिकालाई पहिलो मात्राको कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमध्ये शुभकालिका गाउँपालिकामा एक हजार ७२२, महावैमा दुई हजार ७९, नरहरीनाथमा तीन हजार ६९६, पचालझरनामा दुई हजार ९१, पलाँतामा दुई हजार ७७७ र सान्नी त्रिवेणी गाउँपालिकामा दुई हजार ५०७ तथा खाँडाचक्र नगरपालिकामा तीन… पुरा पढौ

वात्सल्य नेचुरल आईभीएफद्वारा चार स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने

काठमाडौं, १ मंसिर । वात्सल्य नेचुरल आईभीएफले देशका चार स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । ७० प्रतिशतसम्मको आईभीएफ सफलतादर हासिल गर्दै आएको, सहयोगी प्रजनन उपचार विधिमा अग्र, वात्सल्य नेचुरल आईभीएफले देशभर चार स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो । नि:सन्तानसम्बन्धि संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको यस क्लिनिकले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै प्रजनन् सम्बन्धि आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढोस् भन्ने हेतूले पोखरा, विर्तामोड, नेपालगञ्ज र जनकपुरमा एक-एक दिनको शिविर सञ्चालन गर्ने… पुरा पढौ