स्वास्थ्य

कोरोना सङ्क्रमितको उपचारका लागि गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउँदै

मुग्लिन, १० जेठ । चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचार व्यवस्थापनका लागि गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउने अभियानलाई तीव्र पारेको छ । हालसम्म सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले तीन ठाउँमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिए । उनका अनुसार दारेचोक स्वास्थ्यचौकी कुरिनटारमा १६ शय्या, वडा नं ५ कार्यालय रहेको स्रोत केन्द्र भवन मुग्लिन बजारमा चार शय्या र वडा… पुरा पढौ

झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै

दमक, १० जेठ । कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो । नेपाली सेनासँगको सहकार्यमा शव व्यवस्थापनको तालिम सञ्चालन शुरु गरिएको नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले बताए । उनले सबै ठाउँमा सङ्क्रमितको शव व्यवस्थापन गर्न सेनालाई… पुरा पढौ

सङ्क्रमण दर ५.७ प्रतिशतले ह्रास

काठमाडौं, ९ जेठ । नेपालका कोभिड–१९ को सङ्क्रमण दर यस साता घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेकोे जानकारी दिइएको हो । इपिडिमियोलोजिष्ट तथा काठमाडौं विश्वविद्यालयका उपप्रध्यापक डा.अर्चना श्रेष्ठले गएकाे साताको तुलनामा यस साता ५.७ प्रतिशतले सङ्क्रमण दर घटेको दावी गरिन । पछिल्लो २४ घण्टामा सात हजार ९१४ सङ्क्रमित भेटिएका छन् । शनिबारको तुलनामा आज भेटिएका सङ्क्रमितको सङ्ख्या कम हो । शनिबार आठ हजार ९८० सङ्क्रमित फेला परेका थिए ।… पुरा पढौ

नेपालमा कोरोनाबाट एकैदिन ७ हजार ६ सय भन्दा बढी निको

काठमाडौं, ९ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ६६४ जना नागरिक कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको दर ७६.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसबाट धेरैमा सकारात्मक सन्देश प्रबाह भएकाे छ । देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ र ९३१ एन्टिजेन परीक्षण गर्दा ३१६ जनामा संक्रमण देखिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ७ हजार ९१४ जना संक्रमित थपिएका छन्… पुरा पढौ

अस्पतालमा अक्सिजन उपलब्ध गराउँदै सङ्घसंस्था

डडेल्धुरा, ९ जेठ । यहाँको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका छन् । डडेल्धुरा अस्पतालमा कोरोना भाइरसका बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका हुन् । अस्पतालमै रहेका अक्सिजन सिलिण्डरमा आफ्नै खर्चमा विभिन्न सङ्घसंस्थाले नेपालगञ्जबाट अक्सिजन भरेर अस्पताललाई दिने गरेका छन् । एक सातायता देखि अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्थाले पटकपटक गरी करीब ६० भन्दा बढी अक्सिजन सिलिण्डर भरेर उपलब्ध गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए । अक्सिजनको अभाव… पुरा पढौ

कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

गलेश्वर, ९ जेठ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने गरेका छन् । कोरोनाको पहिलो लहरमा… पुरा पढौ

सामान्य स्वास्थ्य समस्या हुँदै परीक्षण गर्न चिकित्सकको सुझाव

काठमाडौं, ९ जेठ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरे । सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन जाँच… पुरा पढौ

१५ दिने हिमालयन सिद्ध महायोगानुष्ठान हुँदै, कोरोनाबाट जाेगिन उपाय सिकाइने

काठमाडाैं, ८ जेठ । जगतगुरु रामानन्दाचार्य सेवापीठ र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानकाे आयाेजनामा हिमालयन सिद्ध महायोगानुष्ठानले जेठ १२ देखि १५ दिने सिद्ध महायोग अनुष्ठान आयोजना गर्ने भएको छ। नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट नागरिककाे मुक्तिका लागि याे सिद्ध महायोग अनुष्ठान आयोजना गर्न लागिएकाे बताइएकाे छ। शनिबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्राकृतिक, आयुर्वेदिक र यौगिक प्रक्रियाबाट घरमै बसेर कोरोना हटाउने उपाय सिकाउने लक्ष्य सहित याे अनुष्ठान आयोजना गर्न लागिएको जानकारी दिइएकाे छ। कार्यक्रममा महायोगी सिद्धबाबाले ताेकिएकाे सात्विक आहार र यौगिक… पुरा पढौ

कोभिड-१९ का सङ्क्रमितको उपचारका लागि महानगरपालिकाको सक्रियता

काठमाडौं, ८ जेठ । कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ । पछिल्लो समय काठमाडौंमा बिरामीको सङ्ख्या बढिरहेको र उपचारमा समस्या हुँदा महानगरपालिकाले अस्पताललाई आवश्यक उपकरण र कर्मचारीसमेत सहयोग गरेर उपचारका लागि सक्रियता देखाएको हो । शुक्रबारदेखि महानगरको अनुदान सहयोगबाट नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहित ५० श्ययाको आइसोलेशन सञ्चालनमा आएको छ । आइसोलेशन सञ्चालन गर्न महानगर र अस्पतालबीच गत वैशाख २७ गते सम्झौता भएको थियो । अस्पतालको क्षमता ११८ श्ययाको हो । शुरुआतमा २५ श्ययाको एचडियु र २५… पुरा पढौ

चिकित्सक भन्छन् “तन, मन थाक्यो भन्ने छुट छैन”

पोखरा ८ जेठ । कोरोना महामारीको दोस्रो भेरियन्ट देखापरेसँगै सङक्रमितको चाप बढेको छ । लक्षण सहित कोरोना पोजेटिभ देखिएकाहरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पतालमा भर्ना हुने बढ्दो छन् । अहिलेको जोखिममा ज्यानको पर्वाह नगरी अस्पतालमा दिनरात चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन् । निरन्तर सेवामा खटिरहँदा कतिपय चिकित्सक, नर्स एवम् अन्य स्वास्थ्यकर्मी आफै पनि सङ्क्रमित हुन पुगेका छन् । नेगेटिभ रिर्पोट आएको भोलिपल्टै सेवामा खटिनुपर्दा पर्याप्त आराम गर्ने समय पनि यतिबेला चिकित्सक, नर्ससहितका स्वास्थ्य… पुरा पढौ