स्वास्थ्य

प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

मोरङ, १३ माघ । प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार ६०० भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति… पुरा पढौ

बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा

गलकोट, १३ माघ । बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ । हात्तीपाइले रोग निवारणका लागि हालै गरिएको चौथो पटकको नमूना परीक्षणमा नारायणस्थानमा आठ र जैमिनीको कुश्मिशेरामा दुई जनामा हात्तीपाइलेको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । नारायणस्थानमा यसअघि पनि… पुरा पढौ

कोरोना विरुद्धको खोपको प्रतीक्षामा गण्डकी

पोखरा, ११ माघ । भारत सरकारले नेपाललाई दिएको कोरोनाविरुद्धको खोप आज पोखरा ल्याइँदैछ । सोको आवश्यक तयारीका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमातहतका स्वास्थ्य निकायको बैठक बसेको छ । ‘कोभिसिल्ड’ नामक खोप पोखरा आइसकेपछि कुन क्षेत्रका व्यक्तिलाई कसरी लगाउने भन्नेबारे स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण पनि आजैबाट दिन थालिएको जनाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता नवराज शर्माका अनुसार खोप वितरण प्रभावकारी बनाउन र आवश्यक तयारी गर्न आन्तरिक छलफल भइरहेको छ । यसअघि भारतबाट ल्याएको खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको… पुरा पढौ

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा

चितवन, ११ माघ । चितवन जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा यहाँका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो । फाउण्डेशन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बीमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका सङ्क्रमित रहेका छन् । स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बीमा गरेका हुन् । सङ्क्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको उनले बताए । बीमा गरिएका परिवारमा एकभन्दा बढीसमेत सङ्क्रमित रहेको… पुरा पढौ

भारतबाट प्राप्त कोभिड विरुद्धको १० लाख डाेज खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

काठमाडौं, ८ माघ । भारत सरकारले नेपालका लागि अनुदानमा पठाएको कोरोनाभाइरस विरुद्धको १० लाख डाेज खोप आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरीएको छ । नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट अनुदानमा प्राप्त भएकाे कोभिड १९ विरुद्धको खोप उपहारकाे रूपमा हस्तान्तरण गरेका हुन । नेपालमा आएको कोभिड १९ विरुद्धको पहिलो चरणको खोप शुरूमा कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मिहरू, सरसफाईकर्मि, एम्वुलेन्स चालक, सुरक्षाकर्मि, शव व्यवस्थापनमा खटिनेहरु र बाँकी रहेको खाेप… पुरा पढौ

आइपुग्यो नेपालमा कोरोना विरुद्धकाे खोप

काठमाडौं, ८ माघ । कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे । सो अवसरमा मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा खोप अनुदान सहयोग गरेकामा धन्यवाद दिँदै खोपले अब कोभिड–१९ रोगलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । हस्तान्तरित ती खोपका… पुरा पढौ

बिहिबार नेपालमा १० लाख डोज खोप आउँदै, पहिलो प्राथमिकता अग्रभागमा खटिने योद्धाहरुलाई

काठमाडौं, ७ माघ । नेपालमा बिहिबार १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप आउने भएको छ । भारत सरकारको अनुदानमा १० लाख डोज कोरोना विरुद्धको खोप काठमाडौं आउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन । 'मैले पहिले नै भनेको थिएँ कि सबै प्रकृया पूरा गरेर खोप ल्याईनेछ । त्यो बेलामा मैले फागुनसम्म खोप आउने बताएका थिएँ । मन्त्री त्रिपाठीले भने, तर खोप भोलि बिहीबार नै काठमाडौंमा आईपुग्छ ।' मैले कबुल गरेको समय अगावै… पुरा पढौ

भारतद्वारा नेपालसहितका देशलाई अनुदानमा कोरोनाको खोप उपलब्ध गराउने घोषणा

काठमाडौं, ७ माघ । भारतले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा तथा सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको बाह्य मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको जनाउँदै आजैदेखि नेपाल, भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई खोप उपलब्ध गराउने बताएको छ । अफगानिस्तान, श्रीलङ्का र मरिसस्बाट भने खोपको स्पष्ट आवश्यकतासम्बन्धी जानकारी प्राप्त नभएकाले ती देशमा आवश्यकताअनुसार पछि उपलब्ध गराइने जनाइएको छ… पुरा पढौ

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

सउल, ७ माघ । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा… पुरा पढौ

विश्वका अनेकौं मुलुकहरूले चीनको खोपको छनौट गर्नुको कारण के हो ?

पेचिङ, ७ माघ । चीनले बनाएको करोनाको खोप सर्बिया पठाइएको छ। सर्बियाका राष्ट्रपति एलेक्सान्डर भुकिक खोपको स्वागत गर्न विमानस्थल पुगे । भुकिककाअनुसार, उनले कुनै पनि अवसरमा चीनप्रतिको माया लुकाउन सक्दैनन् । उनले चीनको समर्थनप्रति फेरि कृज्ञता ज्ञापन गरे । राष्ट्रपतिले जाडो हावामा चीनको कोरोना भाइरस खोपको स्वागत गरेको कुराबाट सर्बियाले चीनको खोपप्रति विश्वास गरेको, चीनको वैज्ञानिक अनुसन्धान स्तरप्रति विश्वास गरेको र असल मित्र चीनप्रति विश्वास गरेको कुरा प्रतिविम्वित भएको छ। सर्बियाका राष्ट्रपति मात्र नभई विश्वका अनेकौं मुलुकहरूका नेताहरूले वास्तविक कारवाहीमार्फत… पुरा पढौ