अन्तर्राष्ट्रिय 🗺

संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०२४ मा विकासमा ‘अस्थिर’ मन्दीको चेतावनी

संयुक्त राष्ट्रसङ्घ, २३ वैशाख । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा धेरै अघि नै विश्वव्यापी महामारीपछिको पुनरुत्थान शक्ति गुमाउन थालेपछि, मानवताले सन् २०२४ मा विकासमा अप्रत्याशित र ‘अस्थिर’ मन्दी दर्ता गरेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ । जीवनस्तर, स्वास्थ्य र शिक्षाको मापन गर्ने संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडिआई) अनुसार सन् २०२३ सम्ममा विश्व कोभिड–१९ महामारीको आघातबाट बाहिर आएको थियो । तर मङ्गलबार जारी गरिएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को वार्षिक प्रतिवेदनअनुसार त्यो पुनरुत्थानले… पुरा पढौ

ट्रम्पको भन्सार नीति अमेरिकामा अभावको कारण बन्न सक्छ

वासिङ्टन, २३ वैशाख । अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले ट्रम्प प्रशासनको भन्सार नीतिको आलोचना गर्दै सम्भावित अभावले अमेरिकीहरूलाई ह्वाइट हाउसबाट ‘फरक दृष्टिकोणको माग’ गर्न बाध्य पार्न सक्ने बताएका छन्। सिएनएनसँगको प्राइमटाइम अन्तर्वार्तामा पेन्सले विभिन्न विषयहरूमा छलफल गरे र सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवनमा आक्रमण गरेको आरोपमा अभियोजन गरिएका लगभग सबै दङ्गाकारीलाई माफी दिएकोमा आफ्ना पूर्व बोस ट्रम्पको आलोचना गरे । आफ्नो दोस्रो कार्यकालमा डोनाल्ड ट्रम्पले अन्य देशहरूले ‘अनुचित’ अभ्यासहरू अपनाएको र वासिङ्टनले हरेक देशसँग व्यापार सन्तुलन हासिल… पुरा पढौ

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

गाजा २२ वैशाख । सोमबार प्यालेस्टिनी क्षेत्रको उत्तरमा भएका दुईवटा इजरायली हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । गाजाको उत्तरपश्चिममा तीनवटा अपार्टमेन्टमा भएको इजरायली हमलामा १५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताए। उनका अनुसार प्रभावित हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका थिए । गाजा सहरको उत्तरमा रहेको बेत लाहियास्थित एक घरमा भएको आक्रमणमा थप चार जनाको मृत्यु भएको चार जना घाइते भएको जनाइएको छ । इजरायली… पुरा पढौ

मेक्सिकोमा अमेरिकी सैनिक पठाउने ट्रम्पको प्रस्ताव

वासिङ्टन, २२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लागुऔषध तस्करी विरुद्ध लड्न मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँग फोनमा अमेरिकी सेना पठाउने प्रस्ताव राखेको पुष्टि गरेका छन्। सेनबामले शनिबार एक सार्वजनिक कार्यक्रममा उनले आफ्नो देशमा अमेरिकी सेना पठाउने ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेको तर यसको सट्टा उनले नजिकको सहयोग र सूचना साझेदारीको प्रस्ताव गरेको खुलासा गरे। ट्रम्पले आइतबार पत्रकारहरूलाई कार्टेलहरू ‘डरलाग्दा मानिसहरू हुन् जसले दायाँ बायाँ मानिसहरूलाई मारिरहेका छन्’ भन्ने दाबी गर्दै आफूले सैनिक तैनाथीको प्रस्ताव गरेको ‘सत्य हो’ भने। “उनीहरूले लागुऔषध… पुरा पढौ

चीनमा डुङ्गा डुब्दा ९ जनाको मृत्यु, दर्जनौँ घाइते

बेइजिङ, २२ वैशाख । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ । सरकारी प्रसारक सिसिटिभीका अनुसार यात्रुहरू बोकेका डुङ्गाहरू आइतबार दिउँसो गुइझोउ प्रान्तको किआनक्सी शहरको एक नदीमा पल्टिँदा ८४ जना पानीमा खसेका थिए । सोमबार बिहानसम्ममा नौ जनाको मृत्यु भएको, ७० जनालाई अस्पतालमा भर्ना गरिएको र चार जना सकुशल रहेको सरकारी सञ्चार माध्यमले जनाएको छ । एकजना बेपत्ता छन् । चिनियाँ… पुरा पढौ

माल्दिभ्सका राष्ट्रपति मुइज्जुद्वारा १५ घण्टा लामो पत्रकार सम्मेलन

माल्दिभ्स, २१ वैशाख । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टा सम्म पत्रकार सम्मेलन गरी युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीको यसअघिको रेकर्ड तोडेको उनको कार्यालयले जनाएको छ । मुइज्जुले स्थानीय समयअनुसार शनिबार बिहान १० ः०० बजे सुरू गरेको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको हो । “राष्ट्रपति मुइज्जुले पत्रकारका प्रश्नको निरन्तर जवाफ दिँदै सम्मेलन मध्यरातसम्म लम्बिएको र यो उनले राष्ट्रपतिका रूपमा बनाएको नयाँ विश्व कीर्तिमान भएको छ,” विज्ञप्तिमा भनिएको छ। सन् २०१९ को अक्टोबरमा युक्रेनको नेसनल रेकड्र्स एजेन्सीले जेलेन्स्कीको… पुरा पढौ

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत, ‘व्यवस्थित’ सरकारको प्रतिबद्धता

सिड्नी, २१ वैशाख । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार भएको चुनावमा भारी मतले विजयी हुँदै जीवनयापनको पीडा र करको उथलपुथलको सामना गर्न ‘अनुशासित र व्यवस्थित’ सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ६२ वर्षीय अल्बानिज र उनकी हुनेवाला जीवन सङ्गिनी हेडन पुरानो सिड्नीको भित्री भागमा रहेको क्याफे इटालियामा पुग्दा त्यहाँका बासिन्दाले उनीहरूलाई ताली बजाएर स्वागत गरेका थिए । अल्बानिजको लेबर पार्टीले १५० सदस्यीय संसद्मा कम्तीमा ८३ सिट जित्ने अनुमान गरिएको आंशिक परिणामले देखाएको छ । विपक्षी नेता पिटर डटनको कन्जरभेटिभ… पुरा पढौ

पाकिस्तान र इरानबाट झण्डै १७ हजार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल, २० वैशाख । छिमेकी मुलुक इरान र पाकिस्तानबाट बुधबार तीन हजार १७२ अफगान परिवारका १६ हजार ७६४ जना नागरिक आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको उच्च आयोगले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । स्वदेश फर्किनेहरू पूर्वी ननगहार प्रान्तको तोर्खाम नाका, दक्षिणी कान्धहारको स्पिन बोलदक नाका, पश्चिमी हेरातको इस्लाम कला नाका, पश्चिमी निमरोजको अब्रिशम नाका र दक्षिणी हेलमन्दको बहरामचा नाकाबाट अफगानिस्तान प्रवेश गरेका छन् । आयोगले ती स्वदेश फर्किएकाहरूलाई अस्थायी बसोबास, खाना, पानी, स्वास्थ्य सेवा र उनीहरूको गृह प्रान्तसम्म पुग्ने यातायात सुविधा उपलब्ध… पुरा पढौ

एनपिआर, पिबिएस सार्वजनिक कोष कटौती गर्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन, १९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार संस्थाहरूलाई पक्षपाती भएको आरोप लगाउँदै बिहीबार एनपिआर र पिबिएसको सार्वजनिक कोष कटौती गर्न खोज्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। एनपिआर र पिबिएस केवल आंशिक रूपमा अमेरिकी करदाताद्वारा वित्त पोषित छन् र निजी अनुदानमा धेरै निर्भर छन् । ट्रम्पको धेरैजसो मुख्यधाराका समाचार मिडियासँग लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेको छ । पहिले तिनीहरूलाई ‘जनताको शत्रु’ भनेर वर्णन गरिएको थियो । एउटा उल्लेखनीय अपवाद शक्तिशाली रूढिवादी प्रसारक फक्स न्यूज हो । यसका केही आयोजकले… पुरा पढौ

सन् २०२५ मा मध्यपूर्व र उत्तर अफ्रिकामा सुस्त वृद्धिको अपेक्षा : आइएमएफ

दुबई, १८ वैशाख । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार मध्यपूर्व र उत्तर अफ्रिकाका लागि सन् २०२५ को आर्थिक पूर्वानुमान घटाएको छ । त्यहाँ व्यापार तनाव र बढ्दो अनिश्चितताले वृद्धिमा असर गर्ने अपेक्षा गरिएको छ । “सन् २०२५ र २०२६ मा अझै पनि वृद्धि बढ्ने अनुमान गरिएको छ, तर गत अक्टोबरमा अनुमान गरिएको भन्दा निकै सुस्त गतिमा”, आइएमएफले बिहीबार प्रकाशित गरेको आफ्नो क्षेत्रीय प्रतिवेदनमा भनेको छ । आइएमएफले सन् २०२५ का लागि चार प्रतिशतबाट दुई दशमलव छ प्रतिशत र सन् २०२६… पुरा पढौ