अन्तर्राष्ट्रिय 🗺

युरोपेली शीर्ष नेताहरूको युक्रेनप्रति गहिरो ऐक्यबद्धता

कीभ, युक्रेन, २७ वैशाख । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क तथा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले शनिबार युक्रेनको राजधानी कीभको संयुक्त ऐतिहासिक भ्रमण गरेका छन्। यो भ्रमण युक्रेनमा रूसी आक्रमणको तेस्रो वर्षमा आयोजित भएको हो, जसले युरोपेली एकता, मानवीय मूल्य र युक्रेनप्रतिको दृढ समर्थनलाई स्पष्ट रूपमा उजागर गर्दछ । नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग उच्चस्तरीय छलफल गर्दै रूससँग तुरुन्त र बिना सर्त ३० दिने युद्धविरामको आह्वान गरेका छन् । उनीहरूले दिगो शान्ति स्थापनाका लागि… पुरा पढौ

आइपिएल अनिश्चित कालका लागि स्थगित

नयाँदिल्ली, २६ वैशाख । भारतीय प्रिमियर लिग (आइपिएल) नयाँदिल्ली र पाकिस्तानबीचको बढ्दो सीमा तनावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार रिपोर्ट गरेका छन् । बिहीबार धर्मशालामा भएको खेल रद्द भएपछि क्रिकेट अधिकारीहरूले टी२० प्रतियोगिता स्थगित गर्ने निर्णय गरेका हुन् । धर्मशाला केही घण्टाअघि विस्फोट भएको जम्मू सहरबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा छ । पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सले एक्समा लेखेको छ, “प्रत्येक कदममा साहस । प्रत्येक धड्कनमा गर्व । हाम्रा सशस्त्र सेनाहरूलाई सलाम !” यो… पुरा पढौ

भारतमा २४ विमानस्थलमा उडान निलम्बन

मुम्बई, २६ वैशाख । भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ । भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबीच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ । बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडानहरू बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसर जस्ता सहरहरूमा रहेका छन्… पुरा पढौ

विश्व नेताहरूलाई भव्य सेना परेडमा आतिथ्य दिने तयारीमा पुटिन

मस्को, २६ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मस्कोमा भव्य दोस्रो विश्वयुद्ध विजय दिवस परेडको आयोजना गर्दैछन्। यो त्यस्तो कार्यक्रम हो जसले क्रेमलिनलाई घरेलु देशभक्ति बढाउन र उनका सैनिकहरू युक्रेनमा लडिरहेका बेला विदेशमा शक्ति प्रदर्शन गर्न मद्दत गर्ने आशा राखेको छ । चीनका राष्ट्रपति सी जिनपिङ र स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोसहित २० भन्दा बढी विदेशी गणमान्य व्यक्तिहरू यस वर्षको वार्षिक परेडमा उपस्थित हुने कार्यक्रम छ । यो सन् २०२२ मा मस्कोले आफ्नो छिमेकीमा पूर्ण–स्तरको सैन्य आक्रमण सुरु गरेपछिको चौथो… पुरा पढौ

“चीन-रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने”

बेईजिङ, २६ वैशाख । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र रसियाले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन्। उहाँले हालको विश्व परिदृश्यमा एकपक्षीयता, शक्तिको राजनीति र दादागिरीजस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताए । सीले चीन–रसिया सम्बन्धलाई इतिहासमा आधारित गहिरो मित्रता भएको भन्दै यसलाई नयाँ युगमा अझ सशक्त, स्थिर र दीर्घकालीन बनाइने बताए । उनले द्वितीय विश्वयुद्धको… पुरा पढौ

न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी

न्युजिल्यान्ड, २५ वैशाख । न्युजिल्यान्डको कम मानव जनसङ्ख्याको तुलनामा भेडाहरूको विशाल सङ्ख्या लामो समयदेखि विदेशमा रहेका न्युजिल्यान्डीहरूलाई लक्षित गरिएका ठट्टाहरूको विषय रहँदै आएको छ । यो सत्य होः यो देश विश्वका केही देशमध्ये एक हो जहाँ अझै पनि मानिस भन्दा बढी भेडाहरू छन् । तर मङ्गलबार सार्वजनिक गरिएको नयाँ तथ्याङ्कहरूअनुसार मानिसहरूले उनीहरूलाई भेट्दैछन् । सरकारी तथ्याङ्क निकायको तथ्याङ्कअनुसार दुई करोड ३६ लाख भेडा र ५३ लाख मानिसको जनसङ्ख्या भएको देशमा प्रत्येक न्युजिल्यान्डवासीका लागि करिब ४.५ भेडा छन् । यो सन्… पुरा पढौ

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प

वासिङ्टन, २५ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहनेछ’ भनेका छन् । यद्यपि अमेरिकी र चिनियाँ अधिकारीहरू यस हप्ता स्विट्जरल्यान्डमा व्यापार वार्ताका लागि तयारी गरिरहेका छन् । चीनका लागि नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिका अब पहिले जस्तो ठूलो व्यापारिक नोक्सानी नभोग्ने बताए। “हामीले वार्षिक १० खर्ब डलर गुमाइरहेका थियौँ, अब हामीले केही पनि गुमाइरहेका छैनौँ, मैले त्यसरी नै हेर्छु”, आगामी वार्ताका बारेमा… पुरा पढौ

उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा केही क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको भनाइ

सियोल, २५ वैशाख । उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी समुद्रमा विभिन्न प्रकारका छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । यसले क्षेत्रमा तनाव बढाउँदै सैन्य प्रदर्शनहरूको शृङखलामा थप गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीहरूले यी परीक्षणहरू युक्रेनमा रूससँगको युद्धका बेला उत्तरको हतियार निर्यातसँग सम्बन्धित छन् कि छैनन् भन्ने विश्लेषण गरिरहेका छन् । दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार बिहान करिब ८ः१० देखि ९ः२० बजे (स्थानयि समय) सम्म पूर्वी बन्दरगाह सहर वोनसान वरिपरिको क्षेत्रबाट धेरै… पुरा पढौ

फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित, दोस्रो चरणको मतदानमा जित

बर्लिन, २४ वैशाख । फ्रेडरिख मर्ज जर्मनीको दसौँ संघीय प्रमुख (चान्सलर)को रूपमा निर्वाचित हुनुभएको छ। मंगलबार भएको दोस्रो चरणको मतदानमा उहाँले आवश्यक बहुमत प्राप्त गरी सफलतापूर्वक चयन हुनुभएको हो। यसअघि बिहान सम्पन्न पहिलो चरणको मतदानमा उहाँले अपेक्षित मत नपाई पराजय व्यहोर्नुभएको थियो। पहिलो चरणमा उहाँले ३१६ मत आवश्यक पर्दा ३१० मत मात्र प्राप्त गरेका थिए । दोस्रो चरणमा भने उनले ३२५ मत प्राप्त गरी संघीय सभाबाट निर्वाचित भए। उनन्सत्तरी वर्षको उमेरमा यो पद सम्हालेका मर्जले यसअघि कहिल्यै उच्च कार्यकारी जिम्मेवारी… पुरा पढौ

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ दिल्ली, २४ वैशाख । भारतले 'अपरेशन सिन्दूर' नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ। भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई… पुरा पढौ