अन्तर्राष्ट्रिय 🗺

रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा

वेस्ट पाल्म बिच, संयुक्त राज्य अमेरिका, २१ । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन्। “अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनस्थापित भएकोतर्फ सङ्केत गर्दै भने। सीमा व्यवस्थापन गर्ने र देशलाई एकिकृत गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्दै उनले भने। सम्बोधनका क्रममा उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक… पुरा पढौ

चिनियाँ प्रधानमन्त्री ली किआङ देशले विकास लक्ष्य हासिल गर्नेमा ’पूर्ण विश्वस्त’

साङ्घाई, २० कात्तिक । चिनियाँ प्रधानमन्त्री ली किआङले चीनका यस वर्ष आर्थिक लक्ष्यहरू प्राप्त गर्ने कुरामा आफू “पूर्ण रूपमा विश्वस्त“ भएको मङ्गलबार बताएका छन् । बेइजिङले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ । तर महामारीको कारण तेस्रो त्रैमासिकमा सबैभन्दा कम वृद्धि हासिल गरेको छ । सरकारले आर्थिक गतिविधि बढाउने उद्देश्यले दर कटौती खरिद विक्री प्रतिबन्धलगायतका उपायहरूको घोषणा गरेको छ, तर विश्लेषकहरूले हाल सम्म अभावको आलोचना गरिरहेका छन् । पर्यवेक्षकहरूले बेइजिङमा चीनको संसदको शीर्ष निकाय नेसनल… पुरा पढौ

इजरायलद्वारा सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालय लक्षित आक्रमण

तेल अवीव, इजरायल, २० कात्तिक । इजरायली सेना (आईडीएफ)ले सोमबार सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएर आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट साझा गर्दै आईडीएफले भन्यो, “आईडीएफल सिरियामा हिजबुल्लाहको गुप्तचर मुख्यालयसँग सम्बन्धित आतंककारी लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो।“ यसअघि, इजरायली सेनाहरू इरानी एजेन्टहरूसँग काम गरिरहेका आतंककारी कार्यकर्तालाई पक्राउ गर्न सिरियामा प्रवेश गरेका आइडिएफले आइतबार साँझ खुलासा गरेको थियो। एलिट एगोज कमाण्डो युनिटका सैनिकहरूले दक्षिणी सहर सैदामा बस्ने सिरियाली नागरिक अली सुलेमान अल–आदीलाई पक्राउ गरेका छन् ।… पुरा पढौ

अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, नेपालीकाे मत निर्णायक हुन सक्छ ?

वासिङ्टन डिसी (अमेरिका), २० कात्तिक । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन्। निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष… पुरा पढौ

भारतमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

देहरादून, १९ कात्तिक । भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३६ पुगेको छ । प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे दुर्घटना भएको हो । मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो । दुर्घटनामा थप केही व्यक्ति घाइते भएका र घाइतेमध्ये गम्भीर चोट लागेका तीन जनालाई हवाइ उद्धार गरी देहरादून लगिएको छ । सरकारी उद्धार टोलीले सार्वजनिक गरेको तस्बिरमा बसको भग्नावशेष बाक्लो झाडीमा देखिएको छ भने गाडीको… पुरा पढौ

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

इस्टफ्लोरेस, इन्डोनेसिया, १९ कात्तिक । पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ । फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित षेत्रका बासिन्दाहरूले आफुहरू भयभीत भएको बताएका छन् । इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले… पुरा पढौ

मोल्दोभामा राष्ट्रपतीय निर्वाचनमा सन्दुको जीत करिब सुनिश्चित

बुखारेस्ट, रोमानिया, १९ कात्तिक । मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४.१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिएकी छन् । मोल्दोभाको केन्द्रीय निर्वाचन आयोगले ९७.८ प्रतिशत मत गणना गर्दासम्म दोस्रो चरणको निर्वाचनबाट राष्ट्रपति सन्दुले ५४.१९ मतसहित अग्रता कायम गरेकी छन् भने राष्ट्रपतिका मुख्य दाबेदार पूर्व महान्यायाधिवक्ता अलेक्जेन्डर स्टोयानोग्लोले ४५.८१ प्रतिशत मत प्राप्त गरे । मत परिणाम हेर्दा इयू निकट राष्ट्रपति सन्दुको बिजय करिब सुनिश्चत भएको छ, यद्यपि, मतगणना जारी छ । निर्बाचनलाई इयू निकट उम्मेदवार सन्दु र रूस… पुरा पढौ

अमेरिका : ए देखि जेड सम्म, २०२४ को चुनाव अभियान अक्षरैपिच्छे

वासिङ्टन, १८ कात्तिक । अमेरिकी राष्ट्रपतीय चुनाव बुझ्न गाह्रो भइरहेको छ ? यहाँ कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको लडाइँका बारेमा मार्गदर्शन गर्न एउटा ए–जेड शब्दकोश छ । ए – गर्भपतन (एबोर्सन) : एक संवेदनशील मुद्दा जसलाई डेमोक्रेटहरूले राष्ट्रपतिका रूपमा ट्रम्पले सङ्घीय अधिकार समाप्त गरेका कारण उहाँको कमजोरीका रूपमा प्रयोग गर्ने आशा गरेका छन् । बी – सीमा (बोर्डर) : राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति ह्यारिसको कार्यकालमा मेक्सिकोको सीमाबाट लाखौँ कागजात बिनाका आप्रवासीहरूले पार गरेको आरोप लागेसँगै बाइडेनसँगको सहयोगका कारण उपराष्ट्रपति… पुरा पढौ

अमेरिकी महिला मार्चमा हजारौँद्वारा गर्भपतन अधिकारको आवश्यकतामा जोड

वासिङ्टन, १८ कात्तिक । चुनावको तीन दिनअघि हजारौँ महिला शनिबार वासिङ्टनमा उत्रिएर डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र प्रजनन स्वास्थ्य सेवामा पहुँचका लागि उनको आह्वानप्रति जोडदार समर्थन प्रदर्शन गरेका छन् । उपराष्ट्रपतिले रिपब्लिकन डोनाल्ड ट्रम्पविरुद्धको आफ्नो ह्वाइट हाउस अभियानमा गर्भपतन अधिकारलाई केन्द्रीय मुद्दा बनाएकी छन् र वार्षिक महिला मार्चमा प्रदर्शनकारीहरूबीच यो विषय निरन्तर उठेको छ । “महिलाका रूपमा हाम्रो अधिकारको समर्थन गर्ने उम्मेदवारलाई मतदान गर्नु मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो”, उत्तर क्यारोलिनाबाट कार्यक्रममा सहभागी हुन आएकी १९ वर्षीया लिया ब्रुकरले… पुरा पढौ

भारतलाई वार्षिक एक करोड नयाँ रोजगारी आवश्यक

नयाँदिल्ली, १७ कात्तिक । भारतलाई आर्थिक वर्ष २०२५ देखि वित्तीय वर्ष २०३० सम्म वार्षिक औसत ६.५ प्रतिशत जिभिए (कूल मूल्य वृद्धि) वृद्धि कायम राख्न वार्षिक करिब एक करोड नयाँ रोजगारी आवश्यक पर्ने गोल्डम्यान स्याक्सको प्रतिवेदनले जनाएको छ । किफायती आवास विकासलाई प्रोत्साहन दिनाले रियल इस्टेट क्षेत्रलाई उत्प्रेरित गर्नसक्दा यसले निर्माण क्षेत्रमा ८० प्रतिशतभन्दा बढी श्रमशक्तिलाई रोजगारी दिन्छ । यसले विभिन्न सीप स्तरमा रोजगारी सृजनामा महत्त्वपूर्ण वृद्धि गर्नेछ । टियर–२ र टियर–३ शहरहरूमा आइटी हब र साना शहरहरूमा ग्लोबल क्यापाबिलिटी सेन्टर… पुरा पढौ