अन्तर्राष्ट्रिय 🗺

ट्रम्प र ह्यारिस स्विङ स्टेट मतका लागि लड्दै गर्दा वयानबाजीमा भिड्दै

मिल्भौकी (अमेरिका), १७ कात्तिक । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र निर्वाचन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले शुक्रबार महत्त्वपूर्ण राज्यहरूमा एक–अर्कामाथि आरोप प्रत्यारोप गरेका छन्। उनीहरू अस्थिर राष्ट्रपतीय दौडको अन्तिम दिनहरूमा एक नाटकीय स्प्लिट–स्क्रिन छविका रूपमा रहेको विस्कन्सिनको सबैभन्दा ठूलो शहरमा प्रतिस्पर्धी ¥यालीहरूका लागि भेला भए । निर्वाचन हुने दिन नोभेम्बर ५ अघि राजनीतिक ताप उच्च विन्दुमा पुग्दै गर्दा ट्रम्पले ह्यारिसका एक उच्च–प्रोफाइल रिपब्लिकन समर्थकलाई लक्षित गरेको हिंसात्मक वाक प्रहारको आलोचनाको सामना गरे। यसका लागि ह्यारिसले उनको आक्रामक आक्रमणको आलोचना गरिन्। मङ्गलबाको मतदानअघि… पुरा पढौ

ह्यारिसले महिलामाथि टिप्पणी गरेको भन्दै ट्रम्पको आलोचना

लस भेगास, १६ कात्तिक । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २१ औँ शताब्दीको अमेरिकामा महिला विरोधी भावनाको कुनै स्थान नरहेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ह्यारिस डेमोक्र्याटिक पार्टीको तर्फबाट र ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकी छन्। निर्वाचन मिति (नोभेम्बर ५) नजिकिँदै गर्दा दुबै उम्मेदवारले एकअर्काका कमजोरी खोतल्दै आरोपप्रत्यारोप लगाउने क्रम जारी छ । उनीहरूले ह्वाइट हाउसको लागि आफ्नो अति प्रतिस्पर्धात्मके दौडलाई अति प्रतिस्पर्धा हुने देखिएका पश्चिमी राज्यहरूमा केन्द्रित गरेका छन् ।… पुरा पढौ

रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध ‘आफ्नो चासोको विषय’ नभएको चीनको भनाइ

बेइजिङ, १६ कात्तिक । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका आठ हजार सैनिक युक्रेनसँगको युद्धका लागि तालिम प्राप्त र तयार रहेको रुसको सीमा क्षेत्रमा पुगेको चेतावनी दिएपछि चीनले प्योङयाङ र मस्कोबीचको बढ्दो सम्बन्ध आफ्नो चासोको विषय नभएको बताएको छ । “उत्तर कोरिया र रूस दुई स्वतन्त्र सार्वभौम राष्ट्र हुन् । उनीहरूले द्विपक्षीय सम्बन्ध कसरी विकास गर्छन् भन्ने कुरा उनीहरूको आफ्नै विषय हो,” बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने। युक्रेनमाथिको आक्रमणको फाइदा उठाउँदै राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाबाट सैनिक र सैन्य… पुरा पढौ

फिलिपिन्समा भएको विवादमा ११ जनाको मृत्यु

मनिला, १५ कात्तिक । दक्षिणी फिलिपिन्समा सशस्त्र विद्रोही समूहका लडाकु कमान्ड युनिटहरूबीच भएको विवाद तथा लडाइँमा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । फिलिपिन्सको विद्रोही समूह मोरो इस्लामिक लिबरेसन फ्रन्ट (एमआइएलएफ) का सदस्यहरूबीच मागुइन्दानाओ डेल सुर प्रान्तको दुर्गम गाउँमा बुधबार दिउँसो भएको झडपमा उनीहरूको मृत्यु भएको फिलिपिन्सको सेना र प्रहरीले जनाएको छ । एक स्थानीय अधिकारीले लामो समयदेखि सशस्त्र लडाइँ चलिरहेको यस क्षेत्रमा मृतकको सङख््या १९ पुगिसकेको बताएका छन् । प्रान्तीय उद्धार अधिकारी अम्बोलोडोका अनुसार उक्त गाउँ… पुरा पढौ

उत्तर कोरियाद्वारा नयाँ र शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण

सोल, १५ कात्तिक । उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको बताएको छ । यो उत्तर कोरियाली नेता किम जोङलाई रुसमा सैनिक पठाएको आरोप लगाएयता उहाँको पहिलो हतियार परीक्षण हो । परमाणु–सशस्त्र उत्तर कोरियाले आगामी हप्ता हुने अमेरिकी चुनावअघि अर्को अन्तर–महाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) को परीक्षण वा परमाणु परीक्षणसमेत गर्नसक्ने थियो भनी सोलले एक दिनअघि चेतावनी दिएको थियो । यो प्रक्षेपण अमेरिकी र दक्षिण कोरियाली रक्षा प्रमुखहरूले प्योङयाङलाई आफ्ना सैनिकहरूलाई रुसबाट… पुरा पढौ

न्यूयोर्क सहरको इतिहासमा पहिलोपटक दिपावलीको अवसरमा विद्यालय बन्द रहने

न्यूयोर्क, अमेरिका, १४ कात्तिक । इतिहासमै पहिलोपटक हिन्दू पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् । “यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा पहिलोपटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय बन्द गरिने भएको छ,” मेयरको अन्तर्राष्ट्रिय मामिला विभागका उपायुक्त दिलीप चौहानले बताए । “११ लाख विद्यार्थी रहेको न्युयोर्क सहरमा विद्यालय सार्वजनिक बिदा घोषणा गर्न सजिलो छैन”, चौहानले भने, “विभिन्न समुदायका नेता, अधिवक्ता, निर्वाचित अधिकारीहरुले धेरै वर्षदेखी यस विषयमा पहल गरिरहेका… पुरा पढौ

राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा इजरायली प्रधानमन्त्रीलाई पत्राचार

संयुक्त राष्ट्रसङ्घ, १४ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सी (युएनडब्लुए) लाई प्रतिवन्ध लगाउने कानुनको विरोध गर्दै पत्राचार गरेका छन् । इजरायली संसदले अनुमोदन गरेको उक्त कानुनले राष्ट्रसङ्घीय निकायलाई इजरायलमा सञ्चालनको प्रतिबन्ध लगाई इजरायली अधिकारीसँग सञ्चार तथा समन्वय गर्नबाट रोकेको छ । यसले गाजाका प्रभावित क्षेत्रमा सञ्चालित मानवीय सहायतालगायतको काम समाप्त गर्न सक्छ । इजरायल लामो समयदेखि युएनआरडब्लुएसँग मतभेदमा रहेको छ । गत अक्टोबरमा गाजामा युद्ध सुरु गर्ने हमास हमलामा… पुरा पढौ

विद्युतीय सवारी साधनमा ईयूको अतिरिक्त शुल्क स्वीकार्य छैन

बेइजिङ, १४ कात्तिक । चीनमा निर्मित विद्युतीय कारमा युरोपेली सङ्घ (इयू) को भारी नयाँ करसँग सहमत वा स्वीकार नगरेको चीनले बताएको छ । बेइजिङको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले भने, “चीन यस निर्णयसँग सहमत छैन र स्वीकार गर्दैन र विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्र अन्तर्गत उजुरी दर्ता गरेको छ।” चीनले चिनियाँ कम्पनीहरूको वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न सबै आवश्यक उपायहरू लिनेछ।” बेइजिङको राज्य अनुदानले युरोपेली अटोमेकरहरूलाई अनुचित तरिकाले कमजोर बनाएको निष्कर्ष निकाल्दै युरोपेली सङ्घले मङ्गलबार चीनमा निर्मित विद्युतीय कारहरूमा… पुरा पढौ

उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो–अमेरिका

वासिङ्टन, १३ कात्तिक । वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ । सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । सोलले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड्न हतियार पठाएको आरोप लगाउँदै आएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको सोलको… पुरा पढौ

इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानून पारित

तेलअभिव (इजरायल), १३ कात्तिक । इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको सिएनएनले जनाएको छ । संसद्मा सोमबार यो विधेयकमा मतदान गरिएको थियो, विधेयकको पक्षमा ९२ र विपक्षमा १० मत परेको थियो । सिएनएनका अनुसार यो कानूनले औपचारिक रूपमा युएनआरडब्लुएलाई गाजा र प्यालेस्टिनी नियन्त्रित पश्चिम किनारका केही भागमा काम नरोके पनि उक्त क्षेत्रमा एजेन्सीको क्षमतालाई सीमित गर्दछ । गत वर्ष अक्टोबरमा हमासले गरेको आक्रमणपछि सहयोगका क्रममा युएनआरडब्लुएले… पुरा पढौ