अन्तर्राष्ट्रिय 🗺

फेडले सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती गर्ने सङ्केत

वासिङ्टन, ३० भदौ । अमेरिकी फेडरल रिजर्भले बुधबार चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गर्ने तयारी गरेको छ । नीति निर्माताहरूले अमेरिकी राष्ट्रपतिको निर्बाचनभन्दा दुई महिनाभन्दा कम समयअघि ब्याजदरमा कति कटौती गर्न सकिन्छ यसबारे यो साता बहस गर्ने अपेक्षा गरिएको छ। फेडका अध्यक्ष जेरोम पावेललगायत अमेरिकी केन्द्रीय बैंकका वरिष्ठ अधिकारीहरूले हालैका हप्ताहरूमा यस महिना ब्याजदर कटौती हुने सङ्केत गरेका छन् । मुद्रास्फीति बैङ्कको दीर्घकालीन लक्ष्य दुई प्रतिशतको लक्ष्यभन्दा कम भएको छ, र श्रम बजार चिसो भइरहेको अवस्थामा… पुरा पढौ

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

पोर्ट–ओ–प्रिन्स, हाइटी, ३० भदौ । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन् भने केहीको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले एएफपीसँग बताए। पियरेका अनुसार उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको सङ्ख्या २४ पुगेको हो । यसअघि शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो । घाइतेहरूलाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब १००… पुरा पढौ

म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

याङ्गुन, ३० भदौ । म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । म्यान्मा, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको ‘यागी’ नाम दिइएको आँधीका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३५० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । म्यान्मामा शुक्रबार साँझसम्म बाढीका कारण ७४ जनाको मृत्यु हुनुका साथै ८९ जना बेपत्ता भएको ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ । सन् २०२१ मा सेनाको ‘कू’ पछि युद्ध चर्किरहेको देशलाई बाढीले थप… पुरा पढौ

कश्मिरमा विधानसभा निर्वाचन नजिकिदै गर्दा झडपमा वृद्धि

नयाँदिल्ली, २९ भदौ । विवादित हिमालय क्षेत्र जम्मु–कश्मिरमा एक दशकमा हुनलागेको विधानसभा निर्वाचनको केही दिनअघि कश्मिरमा भएको सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् । भारत प्रशासित कश्मिरमा दश वर्षपछि हुनलागेको पहिलो विधानसभाको चुनाव नजिकिदै गर्दा विद्रोही र सुरक्षा बलबिच झडप बढेको देखिएको छ । “बहादुरको सर्वोच्च बलिदान” लाई श्रद्धाञ्जलि दिँदै शुक्रबार किश्तवाड जिल्लामा गोली हानाहान भएको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत बताएको छ । सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र… पुरा पढौ

म्यानमाको जुन्टाद्वारा विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको आह्वान

याङ्गन, २९ भदौ । म्यानमाको जुन्टा प्रमुख मिन आङ ह्लाइङले शनिबार मानिसहरूलाई विस्थापित गरेको विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको लागि अनुरोध गरेका छन् । म्यानमा, भियतनाम, लाओस र थाइल्यान्डमा विनाशकारी चक्रवात ’यागी’सँगै आएको भारी वर्षाले निम्त्याएको बाढीपहिरोले करिब ३०० जनाको ज्यान लिएको छ । म्यानमामा दुई लाख ३५ हजारभन्दा बढी मानिसहरू बाढीको प्रभावबाट बच्न आफ्नो घर छोड्न बाध्य भएका छन्, जुन्टाले शुक्रबार भन्यो । “सरकारी अधिकारीले पीडितहरूलाई प्रदान गरिने उद्धार र राहत सहायता सामाग्री प्राप्त गर्न विदेशी देशसँग सम्पर्क… पुरा पढौ

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतद्वारा जमानत दिने आदेश

नयाँदिल्ली, २८ भदौ  । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको छ । अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर मुद्दामा आम आदमी पार्टीका नेतासमेत रहेका केजरीवाललाई जमानत दिएको हो। अदालतले आफ्नो आदेशमा केजरीवाललाई जमानतस्वरूप १० लाख भारतीय रूपैयाँ तिर्नुपर्ने बताएको छ । न्यायाधीशसूर्यकान्त र उज्जल भुइयाँको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सेप्टेम्बर ५ मा फैसला सुरक्षित गरेको थियो । अदालतले केजरीवाललाई जमानतमा रिहा गर्नका यस मामिलामा उनले कुनै पनि सार्वजनिक टिप्पणी नगर्ने, उनीहरुविरूद्धको मुद्दाको अन्तिम फैसला नहुँदासम्म अदालतमा… पुरा पढौ

एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने

मनिला, २८ भदौ । एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण शुक्रबार स्वीकृत गरेको छ । प्राप्त सहयोगले खैबर पख्तुनख्वा प्रान्तको करिब ९०० किलोमिटर ग्रामीण सडक विकास परियोजनाले बाढीको जोखिम तथा खराब अवस्थामा रहेका ग्रामीण सडकलाई स्तरोन्नति गर्नेछ । परियोजनामा दुर्गम समुदायलाई शिक्षा, स्वास्थ्य सेवा तथा बजारसँग जोड्ने प्रमुख मार्गहरू समेटी जलवायु संरक्षण, सडक सुरक्षा वृद्धि, र दिगो मर्मत अभ्यासहरू समावेश… पुरा पढौ

दक्षिण चीन सागरमा विदेशी अतिक्रमणको सामना गर्ने चीनको भनाइ

बेइजिङ, २७ भदौ । चीनले दक्षिण चीन सागर लगायत आफ्नो सार्वभौम क्षेत्रमा कुनै पनि विदेशी अतिक्रमणलाई “दमन“ गर्ने बेइजिङका एक वरिष्ठ सैन्य अधिकारीले बिहीबार बताए। वासिङ्टन र बेइजिङले दक्षिण चीन सागरलगायत विवादित समुद्री क्षेत्रहरूमा चीनको बढ्दो दाबीलाई लिएर तनाव बढेको छ । हालैका महिनाहरूमा सागरमा चिनियाँ सैन्य जहाजले फिलिपिन्सका पानीजहाजमाथि व्यापक आक्रमण सुरु गरेको छ । चीनको कुनै कानुनी आधार नभएको अन्तर्राष्ट्रिय अदालतको फैसलाको बाबजुद पनि बेइजिङले दक्षिण चीन सागरको ठूलो हिस्सामा आफ्नो पूर्ण दाबी पेश गर्दै आएको छ ।… पुरा पढौ

गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु

गाजा, २७ भदौ । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ । गाजा युद्धको क्रममा नुसिरातको अल–जावनी विद्यालय परिसरमा पहिले नै धेरै पटक हवाइ हमला भइसकेको छ । पछिल्लो हमलामा राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधालाई समेत प्रभावित बनाई आश्रय लिएका मानिसहरूलाई विस्थापित गरेको जनाइएको छ । “इजरायली सेनाले युएनआरडब्लुएद्वारा सञ्चालित अल–जौनी स्कुलमा पाँचौँ पटक बम प्रहार गरेको छ । आक्रमणमा दुई युएनआरडब्लुए कर्मचारी, बालबालिका र महिलासहित १८ जनाको… पुरा पढौ

पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

लिमा, २७ भदौ । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ । “क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गरेका छन्,” फुजिमोरीकी छोराछोरी केइकोले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । गत अगस्टमा जिब्रोको क्यान्सरको उपचार पूरा गरेपछि फुजिमोरीको स्वास्थ्य अवस्था निकै बिग्रिएको उनको परिवारनिकट स्रोतले बुधबार एएफपीलाई बताएको थियो । लिमाको मिराफ्लोरेस जिल्लाको एक क्लिनिकबाट निस्कँदै गर्दा उनलाई अन्तिम पटक बिहीबार सार्वजनिक रूपमा देखिएको थियो। सन् १९९० देखि सन् २००० सम्म… पुरा पढौ