संयुक्त राष्ट्रसङ्घ, ४ असोज । संयुक्त राष्ट्रसङ्घको न्युयोर्क मुख्यालयमा आइतबारदेखि सुरु हुने सङ्गठनको वार्षिक प्रतिष्ठित सम्मेलनमा भाग लिन विश्वका नेताहरू भेला हुँदैछन् । सम्मेलन तीव्र युद्ध, बढ्दो लोकप्रियवाद र कूटनीतिक गतिरोधको विस्फोटक पृष्ठभूमिमा हुँदैछ । गाजामा जारी युद्ध, मध्यपूर्वमा चर्किएको बढ्दो तनाव, सुडानको गृहयुद्धमा भोकमरीको अवस्था र युक्रेनमा जारी द्वन्द्वजस्ता समस्याहरू राष्ट्रसङ्घको मुख्य कार्यक्रम महासभाको उच्चस्तरीय सातामा भाग लिने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यसूचीमा परेका छन् । यद्यपि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यस साता विश्व ‘तेस्रो विश्वयुद्धलाई पन्छाउन सक्षम हुने’ मा…
पुरा पढौ