अन्तर्राष्ट्रिय 🗺

बङ्गलादेशको अन्तरिम सरकारलाई समावेशी हुन राष्ट्रसङ्घका प्रमुखको आग्रह

न्युयोर्क, ३० साउन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बङ्गलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी हुन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गर्न आग्रह गरे। “महासचिव गुटेर्रेसले अन्तरिम सरकारको समर्थनमा बङ्गलादेशमा शान्ति पुनस्र्थापना गर्न संसदीय निर्वाचनको प्रयासलाई स्वागत गरे, ” महासचिवका उप–प्रवक्ता फरहान हकले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । “उनले महिला, युवा, अल्पसङ्ख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशीताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह… पुरा पढौ

सुडानमा सरकारी सेनाको अनुपस्थितिमा नै युद्धविराम वार्ता सुरु हुने

जेनेभा, ३० साउन । सुडानी सरकार नरहने तयारी गरे पनि अमेरिकी मध्यस्थतामा रहेको सुडान युद्धविराम वार्ता स्विट्जरल्याण्डमा बुधबारदेखि शुरु हुने भएको छ । सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले विनाशकारी द्वन्द्वबाट तहसनहस भएका सुडानका जनताले अब पर्खन नसक्ने भन्दै वार्ता अघि बढ्ने बताए । सन् २०२३ को अप्रिलदेखि सुडानका वास्तविक शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्व सहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच युद्ध चलिरहेको छ । आरएसएफको प्रतिनिधिमण्डल अज्ञात… पुरा पढौ

जापानका प्रधानमन्त्री किशिदा निर्वाचन नलड्ने

टोकियो, ३० साउन । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्। किशिदा सन् २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए । उनको तीन वर्षे कार्यकाल सेप्टेम्बरमा सकिँदैछ । उनी चुनावी दौडबाट बाहिरिएसँगै पार्टीको नेताका लागि सेप्टेम्बरमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्ने नयाँ नेता प्रधानमन्त्रीको उत्तराधिकारी हुने अवसर मिल्नेछ किनभने संसदको दुवै सदनमा एलडीपीको बहुमत छ । पार्टीको भ्रष्टाचार काण्डबाट आक्रान्त भएका किशिदाप्रतिको समर्थन दर २० प्रतिशतभन्दा तल झरेको छ । उनले… पुरा पढौ

सुरक्षा परिषद् सुधारका लागि राष्ट्रसङ्घका प्रमुखको आह्वान

न्यूयोर्क, २९ साउन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् (यूएनएससी)मा अफ्रिकाको स्थायी सदस्यताको लागि आह्वान गर्दै सुरक्षा परिषद्लाई विस्तार गर्न आवश्यक रहेको बताए । सोमबार आयोजित सुरक्षा परिषद् उच्चस्तरीय बहसका क्रममा संयुक्त राष्ट्रसङ्घका प्रमुखले परिषद्को संरचना परिवर्तनशील विश्वसँग तालमेल राख्न असफल भएको भन्दै यसको सुधार आवश्यक रहेको बताए । “विश्वको प्रमुख शान्ति र सुरक्षा निकायमा एक अर्बभन्दा बढी जनसङ्ख्या भएको महाद्वीपका लागि स्थायी आवाजको अभाव छ भन्ने कुरा हामी अस्वीकार गर्न सक्दैनौँ साथै हामी महाद्वीप र… पुरा पढौ

युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

मस्को, २९ साउन । रूस र युक्रेनबीच बढ्दो द्वन्द्वका बीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । युक्रेनको बढ्दो आक्रमक गतिविधिका कारण रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मङ्गलबार जनाए । उनका अनुसार विस्थापित मध्ये लगभग एक हजार मानिसहरु हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन् । "बिग्रदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खानबस्न लगायतका न्युनतम आवश्यकताका सामानहरु प्रदान गरी सुरक्षित… पुरा पढौ

भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता सम्पन्न

नयाँ दिल्ली, २९ साउन । भारत र अस्ट्रेलियाबीच छैटौँ सामुद्रिक सुरक्षा संवाद मङ्गलबार क्यानबेरामा सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयको निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका सहसचिव मुआनपुई साइआवीले गरेका थिए । अष्ट्रेलियाली प्रतिनिधिमण्डलको नेतृत्व दक्षिण एसिया तथा मध्य एसिया डिभिजनका प्रथम सहायक सचिव सारा स्टोरीले गरेकी थिइन्। दुवै पक्षबीच समावेशी विकास र विश्वव्यापी कल्याणका लागि अनुकूल सुरक्षित समुद्री वातावरण कायम राख्ने तरिकाहरूबारे छलफल भएको छ । उनीहरुले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा वातावरण, मानवीय सहायता… पुरा पढौ

बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु, नौ घाइते

जेहनाबाद, भारत, २८ साउन । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो । घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताए। भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन । जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार… पुरा पढौ

पेरिस ओलम्पिक : अमेरिका ४० स्वर्णसहित शीर्ष स्थानमा

पेरिस, २४ साउन । आइतबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित १२६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, जापान, अष्ट्रेलिया, फ्रान्स, नेदरल्याण्ड्स, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्यसहित कुल ९१ पदक हात पारेको छ भने जापानले २० स्वर्ण, १२ रजत र १३ कास्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो… पुरा पढौ

प्यालेस्टिनी राष्ट्रपतिले आगामी साता रुस भ्रमण गर्ने

मस्को, २७ साउन । प्यालेस्टिनी सरकारका राष्ट्रपति महमुद अब्बासले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग गाजा युद्धबारे छलफल गर्न आगामी साता मस्को भ्रमण गर्ने भएका छन् । रुसको सरकारी समाचार समिति तासले मस्कोमा रहेका प्यालेस्टिनी राजदूतलाई उद्धृत गर्दै अब्बास सोमबार मस्को आइपुग्ने र मङ्गलबार पुटिनलाई भेट्ने जानकारी गराएको छ । राजदूत अब्देल हाफिज नोफलले बताएअनुसार दुई नेताले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा भएका घटनाबारे छलफल गर्ने बताए । “हामी जटिल अवस्था भोगिरहेका छौ र रुस हाम्रो नजिकको देश हो ।… पुरा पढौ

भेनेजुएलाका विपक्षीद्वारा मदुरोसँग ‘उत्पीडन’ अन्त्य गर्न माग

काराकस, २७ साउन । भेनेजुएलाका विपक्षी उम्मेदवारले शनिबार राष्ट्रपति निकोलस मदुरोसँग ‘हिंसा र उत्पीडन’ अन्त्य गर्न आह्वान गरेका छन् । मुलुकको उच्च अदालतले जुलाई २८ को विवादित निर्वाचनमा आगामी फैसलाविरुद्ध पुनरावेदन गर्न नसकिने बताएको केही घन्टापछि विपक्षी उम्मेदवारले उक्त आह्वान गरेका हुन् । ठूलो अन्तरले राष्ट्रपति पदमा विजयी भएको दाबी गर्ने एडमन्डो गोन्जालेज उरुटियाले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै मदुरोसँग स्वतन्त्र राजनीतिक अभिव्यक्तिको अनुमति दिन माग गरे। “म सबै भेनेजुएलाबासीका तर्फबाट तपाईंसँग हिंसा र उत्पीडन अन्त्य गर्न तथा मनमानी ढङ्गले… पुरा पढौ