अन्तर्राष्ट्रिय 🗺

आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडान रद्द

टोरन्टो, क्यानडा, १६ असार । क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ । एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’ भएको कारण एयरक्राफ्ट मेकानिक्स फ्रेटरनल एशोसिएसनले आफ्ना सदस्यहरूले शुक्रबार साँझदेखि हडताल सुरु गरेको र यो अपरिहार्य भएको बताएको छ । संघीय सरकारले बिहीबार बाध्यकारी मध्यस्थताका लागि मन्त्रीस्तरीय आदेश जारी गरेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडानप्रभावित हुने गरी… पुरा पढौ

नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते

बोर्नो, नाइजेरिया, १६ असार । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाको आपतकालीन सेवालाई उद्धृत गर्दै सिएनएनले समाचारमा उल्लेख गरेको हो । स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताए । उनले भने, “पहिलो विस्फोट शनिबार दिउँसो ३ बजे विवाह समारोहमा भएको थियो । त्यसपछि दोस्रो विस्फोट जनरल अस्पताल… पुरा पढौ

टी–२० विश्वकपको उपाधि भारतलाई, रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा

नयाँदिल्ली, १६ असार । रोहित शर्माको भारतीय टोलीले दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकपको उपाधि जितेको छ । सन् २०१३ को च्याम्पियन्स ट्रफीपछि भारतले बार्बाडोसमा भएको फाइनलमा सात रनको रोमाञ्चक जित निकाल्दै शनिबार रातिको खेलमा उपाधि जितेको हो । जीतपछि भारतको नीलो जर्सी लगाएका समर्थक खुशीको आँसु झार्दै फाइनल खेल भएको खेलमैदानमा नाचेका दृष्य मनमोहक देखिन्थे । भारतले पछिल्लो पटक सन् २०११ मा घरेलु मैदानमा महेन्द्र सिंह (एमएस) धोनीको कप्तानीमा विश्वकप जितेको थियो । धोनीले सन् २००७ मा पहिलो संस्करणमा टिमलाई… पुरा पढौ

रूसको सीमावर्ती गाउँमा युक्रेनी ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु

मस्को, १५ असार । रूसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले शनिबार बताए। युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रूसको कुस्र्क क्षेत्रको एउटा सानो गाउँ गोरोडिस्चको एउटा घरमा ड्रोन आक्रमण भएको हो । कुर्स्कका गभर्नर एलेक्सई स्मिर्नोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरे, “उक्त आक्रमणमा दुई साना बच्चासहित पाँच व्यक्तिको मृत्यु भएको थियो । परिवारका अन्य दुई सदस्यको अवस्था गम्भीर रहेको छ ।” सन् २०२२ फेब्रुअरीमा सुरु भएको द्वन्द्वमा दुवै… पुरा पढौ

राष्ट्रसङ्घीय सुरक्षा परिषद्द्वारा सशस्त्र द्वन्द्वमा नागरिकको रक्षार्थ प्रयास बढाउन आग्रह

संयुक्त राष्टसङ्घ, १५ असार । सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा बलियो बनाउनका लागि प्रयासहरू दोब्बर बनाउन सदस्य राष्ट्रहरूलाई आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार एक प्रस्ताव गरेको छ । सशस्त्र द्वन्द्वमा बेपत्ता व्यक्तिहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको रिपोर्ट प्रति चिन्ता व्यक्त गर्दै परिषद्ले पाँच वर्ष अघि स्वीकृत प्रस्तावमा तोकिएको उपायहरू अगाडि बढाएर प्रवृत्तिलाई उल्टाउने उद्देश्यले प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । सन् २०१९ मा सुरक्षा परिषद्ले सशस्त्र द्वन्द्वका कारण बेपत्ता भएका व्यक्तिहरूका लागि प्रस्ताव–२४७४ पारित गरेको थियो । यस वर्ष… पुरा पढौ

आकर्षक सम्बोधन गरेर बहसमा भएको क्षतिलाई सुधार्ने प्रयासमा अमेरिकी राष्ट्रपति बाइडेन

रेली, संयुक्त राज्य अमेरिका, १५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको बहसका क्रममा भएको कमजोर प्रदर्शनको भरपाई गर्ने प्रयास गर्दै जो बाइडेनले आफू नै नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनाव जित्ने सही व्यक्ति भएको दाबी गरेका छन्। नर्थ क्यारोलिना राज्यमा चुनावी ¥यालीमा राष्ट्रपति बाइडेनको कडा भनाइ देशको सबैभन्दा प्रभावशाली पत्रिकाले उहाँलाई पद त्याग्न आग्रह गर्नुभन्दा केही समयअघि नै र डेमोक्रयाटिक पार्टीमा ८१ वर्षीय उहाँलाई आफ्नो उम्मेदवारको रूपमा प्रतिस्थापन गर्ने विषयमा चिन्ता व्यक्त भइरहेका बेला आएको हो । “म पहिलेजस्तो सजिलोसँग हिँड्न… पुरा पढौ

श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि

कोलम्बो, १५ असार । सङ्कटग्रस्त श्रीलङ्काको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई १.७ प्रतिशत पुगेको छ । श्रीलङ्काले आफ्ना ऋणदातासँग १० अर्ब अमेरिकी डलरको ऋणको पुनर्संरचना गर्न सम्झौता गरेको केही दिनपछि जनगणना तथा तथ्याङ्क विभागको यो तथ्याङ्क सार्वजनिक भएको हो । खाद्यान्नमा अघिल्लो बर्षको जुनको तुलनामा १.०४ प्रतिशतले मूल्य वृद्धि भएको विभागले जनाएको छ । सन् २०२२ मा श्रीलङ्काले आफ्नो विदेशी ऋण नतिरेपछि आर्थिक सङ्कट उत्कर्षमा पुगेको बेला मुद्रास्फिति बढेर करिब ७० प्रतिशत पुगेको थियो… पुरा पढौ

पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा

लिमा, पेरू, १४ असार । पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर) मा ३० किलोमिटरको गहिराईमा भूकम्पको केन्द्रविन्दू रहेको जनाएको छ । ‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै खतरा नरहेको बताएपनि आफ्नो पूर्व सूचनामा संशोधन गर्दै पछि ‘केही तटमा तीन मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ । कम्पबाट भौतिक संरचनामा… पुरा पढौ

इरानमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु

तेहरान, १४ असार । इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार विहानैदेखि मतदान सुरू भएको छ । स्थानीय समयअनुसार बिहान ८ ः०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदान केन्द्रहरू १० घण्टाका लागि खुला रहनेछन्, यद्यपि अधिकारीहरूले विगतका चुनावहरूमा जस्तै मतदाताको चाप हेरेर मतदानको समय बढाउन सक्नेछन् । शनिबार बिहानसम्ममा प्रारम्भिक र आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ । मतदानमा करिब छ करोड १०… पुरा पढौ

युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

मस्को(रुस), १४ असार । युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताएका छन् । उनले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख गरे। आक्रमण बिहान ४ः३५ मा भएको बताउदै आगलागी सानो भएकाले यसलाई यसलाई छिटै नियन्त्रण गरिएको तथा आगलागीबाट मानिसहरूमा केही असर नपरेको मध्य रूसको टाम्बोभ क्षेत्रका गभर्नर म्याक्सिम येगोरोभले टेलिग्राममार्फत जारी सन्देशमा उल्लेख गरे । यसैबीच, रुसको रक्षा मन्त्रालयले ताम्बोभ क्षेत्रको उल्लेख नगरी गत राति २५ युक्रेनी ड्रोन ‘रोकिएको’ बताएको छ ।… पुरा पढौ